
पोखरा : चेक रिपब्लिकबाट पोखरा घुम्न आएका पर्यटक माइक आसभेट फेवाताल किनार घुम्ने क्रममा तालमा प्लास्टिक जन्य लगायतका फोहोर देखे ।
पोखराको प्राकृतिक सुन्दरतामा रमाउन आइरहने माइकले फेवा पहिलेको भन्दा धेरै फोहोर देखेपछि सरसफाईकालागि चिनेका साथीहरू र सामाजिक सञ्जालमा समेत पोस्ट गरेर अनुरोध गरे । माइकको पहलमा पोखराको गाईघाट क्षेत्रको तालमा थुप्रिएको फोहोर शनिबार सफा गरिएको छ । यो अभियानलाई वि पोखरेली टिमले साथ दिएको हो ।
सफाई अभियन्ता माइकले पोखरेली र नेपालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा यसो भनेका छन् । यो तिम्रो देश हो । तिम्रो घर हो । तिमी सँग प्रकृति बचाउने शक्ति छ । हरेक परिवर्तन तिमी गर्न सक्छौ । तिमीले युवा र वयस्क पुस्तालाई सरसफाईमा लाग्न प्रेरणा दिन सक्छौ । प्रकृति संरक्षणकालागि अहिलेको तिम्रो फोहोर गर्ने बानी परिवर्तन गर्न सक्छौ र सरसफाईमा लाग्न सक्छौ । सुन्दर पोखराका प्राकृतिक सम्पदा खोला, नदी, ताल सरसफाइ गरेर संरक्षण गर्नोस् ।
पानीका जीव, जनावर र तपाइँकालागि पनि पानी उतिकै महत्त्वपूर्ण छ । प्रदूषित पानीले जीवहरू र तपाईँको स्वास्थ्यमा पनि असर पु¥याउँछ । म विदेशी हो । म नेपाललाई धेरै माया गर्छु । मलाई लाग्छ तपाईँले मेरो कुरा विश्वास गर्नुहुन्छ र सरसफाईमा लाग्नु हुन्छ । विदेशी पर्यटक यहाँका प्राकृतिक सुन्दरता हेर्न र यहाँको सुन्दरतामा हराउन आउँछन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन् । सरसफाईकालागि महानगरपालिका र सरकारको मुख न ताक्न र सबैले आआफ्नो क्षेत्रबाट सफा राख्न तर्फ ध्यान दिन पनि उनले सुझाइका छन् । उनले यो अभियानलाई सफल बनाउने वि पोखरा टिम र सहभागी सबैलाई धान्यवाद ज्ञापन गरेका छन् ।

सेल्फी तस्बिर : माइक



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…