
मानो रोपेर मुरी उब्जाउने यो समयमा पाेखराका किसान धान राेप्न व्यस्त छन् । पाेखरामा जेठको तेस्रो हप्ता देखि पानी पर्न थालेपछि यहाँका किसान आली र खेल खन्न, हलाे जाेत्न र धान राेप्न व्यस्त छन्।
कोरोना संक्रमणका कारण देश लकडाउनमा भए पनि किसानको दैनिकी भने फेरिएको छैन्। किसानले सबैको बाँच्ने आधार खाद्यान्न, तरकारी, पशुपालनको काम निरन्तर रूपमा गर्दै आएका छन्। फेवा फाँटको मुहान क्षेत्रमा जेठको दोस्रो हप्तादेखि नै धान रोप्न सुरु हुन्छ। यहाँका दलदल र ढाभ तथा गैरी खेतमा अलिअलि पानी पर्न थालेपछि धान रोप्नका लागि पानी प्रशस्त हुन्छ।
यसैले फेवा फाँटमा पोखराका अरू फाँटमा भन्दा छिटो धान रोपाइँ सुरु हुन्छ। फेवा फाँटमा रोपाहा, बाउसे र हलीदाइ आआफ्नो जिम्मेवारीको काममा खटिएका छन्। रोपाहाहरू असारे गीत गाउँदै धान रोप्न व्यस्त छन्। बाउसे दाइ कान्ला खन्नमै व्यस्त देखिन्छन्। फेवा फाँटमा पनि पछिल्लो समयमा जोत्नका लागि गाेरुकाे ठाउँ बिस्तारै ट्याक्टले लिदै गएकाे छ ।
फेवा फाँटमा पोखरेली रैथाने जातको जेठोबुढो धान रोपिन्छ। महानगरपालिकाभित्र ४० प्रतिशत क्षेत्रफलमा जेठोबुढो धान रोपाइँ हुन्छ। जेठोबुढो धानको माग बढ्नु र मूल्य पनि अरू धानको भन्दा राम्रो पाउन थालेपछि पछिल्लो समय किसान जेठोबुढो धान लगाउन आकर्षित हुँदै गएको महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।
जेठोबुढो धान पोखरा महानगरपालिका भित्र ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा लगाइन्छ। यस प्रजातिको धान १५ हजार ६ सय ८० टन उत्पादन हुने उनले सुनाए। अन्य स्थानीय जातको धान २ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा रोपिने र ५ हजार ६ सय टन उत्पादन हुने उनले बताए। उन्नत जातका धान ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा रोपिने र १७ हजार ९ सय २० टन धान उत्पादन हुने गरेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडरियाले बताए।
फेवा फाँटमा राेपाइँकाे चटाराे फाेटाे फिचर।








अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…