
पोखरा । नेपालका चराहरूको अध्ययन र संरक्षण क्षेत्रका अग्रज हरिशरण नेपाली रहेनन् l उनी ‘काजी दाइ’ को नामले विख्यात थिए l
उनको नेतृत्वमा सन् १९८२ मा ‘नेपाल पन्छी संघ’ को स्थापना भएको थियो l तर त्यस बेला सो संस्थालाई ‘चरा अवलोकन क्लब’का नामले चिनिन्थ्यो l ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, ‘प्रबल गोरखा दक्षिण बाहु’ लगायत उनले अनगिन्ती पुरस्कार र सम्मानहरु प्राप्त गरेका छन् l
पहिलो पटक उनले चराको नमुना सन् १९५६ मा संकलन गरेका थिए l ६० वर्षको अवधिमा उनले करिब ५ सय ७५ प्रजातिका १ हजार वटा नमुनाहरू संकलन गरेका थिए जुन अहिले पनि त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्राकृतिक विज्ञान संग्रहालयमा सुरक्षित छन् l उनले नेपालका लागि १३ प्रजातिका चराहरू पत्ता लगाएका छन् l अनुसन्धानकै क्रममा उनले पूरै नेपाल घुमेका थिए l

रोबर्ट फ्लेमिंगद्वारा प्रकाशित ‘नेपालका चराहरू’ पुस्तकमा उनको ठूलो भूमिका थियो l उनले फ्लेमिंग समूहसँग लामो समय काम पनि गरेका थिए l
उनी सन् १९३४ मा काठमाडौंस्थित क्षेत्रपाटीमा जन्मेका हुन् । स्कुलभन्दा बढी वनतिर जाने भएपछि काजीले पढाइ पूरा गर्न सकेनन्l दरबार हाइस्कुलमा भर्ना भने भएका थिएl
वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने, ‘उनी यो क्षेत्रका अनुसन्धानकर्मी, अन्वेषक, संरक्षणकर्मी थिए l चरा क्षेत्रका शीर्ष पुरुष हुन् उनी l उनी सरल थिए l मेहनती थिए l उनीसँग चराको बानी बेहाेराका बारेमा अथाह ज्ञान थियो l उनलाई गुमाउनु पर्दा असाध्यै दुख लागेको छ’ l
तत्कालीन क्लबका सदस्य एवं वरिष्ठ संरक्षणकर्मी राजेन्द्र सुवाल काजीलाई सम्झेर भावुक भए । उनले भने, ‘काजी नेपालका चरा क्षेत्रका अभियन्ता, इतिहास र अभिभावक हुन् l उनको अनुपस्थिति सधैँ खट्किने छ l उनको महाप्रस्थानले हामी सबै स्तब्ध छौँ ’ l
(फोटोहरु हरिशरण नेपालीको फेसबुकबाट साभार गरिएको हो)



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…