
पर्वतको जलजला गाउँपालिकाको लकेफाँटमा लाटोकोसेरो संरक्षण उत्सव गरिएको छ । मुसा लगायत अन्नबालीमा क्षति पुर्याउने जीवहरूलाई आहारा बनाएर अन्नबाली जोगाउने र पर्यावरण सन्तुलन राख्न लाटोकोसेरोले योगदान दिने गर्दछन् ।
मानिसहरूले विभिन्नतवरले यसको अवैध चोरी सिकारी गरिरहेका छन् । लाटोकोसेरो तथा हुचीलको अवैध चोरी सिकारी गरेर विदेशमा समेत निर्यात हुने गरी व्यापार बढेपछि संरक्षणमा स्थानीय समुदायलाई लाग्न प्रेरणा दिन उद्देश्यले उत्सव हुँदै आएको आयोजक संस्थाका निर्देशक राजु आचार्यले बताए । माघ १९ र २० गते पर्वतको जलजला गाउँपालिका स्थित २३ सय मिटर उचाइको लकेफाँटमा संरक्षण उत्सव भएको हो । उत्सवमा ३ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

लाटोकोसेरा संरक्षण उत्सवबाट स्थानीयमा लाटोकोसेरो मात्र होइन अन्य चरा, वन्यजन्तुको संरक्षणमा लाग्नु पर्ने रहेछ भन्ने जानकारी पाएको उत्सव आयोजनाको स्थानीय संयोजक यमकुमारी पुन गुरुङले बताइन् । उत्सवले लेकफाँटको पर्यापर्यटनमा पनि महात्वपूर्ण सहयोगी हुने बताइन् । बिभिन्न सञ्चार माध्यमबाट पहिलो पटक लेकफाँटको सुन्दरताको विषयमा समाचार आएपछि स्थानीय पर्यटक आगमन बढ्ने भन्दै खुशी व्यक्त गरेका छन् ।
जलजला गाउँपालिका ७ का वडा अध्यक्ष टुङ्गनाथ शर्माले लाटोकोसेरोको महत्वका बारेमा उत्सवबाट धेरै जानकारी पाएकोले अब लाटोकोसेरो संरक्षणका लागि वडाले पनि सचेतना कार्यक्रम गर्ने बताए । विष खुवाएर जथाभावी मुसा फल्दा पनि मुसा मर्ने रहेछन यस विषयमा पनि सचेतना कार्यक्रम गरिने अध्यक्ष शर्माले बताए ।

वन्यजन्तुको अवैध सिकार, अवैध व्यापार, तस्करीका कारण वन्यजन्तु थप सङ्कटमा छ । भौगोलिक आधारमा सानो देश भएर पनि करिब ८९२ प्रजातिका चरा नेपालमा पाइन्छन् । तीमध्ये १ सय ६८ प्रजातिका चरा अति सङ्कटमा रहेका छन् । नेपालमा २३ प्रजातिका लाटोकोसेरो तथा हुचिल पाइन्छन् । लाटोकोसेरो तथा हुचिल गैँडा, बाघ लगायत वन्यजन्तुहरूकै हाराहारीमा अवैध व्यापार हुनथालेको छ ।

विभिन्न रोगको औषधी हुन्छ भन्ने अन्धविश्वासमा भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरूमा नेपालबाट लाटोकोसेरो अवैधरुपमा कारोबार हुने गरेको छ । प्रकृतिका साथीहरू नामक संस्थाले ४६ वटा जिल्लामा १६ वर्ष अघि गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २ हजार वटासम्म लाटोकोसेरो तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरूमा अवैध रुपमा पठाइने गरेको भेटिएको छ ।

मुसालाई विष खुवाएर मार्ने र जथाभाबी फाल्ने गर्दा पनि लाटोकोसेरो मर्ने भएकोले वडाले यसको नियन्त्रणकालागि काम गर्ने उत्सवमा सहभागी हुन आएका जलजला गाउँपालिका ७ का वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताए । यस अघि यस विषयमा ख्याल नगरिएको र उत्सवमा आएपछि लाटोकोसेरोको महत्वका बारेमा जानकारी पाएकोले जनस्तरमै सचेत गराउन वडा लाग्ने पनि उनले सुनाए ।



पर्वतको जलजला गाउँपालिका लेकफाँटमा भएको ११ औं संस्करणको लाटोकोसेरो तथा हुचील उत्सवमा सहभागी ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…