
पोखरा : प्रवासी श्रमिक र उनिहरुका परिवारलाई मदत गर्ने उद्देश्यले बनाइएको वेबसाइट पोखरामा सार्वजनिक गरिएको छ । प्रवासी श्रमिक र उनिहरुका परिवारलाई आप्रवासनसम्बन्धी सूचनाको एकीकृत वेबसाइट र प्रवासीका लागि प्रविधिको सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री पोखरामा सोमबार साँझ एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारीका प्रक्रिया र गन्तव्य मुलुकका विषयमा जानकारी नभई र नलीइ जाने वर्तमान अवस्थाका कारण विदेशमा नेपाली युवाहरूले दुःख पाउँदै आएका छन् । रोजगारकालागि जाने युवाले उपयुक्त सिप सिकाउने संस्थाहरूको अभाव लगायतका चुनौती छन् । वैदेशिक रोजगारसँग सम्बन्धित वित्तीय साक्षरता, विप्रेषणको सदुपयोग, कल्याणकारी व्यवस्था, गन्तव्य मुलुकमा स्वास्थ्य सम्बन्धी सुविधा र त्यहाँको हावापानी, रहनसहन, संस्कृति, खानपान लगायतका विषयहरूमा प्रवास जानेहरू अनभिज्ञ रहेको पाइएकोले यस्ता विषयमा सुसूचित गर्ने प्रयास स्वरूप वेबसाइट र तालिम सामग्री तयार पारेर सार्वजनिक गरिएको कार्यक्रममा इन्फरमेसन सिस्टमका प्रोफेसर डा जी हरिन्दरनाथले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० मा रोजगारीकलालागि विदेश जान वैदेशिक रोजगारबाट ७ लाख भन्दा बढी व्यक्तिले श्रम स्वीकृति लिएका थिए । मुलुक भित्र रोजगारको सीमितताका कारण हरेक दिन २ हजारको हाराहारीमा नेपाली युवा बिदेसिने गरेको कार्यक्रममा बताइएको थियो । अधिकांश युवा खाडीका मुलुकहरू र मलेसिया जाने गरेकोमा पछिल्लो केही वर्षयता पूर्वी युरोपका मुलुकहरूमा पनि जान थालेका छन् । सबै विषय समेटेर प्रवासी श्रमिक र उनिहरुका परिवारलाई मदत गर्ने वेबसाइटको आवश्यकता महसुस गरेर सबै जानकारी एकै स्थानमा उपलब्ध हुने गरी ‘परदेशी डट ओआरजी डट एनपी’ वेबसाइट सुरु गरिएको जी हरिनन्दरनाथले बताए ।
वेबसाइटले प्रविधिमा आधारित ज्ञानको अभावमा हुने ठगीका घट्ना रोक्न प्रभावकारी हुने विश्वास आफूले लिएको गण्डकी विश्वविद्यालयका डिन डा कपिल अधिकारीले बताए । सही सूचनाका आधारमा प्रवासी श्रमिक समस्यामा परिरहेको अवस्थामा यस्ता सूचना मूलक वेबसाइटका अध्ययनबाट प्रवासी श्रमिक र उनिहरुका परिवारले सही सूचना पाएर अहिले हुँदै आएका ठगीको घट्ना लगायतका समस्या समाधान गर्न सक्ने आप्रवासी स्रोत केन्द्र कास्कीका परामर्श कता हेमराज अधिकारीले बताए ।
सरकारले प्रवासी श्रमिक र उनिहरुका परिवारलाई सही सूचना दिन नसकी रहेको अवस्थामा सूचना मूलक वेबसाइट सार्वजनिक हुनु खुसीको कुरा रहेको गोर्खा आर्मीमा ३१ वर्ष काम गरेर रिटायर भएका उमेश कुमार पुनले बताए । प्रविधिको सही प्रयोग गर्न नसक्दा पनि प्रवासी श्रमिकहरू ठगीमा पर्ने गरेको स्थितिलाई वेबसाइटले सम्बोधन गर्ने विश्वास राखिएको छ । प्रवासी नेपाली र उनीहरूका परिवारकालागि डिजिटल प्रविधिको सुरक्षित, विवेकपूर्ण र गोपनीय प्रयोगमा मदत पुग्ने विश्वास गरिएको छ ।



पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…