कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कास्की र मालपोत कार्यालयकाे सेवा स्थगन ( सूचना सहित )


     नेचर न्युज    
     माघ ११ गते २०७८ मा प्रकाशित


पोखरा : कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय कास्की र मालपोत कार्यालय कास्की बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार सूचना प्रकाशन गरी २०७८ माघ ११ गते देखि अर्को सूचना जारी नभए सम्मका लागि स्थगन गरिएको सूचना प्रकाशन गरेको हो । 

यसै गरी मालपोत कार्यालय कास्कीले सोमबार सूचना प्रकाशन गरी सेवा प्रवाह स्थगन गरिएको जनाएको छ । २०७८ माघ ११ देखि २०७८ माघ १७ गते सम्मकालागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरू स्थगन गरेको सूचना गेटमा टाँसेको छ । विभिन्न फाँटमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको र अन्यको रिपोट आउन बाँकी रहेको सूचनामा जनाइएको छ । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!