प्रकृति

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो । पहिलो चरणको प्रारम्भिक अध्ययन गरेर फर्केको उक्त टोली विस्तृत अध्ययनका लागि भोलि मेलम्ची जाने कार्यक्रम रहेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीनजना तथा खानी तथा भूगर्भ विभागबाट… पुरा पढौ

नीलगाई संरक्षण गर्न हारगुहार गर्दा पनि भएन उद्धार

इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै देखापरेको नीलगाई उद्धार गर्न स्थानीय उपमहानगरपालिका, वन कार्यालयमा हारगुहार गर्दा पनि उद्धार नभएको स्थानीयले बताएका छन् । इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै नीलगाई देखिएपछि स्थानीयले इटहरी उपमहानगरपालिका, स्थानीय वन कार्यालय, प्रहरी कार्यालय  लगायतमा खबर गर्दा पनि उद्धार नभएको बताएका हुन् । आफ्नो फर्म नजिकै नीलगाई देखारेपछि वन्यजन्तु संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले वन कार्यालय, प्रहरी कार्यालय र वडा कार्यालयमा खबर गरे पनि आज सम्म उद्धार नभएको स्थानीय मिफुङ लिम्बुले बताए । प्रहरी र… पुरा पढौ

मानिसको राजमार्ग वन्यजन्तुको लागि मृत्युमार्ग बन्दै

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुनेक्रम बढ्दो छ ।   साथै राजमार्गको दुवैतर्फ अबरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाका जोखिममा परेका हुन् । हालसम्म सडक दुर्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिनुभयो ।        उहाँका अनुसार राजमार्गमा सडक दुर्घटनामा परेर मर्नेमा सबै भन्दा बढी बाँदर, बँदेल… पुरा पढौ

मध्यरातमा कालीगण्डकीको दोहन

गलकोट : बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए ।         यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोलिन खोजिन्छ । कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो। अन्य स्थानमा कालीगण्डकी दोहन… पुरा पढौ

जलविद्युत अयोजना र दोहनका कारण जलचरको अस्तित्व सङ्कटमा

प्राकृतिक प्रकोप र मानवीय अतिक्रमणका कारण म्याग्दी क्षेत्र भएर बग्ने कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गा नदीमा रहेका जलचरको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ ।    विगत तीन वर्षदेखि यी जलाधार क्षेत्रमा गएको पहिरो, बाढी र अत्यधिक मात्रामा भएको नदीहरूको दोहनका कारण यी नदीमा रहेका जलचर लोप हुँदै गएका स्थानीयवासीले बताएका छन् । भगवान् विष्णुको प्रतीक मानेर पुजिने बहुमूल्य शिला शालिग्राम र जलचर प्राणीको वासस्थान मानिएको कालीगण्डकी नदीको नारच्याङ क्षेत्रबाट सदरमुकाम बेनीसम्मको क्षेत्रमा जलचर प्राणीको अस्तित्व लोप हुँदै गएको पाइएको छ ।    म्याग्दीको… पुरा पढौ

रारा ताल पनि फेवाताल जस्तो होला है !

रारा ताल संरक्षण गर्न  सरकारले २०३२ सालमा रारालाई राष्ट्रिय निकुञ्ज घोषण गर्यो । तालसँगै जोडिएका रारा र छाप्रुका करिब २ सय घर धुरी परिवारलाई २०३५ सालमा बस्ती छोड्न लगाइयो र अन्यत्र बस्ने व्यवस्था मिलाइयो ।  ताल र त्यहाँका वन्यजन्तु संरक्षण गर्न यसरी तत्कालीन सरकारले रारालाई राष्ट्रिय निकुञ्ज घोषण गरेपछि स्थानीयले पुस्तौँदेखि बस्दै आएको आफ्नो थातथलो छोडे । सरकारको एउटा निर्णयले स्थानीयले आफ्नो संस्कृति, जनजीवनसँग जोडिएका प्यारो थलो मात्र होइन पुस्तौँदेखि आफ्ना पुर्खाको रगत पसिना सिञ्चित थातथलो छोड्न बाध्य भएका थिए… पुरा पढौ

महोत्तरीमा सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै

प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ। महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा. सतिश साहका अनुसार एक/दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।        केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा. साहले बताउनुभयो । पछिल्लो समय जिल्लामा भएको भारी वर्षापश्चात् सर्प बस्ने… पुरा पढौ

हिउँचितुवाले घोडा,खच्चड मार्न थाले

उत्तरी गोरखामा हिउँचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ । चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिउँचितुवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिनुभयो ।        ‘चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिउँचितुवाले मारिसकेको छ’, उहाँले भन्नुभयो, ‘अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो ।‘        सडक यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्रमा खच्चडबाट नियमितरुपमा सामान… पुरा पढौ

आचार्य बने रुफर्ड परियोजनाका सबै अनुदान पाउने पहिलो नेपाली

लाटोकोसेरोको  अनुसन्धान र संरक्षणको लागि ‘रुफर्ड स्मल ग्रान्ट’बाट पाइने सबै ५ वटा अनुदान पाउने राजु आचार्य  पहिलो नेपाली बनेका छन्l हाल सम्म १ सय ५०  वटा राष्ट्रबाट सबै  परियोजना पाउने उनीसमेत जम्मा ३७ जना अनुसन्धानकर्मी/संरक्षणकर्मी मात्र छन् l सन् २०१३ मा उनले पहिलोपटक ५ हजार पाउन्डको पहिलो अनुदान पाए l सो रकम लाटोकोसेरो अनुसन्धान र संरक्षणमा खर्चिएका उनले क्रमशः सन्  २०१५, २०१६, २०१७ र २०२१ मा अन्तिम अनुदान पाएका हुन् lअहिलेसम्म नेपालमा करिब ३ सय ८२  परियोजनाहरूमा सहयोग गरेको ‘रुफर्ड… पुरा पढौ

धरती जलेको छ,मान्छे ताराको खोजीमा

गुँडमा बचेरा छन् ,चरा चाराको खोजीमाधरती जलेको छ, मान्छे ताराको खोजीमा साँझपख अस्ताउनु अघि उदास छ घामफेरि उदाउनलाई अर्को सहाराको खोजीमा जङ्गल पीठमा बोकेर बसेको यहाँ पहाडतिर्खाले तप्त छ कुनै छहराको खोजीमा वर्षौं देखि उभिएको उभियै छ यहाँ रुखआफूसँग बेरिन आउने लहराको खोजीमा बाँच्न सकिएन मान्छेको दुष्टताले गर्दा यहाँआकाश छ आत्महत्या गर्न पहराको खोजीमा  पुरा पढौ