
प्लास्टिक झोला मुक्त संसार सम्भव छ र एकल प्रयोगको प्लास्टिक झोलाको वातावरणीय विकल्पहरू उपलब्ध छन् भन्ने सन्देश फैलाउँदै आज अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाइएको छ ।
जुलाई तीनमा विश्वभर अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाइन्छ । प्लास्टिक मानव स्वास्थ्य, वन्यजन्तु, वनस्पति नदी, खोला, ताल, समुन्द्रको जैविक विविधताका लागि प्रतिकूल छ । खेती योग्य भूमिमा प्लास्टिक फैलँदा उब्जाउ जमिन मरुभूमिकरण हुँदै गएका छन् । ताल, खोला, नदी, समुन्द्रमा प्लास्टिक फैलँदा पानीमा रहेका जीव, वनस्पति जोखिममा पर्दै गएका विज्ञहरूले बताएका छन् ।
मानव मात्र होइन जैविक विविधतालाई नै असर गर्ने प्लास्टिक प्रयोग नियन्त्रण गर्न विश्वभर अन्तर्राष्ट्रिय प्लास्टिक झोला मुक्त दिवस मनाउँदै आएको हो । यो दिवसमा प्लास्टिक झोलाहरूको वातावरणीय प्रभाव र खतराहरू बारे सचेतना जगाउन र थप दिगो समाधानहरू प्रवर्धन गर्न सघाउँछ । पृथ्वीमा रहेका सबै प्राणी, प्राकृतिक स्रोत संरक्षण गर्न प्लास्टिकका झोला लगायत प्लास्टिक जन्य सामानको प्रयोगको सट्टा कुहिने र पुन प्रयोग गर्न सकिने वातावरण मैत्री झोलाको प्रयोग गर्नु पर्ने विज्ञको सुझाव छ ।
हामीले हरेक दिन प्रयोगमा ल्याउने प्लास्टिकले वातावरण, जमिन, पानीका स्रोत प्रदूषण गरिरहेका छन् । यसले मानव जीवनलाई बिस्तारै जोखिममा पार्दै गएको वैज्ञानिक बताउँछन् । प्रत्येक वर्ष ३८० मिलियन टन भन्दा बढी प्लास्टिक उत्पादन हुने बताइएको छ । यसरी उत्पादन हुने प्लास्टिकमध्ये आधा एक पटक मात्र प्रयोग गरेर फ्याँकिने गरेको तथ्याङ्क छ । यसले वातावरणमा ठूलो असर गरिरहेको छ । प्लास्टिकले समुन्द्र, नदी, खोला, ताल, हिमाली क्षेत्र सबै क्षेत्रलाई प्रदूषित गरेको छ । प्राकृतिक स्रोतको संरक्षण गर्दे स्वास्थ्य जीवनकालागि प्लास्टिकको प्रयोग रोक्नु पर्ने आजको आवश्यकता रहेको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…