मनसुन सुरु संगै डेंगुको संक्रमण त्रास


     नेचर न्युज    
     असार २२ गते २०८१ मा प्रकाशित


मनसुन सुरु संगै डेंगुका संक्रमित देशभर भेटिएका छन् । तराई, पहाड देखि पछिल्लो समयमा हिमाली क्षेत्रमा पनि डेंगुका संक्रमित भेटिएका छन् । यसैले मनसुनको यो समयमा संक्रमणबाट जोगिन विशेष संरक्षण अपनाउनु पर्ने छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जोडो मौसम पुस देखि अहिले सम्म ७६ जिल्लामा डेंगु संक्रमित भेटिएका छन् । अहिले सम्म १ हजार ४३२ जना संक्रमित भएका छन् । मनसुन सक्रिय भएकोले अबका दिनमा डेंगुका बिरामी बढ्ने चिकित्सक बताउँछन् । एडिस एजेप्ट्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा भेटिएको थियो । यो संक्रमण भेटिने विदेशी नागरिक थिए । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०१६ मा झापा र रुपन्देहीमा फैलिएको थियो । यसरी फैलिदै जाने क्रममा पछिल्लो समयमा उच्च हिमाली क्षेत्रमा पनि डेंगु संक्रमित बिरामी पाइएका छन् । सन् २०२२ मा आइपुग्दा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिएको थियो भने ५४ हजारभन्दा बढी संक्रमित भएका थिए । ति मध्ये ८८ जनाको मृत्यु भएको तथ्याङ्क छ । 

डेंगु कसरी फैलन्छ पछिल्ला समयमा पृथ्वीमा तापक्रम बढे संगै चिसो हुने हिमाली क्षेत्रमा पनि डेंगु फैलन थालेको छ । जलवायु परिवर्तनको असरको रुपमा यसलाई विज्ञहरूले लिने गरेका छन् । १२ देखि १३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्ने पाइएको छ । विज्ञहरूले डेंगु फैलिनुको कारण बढ्दो शहरीकरणलाई पनि मान्छन् । जनघनत्व पढे संगै शहरमा डेंगु सार्ने लामखुट्टे हुर्कन सहज हुँदै गएको बताइन्छ । शहरका घना बस्तीमा पान जोहो गर्नकालागि ड्रम र बाल्टी राखिएका हुन्छन् । ग्यारेज तथा बसपार्कको टायर, घर र कौसी खेतीका लागि राखिएका गमला पनि लामखुट्टेले छिट्टै फुल पार्छ ।

एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट डेंगु संक्रमण हुने हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेकालागि भने १० देखि ४० डिग्रीसम्कको तापक्रम अनुकूल हुने भएकोले पुस महिनामा पनि यो संक्रमण देखिने गरेको छ । लामखुट्टेको सरदर आयु ३० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरु उपयुक्त वातावरण पाउँदा लामो समयसम्म रहिरहन्छन् । त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्म वयस्क हुन्छ ।

संक्रमित पोथी लामखुट्टेले आफ्नो जीवनचक्रमा एक हजार सम्म फुल पार्नसक्छ । संक्रमित लामखुट्टेको फुबाट जन्मिएका सबै लामखुट्टेबाट डेंगु संक्रमित हुने गर्दछ । यस्ता लामखुट्टेको शरीर कालो सेतो छिरबिरे रंगको देखिन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो टोक्छ । पोथी लामखुट्टेले एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ । जसका कारण धेरै मनिसमा डेंगुको संक्रमण हुन जाने चिकित्सक बताउँछन् । खासमा डेंगुको कुनै उपचार छैन । डेंगुको बिरामीले चिकित्सकीय सल्लाहा अनुसार निगरानीमा रहँदा संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिने चिकित्सकहरु बताउँछन् ।

 डेंगुको लक्षण डेंगु मुख्य लक्षणमा एक्कासी उच्च ज्वरो आउनु हो । ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगु लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमता ह्स आउँछ । फलस्वरुप बिरामी व्यक्ति सिकिस्त हुने गर्दछन् । धेरै डेंगु कडा हुँदैन तर कसैकसैमा भने डेंगु संक्रमणले जटिल अवस्था आउँछ । निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रुपमा लिने गरिन्छ । यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिनुपछ ।डेगु संक्रमण भएका बिरामी चिकित्सकको परामर्शमा जानु पर्छ । जटिल अवस्था पनि आउन सक्छ यसैले चिकित्सकको निगरानीकालागि अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।