वर्षा रोकियो : कृषकलाई धान भित्र्याउन चटाराे


     नेचर न्युज    
     कार्तिक १० गते २०७८ मा प्रकाशित


पोखरा :  वर्षा रोकिएपछि पोखराका किसानलाई धान काट्ने चटारो सुरु भएको छ । बेमौसमी वर्षाको कारण चाडै पाक्ने हाइब्रिड धान काट्न ढिलाभएको थियो । 

एक हप्ता अघि काटीसक्नु पर्ने धान झरीको कारण काट्न ढिलाइभएको कारण खेतमै झर्न सुरु भएको पोखरा २५ हेमजाकी किसान विष्णुमाया तिमिल्सिनाले बताइन् ।बेमौसमी वर्षाको कारण पोखरा महानगरपालिकामा ५ सय रोपनी क्षेत्रफलको धान काटेर खेतमा सुकाएको अवस्थामा झरीले भिज्दा क्षति पुगेको छ ।

पाेखरा २५ हेमजामा धान काट्न व्यस्त किसान ।

यसै गरी जेठोबुढो, गुर्द्धी लगायत १२ यस रोपनी क्षेत्रफलमा लगाएको धान ढलेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरपालिकामा २५० टन जति धानबालीमा क्षति पुगेको उनले बताए । दसैं अघि धान काटेर खेतमा सुकाएको धान निरन्तरको वर्षाले खेतमै धान उम्रेर नोक्सान भएको थियो । 

पाेखरा २५ हेमजामा धान काट्न व्यस्त किसान ।
पाेखराकाे लेखनाथमा धान भित्र्याउँदै किसान ।