
हिमालपारीको जिल्ला उपल्लो मुस्ताङमा यार्तुङ पर्वको तयारी भइरहेको छ । वर्खा यामको बिलाइ र हिउँद यामको स्वागतकालागि मुस्ताङमा यार्तुङ पर्व मनाउन परम्परा छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामेदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका विष्ट, गुरुङ र लोवा जानीले यो पर्व मनाउँदै आएका छन् ।
यो पर्व हिमाली जिल्ला मनाङ, मुस्ताङ र डोल्पा लगायत जिल्लामा मनाइने चलन छ । यार्तुङ तिब्बती भाषबाट उत्पति भएको शब्द हो । यार्तुङ पर्व हिमाली जिल्लाको सांस्कृतिक पर्व हो । बर्खा सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक पिवद्, रोगब्याधी र अप्रिय घनटना नहोस भन्ने कामना सहित यो पर्व मनाउने चलन छ । यार्तुङमा खेतीबाली राम्रो होस भनेर लामाहरुले देवी देवताको पुजाआजा गर्छन । घोडचड कौशल देखाउने उत्सवको रुपमा लिइने यार्तुङ मा स्थानीय सेब्रु नाच, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने चलन छ । यो पर्व सामाजिक सद्धभाव काम राख्नकालागि पनि महत्वपूर्ण रहदै आएको छ ।
यार्तुङ मनाएपछि खेतीबाली भित्रयाउने र लगाउन थाल्छन् । उवा, जौ, फापर बाली भित्रयाएपछि चिसो शुरु नहुँदै उपल्लो मस्ताङका बासिन्दा जाडो छल्न पोखरा, काठमाडौं, चितवन, बुटवल लगायत देशका विभिन्न सहरमा जाने गर्दछन् । फागुनमा गर्मी शुरु भएपछि जाडो छल्न बेसी झरेका मुस्ताङ्गीहरु भर फर्कन्छन् ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…