वनस्पति

रुख संरक्षण गर्न सचेत गराउने जीपीएस लोकेशन सहित “बैदामका वृक्ष” पुस्तक

जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका  वृक्ष” पुस्तक सार्वजनिक भएको छ । पोखरा ६ बैदाम स्थित ताल किनारमा रहेका १ सय ८ वटा बुढा रुखको जीपीएस लोकेशन समेत रेकर्ड गरेर रुखका पर्यावरणीय, धार्मिक, सांस्कृतिक, औषधीय महत्व, आर्थिक महत्व समेत समेटेर पुस्तक सार्वजनिक गरिएको पुस्तकका प्रकाशक संस्था राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए ।  कृषि वैज्ञानिक डा अनिल सुवेदी, सामाजिक अभियन्ता अनिल… पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस : नेपालमा सान्दर्भिकता

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त राष्ट्रसंघले सन् २००० मा चयन गरेको हो I सन् १९९२ मे २२ मा भएको जैविक विविधता महासन्धि (Convention on Biological Diversity) को सम्झनामा यो दिवस मनाउने निर्णय गरिएको हो I यस दिवसको मुख्य उद्देश्य - जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकता बारे आम जनचेतना फैलाउनु नै हो । यो दिवस मनाउने क्रममा प्रत्येक बर्ष एक नारा (Theme) तय गरिन्छ I… पुरा पढौ

चोरी सिकार नियन्त्रण गर्न उच्च हिमाली क्षेत्रमा ड्रोनबाट निगरानी

चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ ।  संरक्षण क्षेत्रको जोमसोम स्थित भौगोलिक रूपमा विकट हिमाली क्षेत्रका रानीवन, भोगम्बो, नमखु खर्क, भ्रप्सो खर्क लगायत आसपासका उच्च हिमाली क्षेत्रहरूमा ड्रोनको माध्यमबाट  वन गस्ती गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोम कार्यालयले जनाएको छ।  मानव उपस्थिति न्यून भएका यी क्षेत्रहरूमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न, वन तथा वन्यजन्तुको अनुगमन गर्न र पर्यावरणीय संरक्षणलाई थप सबल बनाउन आधुनिक प्रविधि युक्त गस्ती सञ्चालन… पुरा पढौ

फेवा किनारमा ज्याकाराण्डा फूलको सुन्दरता

पोखरा : पर्यटकीय राजधानी पोखराको फेवाताल वरपरको क्षेत्र पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । फेवातालको पुछार ड्यामसाइड अन्नपूर्ण, धौलागिरी हिमशृङ्खलाको अवलोकनकालागि प्रख्यात छ । यस्तै ताल किनारका वरपरका सबै क्षेत्र पर्यटककालागि उतिकै आकर्षक छन् । तालको मुहान फेवा फाँट विभिन्न प्रजातिका पानी चराको अवलोकनकालागि प्रख्यात छ । यति बेला फेवाताल किनारको गौरीघाट क्षेत्र पर्यटककालागि थप आकर्षकका केन्द्र बनी रहेको छ । तालको सुन्दर दृश्य, रानीवनको हरियाली दृश्य अवलोकन र नौकाविहारकालागि आकर्षक यस क्षेत्र यति बेला गौरीघाट पार्कको फेवा किनारमा फूलेका ज्याकाराण्डा फूलको… पुरा पढौ

पानीका स्रोत संरक्षण गर्न जल मोडेल समायोजन कार्यक्रम

गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको  जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी सम्पन्न भएको छ।  गण्डकी नदी बेसिनमा समुदाय र पारिस्थितिक प्रणालीको जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने दीर्घकालीन लक्ष्यसहित काम अघि बढिरहेको छ। गोष्ठीमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, प्राविधिक समिति सदस्यहरू, विषय विज्ञहरू, प्राज्ञिक क्षेत्रका प्रतिनिधिहरू, विकास साझेदार संस्थाहरू तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको आयोजकले बताएका छन् । कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेश सरकारले जलवायु जलवायु अनुकूलन… पुरा पढौ

मनसुन पूर्वको वर्षा : घटायो वन डढेलो

खडेरी, हावाहुरीको मौसम चैत, वैशाखमा नेपालमा धेरै डढेलो लाग्ने गर्दछ् । यो मौसममा हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा धेरै पानी परेकोले डढेलोका घटनामा गिरावट आयो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्यांकअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो संख्या २०७९ चैतमा घटेर २६७ मा झरेको… पुरा पढौ

अधिकारमा आधारित संरक्षणको माग

पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण र समुदायमा आधारित अनुगमन तथा सूचना प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा लो— घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङका अध्यक्ष लोप्साङ छोम्पेल बिस्टले आदिवासी जनजातिले परापूर्वकालदेखि नै प्रकृति, वन्यजन्तु, वनस्पति र वातावरण संरक्षणमा योगदान दिएको बताउँदै यसैमा आधारित भएर संरक्षणको नीति नियम र कानुन बन्नु पर्ने जोड दिए ।  मुस्ताङको लोमान्थाङ क्षेत्रका आदिवासी ३५ सय वर्ष अघि देखि बस्दै आएको आफ्नै परम्परागत संस्कृति अनुसार नै… पुरा पढौ

बन्यजन्तु संरक्षणकालागि नेपाल प्रहरी अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसी र डब्लु डब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समाझदारीले वन्यजन्तु संरक्षण, चोरीशिकार नियन्त्रण, प्राकृतिक स्रोत, वनस्पतीको संरक्षणमा महत्वपूण रहने डब्लु डब्लु एफका अधिकारीले बताएका छन् । यस अघि १८ जुन २०१४ मा दुबै पक्ष बीच समझदारी पत्रमा हस्ताक्षर भएर सहकार्य भएको थियो । पहिलो… पुरा पढौ

पोखरामा हिन्दुकुश हिमालय जोगाउने विषयमा वायोडाइनामिक सम्मेलन

एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ । नेपालमा पहिलोपटक हुने एशिया वायोडाइनामिक सम्मेलन हुन लागेको हो । यसका लागि बीस देशका सहभागीहरू पोखरा आइपुगेका छन् आयोजकले बताएका छन् । एशियाबाहिरका विज्ञहरू समेत सहभागी हुने भएकाले यो सम्मेलन साँच्चिकै अन्तर्राष्ट्रिय मञ्च बन्ने आयोजकले बताएका छन् । वायोडाइनामिक कृषि माटो, मानिस, पशु–पक्षी र वनस्पतिको स्वास्थ्यसँगै खगोलीय शक्ति सदुपयोगमा आधारित एक प्रकृतिसम्मत प्रणाली हो। यस प्रणालीका अभ्यास, अनुसन्धान र अनुभवबारे दुई… पुरा पढौ

बाँदरले मकै खाँदा हैरान किसानलाई कागुनोले दियो खुशी

पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले जसरी पनि मकै खाइदिने भएकाले केही किसानले त मकै नै लगाउन छाडेका थिए। तर अहिले भने काफलघारीका किसानमा कागुनाेले खुसी दिएकाे छ। कागुनाे बाँदरले नखाने भएकाेले मकैकाे विकल्पमा किसानले कागुनाे खेती गरेका थिए । कागुनाे उत्पादन राम्रो हुनुकाे साथै बाँदरले पनि नखनाएपछि किसानमा खुशी छाएकाे हाे । स्थानीय अम्बिका भण्डारीले आफ्नी आमाबाट सल्लाह पाएपछि २०७४ सालमा माइती गाउँबाट २ माना कागुनोको… पुरा पढौ