पानी खोज्दै भौतारिन्छन गाँबी भालु


     नेचर न्युज    
     असार ८ गते २०८२ मा प्रकाशित


गॉबी भालु—एशियाको एक दुर्लभ र संकटग्रस्त वन्यजन्तु हो । यो विश्वकै सबैभन्दा कठोर मरुभूमिहरूमध्ये एक, गॉबी मरुभूमिमा सकस पूर्ण रुपमा बाँचेका छन् । पछिल्लो तथ्यांकअनुसार, केवल ४० भन्दा कम गॉबी भालुहरू मात्र बाँकी रहेको बताइएका छ ।

पानीको अभावमा यी भालुहरू पानीको खोजीमा १६० किलोमिटर सम्म यात्रा गर्न बाध्य छन्। गॉबी मरुभूमि वर्षौंदेखि अत्यन्त सुक्खा तथा जलविहीन क्षेत्रको रूपमा चिनिन्छ। यसले गॉबी भालुहरूको जीवनलाई झनै कठोर बनाएको छ । यसले गर्दा उनीहरू जीवित रहनका लागि पानी, झाडीहरूमा उम्रिने जरा, बेरी, र कहिलेकाहीं कीरा तथा चराहरूको भरपर्दछन्।

यी दुर्लभ भालुहरूलाई स्थानीय रूपमा माजाई भनिन्छ। तिनीहरू ब्राउन बियरको उपप्रजाति मानिन्छन्, तर गॉबी मरुभूमिमा वर्षौँसम्म बसोबास गर्नाले तिनीहरूको शरीर संरचनामा उल्लेखनीय परिवर्तन आएको छ—छोटो र उज्यालो खाल, सानो कद, र लामो पञ्जा, जुन बालुवामा खन्न उपयुक्त हुन्छ।

‘एशिया’ नामक सात भागमा विभाजित वृत्तचित्र शृङ्खलामा, सर डेविड एटनबरोले प्रस्तुत गरेका दृश्यहरूले यी भालुहरूको संघर्षमय जीवनलाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। वन्यजन्तु विशेषज्ञहरूका अनुसार, जलवायु परिवर्तन, मानवजन्य गतिविधि, र अतिक्रमणका कारण गॉबी भालुको अस्तित्व थप संकटमा परेको छ। संरक्षणकर्ताहरूले नेपाल, मंगोलिया, र चिनियाँ वैज्ञानिकहरूसँग सहकार्य गर्दै भालुको संरक्षणका लागि दीर्घकालीन रणनीति तय गरिरहेका छन्।

यी भालुहरूमाथि केन्द्रित ध्यान र संरक्षण प्रयास अझ तीव्र नहुने हो भने, गॉबी भालु केवल इतिहासको पानामा सीमित हुन सक्छने प्रति वन्यजन्तु विज्ञले चिन्ता गरेका छन् । प्राकृतिक रुपमा र मानवीय व्यवहारले पानीका स्रोतहरु सुक्दै गएका छन् । यसले मानव जीवनलाई मात्र होइन पृथ्वीका हरेक जीवलाई असर पु¥याईरहेको छ । यो समाचार बीबीसी बिश्व समाचारकाे भिडियो रिपोटमा आधारित भएर तयार पारिएको हाे ।

तस्बिर : बीबीसी