
मानव अधिकारकर्मी टेकनाथ बरालको प्रथम स्मृति सभामा बरालले मानव अधिकार रक्षा, प्राकृतिक स्रोत संरक्षण, विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको स्मरण गरिएको छ ।
सभामा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बरालले राजनीतिक परिवर्तनकालागि वामपन्थी नेताको रुपमा पु¥याएको योगदानको सम्झना गरे । राष्ट्रियताको रक्षा, सीमा सुरक्षाको सवालमा पनि बराल सक्रियतापूर्वक लागेको उनले सम्झिए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बरालले राजनीतिक परिवर्तन, मानवअधिकार, प्राकृतिक स्रोत संरक्षणमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, शान्तिकालागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवाल, नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, पत्रकार दिपेन्द्र श्रेष्ठ, टेकनाथ बरालका छोरा विद्याविमल बराल, छोरी प्रभाव बराल, बामबुद्धिजीवी रामराज रेग्मी लगायतले बरालले सामाजिक न्याय, मानवअधिकार, राष्ट्रियता रक्षा, राजनीतिक परिवर्तनमा खेलेको भूमिकाका बारेमा बोलेका थिए ।
हरेक वर्ष टेकनाथ स्मृति सम्मान प्रदान गरिने

मानव अधिकारकर्मी टेकनाथ बरालको सम्झनामा टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको छ । अधिकारकर्मी बरालले राजनीति, मानवअधिकार, राष्ट्रियताको रक्षा, प्रकृति संरक्षण, शिक्षा क्षेत्रमा गरेको योगदानको अध्ययन गर्न टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको उनका छोरा विद्याविमल बरालले सभामा जानकारी दिए । मानव अधिकार, सामाजिक न्याय, असमानता विरुद्धको आन्दोलनलाई विस्तृत र फराकिलो बनाउन अध्ययन केन्द्र लाग्ने बरालले बताए ।

मानवअधिकार, सामाजिक न्याय, राष्ट्रियता र प्रकृति संरक्षणको क्षेत्रमा राष्ट्रिय स्तरमा योगदान पु¥याएका व्यक्तिलाई हरेक वर्ष टेकनाथ स्मृति सम्मान प्रदान गरिने अध्ययन केन्द्रका संयोजक विद्याविमल बरालले बताए । यसकालागि परिवारले ६ लाखको अक्षय कोष स्थापना गरेको उनले जानकारी दिए ।










प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…
नेपालमा तिब्बती खैरो भालुको अनुवंशिक पहिचान पुष्टि भएको छ । पोखराका ऋषि बरालले तिब्बती खैरो भालु (Brown Bear) को…