
नेपालमा कोरोना संक्रमण बढेको छ । तेस्रो लहरको कोरोना संक्रमणदर सँगै मृत्यु दर पनि बढेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार शनिबार नेपालमा एकैदिन थप १६ जना संक्रमितको मृत्यु भएको छ । यो पछिल्लो समयको सबैभन्दा धेरै संख्या हो । शनिबार १० हजार बढीमा कोरोना संक्रमण देखिएको छ ।
यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ । स्वास्ग्य मन्त्रालयका अनुसार देशभर २० हजार १ सय ८७ जनाकोनमुना परीक्षण गर्दा थप १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा संक्रिय संक्रमितको संख्या ७२ हजार ८ सय ६२ पुगेको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!