पुस्तकालय दिवसमा पुस्तक आदानप्रदान
पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर सत्रौँ पुस्तकालय दिवस शनिवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले पुस्तकालयको महŒव र पठन संस्कृतिसम्बन्धी धारणा राखेका थिए । जुन देशमा पठन संस्कृतिको विकास भएको हुन्छ, त्यो देश वास्तविक रूपमा समृद्ध बन्ने उनको भनाइ थियो । ज्ञान निर्माणको प्रणालीमा पुस्तकालयको विशेष भूमिका रहने भन्दै उनले स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घीय तहका सरकारले पुस्तकालय विकासमा विशेष लगानी गर्नुपर्ने विचार राखे । पुस्तकालय…
पुरा पढौ
उपल्लो मुस्ताङमा यार्तुङ
हिमालपारीको जिल्ला उपल्लो मुस्ताङमा यार्तुङ पर्वको तयारी भइरहेको छ । वर्खा यामको बिलाइ र हिउँद यामको स्वागतकालागि मुस्ताङमा यार्तुङ पर्व मनाउन परम्परा छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामेदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका विष्ट, गुरुङ र लोवा जानीले यो पर्व मनाउँदै आएका छन् । यो पर्व हिमाली जिल्ला मनाङ, मुस्ताङ र डोल्पा लगायत जिल्लामा मनाइने चलन छ । यार्तुङ तिब्बती भाषबाट उत्पति भएको शब्द हो । यार्तुङ पर्व हिमाली जिल्लाको सांस्कृतिक पर्व हो । बर्खा सकिएर हिउँद लाग्न थालेपछि हरेक वर्ष प्राकृतिक…
पुरा पढौ
ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको दोश्रो संस्करण भदौ दोश्रो साता हुने
पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृहमा हुने जनाइएको छ । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।…
पुरा पढौ
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
र्यान्डम रिडर्स सोसाइटीले पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । थापाले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।” सुमिनाले उठाएको…
पुरा पढौ
ढकालको निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा
पोखरा : र्यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ ।सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै पर्वतका पत्रकार तथा लेखक भूमिराज शर्माले पाठकद्वारा अत्यधिक रुचाइएका निबन्धहरू कृतिमा समेटिएका बताए । लेखकका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की निबन्धमा प्रस्तुत भएका उनको भनाइ थियो । पूर्व सांसद्समेत रहेका ढकालले कृतिमा ‘म राजनीतिमा छँदा पातकी थिएँ…
पुरा पढौ
मुस्ताङको कला बारेमा अन्तरक्रिया
पोखरा : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा बिहीबार मुस्ताङका कलाका बारेमा अन्तरक्रिया भएको छ । मुस्ताङका कलाकार छिरिङ फोन्जो गुरुङले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत त्यहाँका गुम्बा, चैत्य, गुफादेखि घर–सम्पदामा रहेका कलाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै कलाकार छिरिङले नेपालको हिमाली भेगका कलालाई खोज–अनुसन्धान र प्रवर्धन गर्न जरुरी रहेको उल्लेख गर्दै कलामार्फत पर्यटन विकास गर्न राज्यले ध्यान दिनुपर्ने बताए । नेपालको हिमाली क्षेत्रमा छुट्टै विशेषता बोकेका विभिन्न चाडपर्वहरूका बारेमा चर्चा गर्दै मौलिक कला संस्कृतिको जगेर्ना गर्न युवापुस्ता सक्रिय हुनुपर्ने…
पुरा पढौ
पोखरामा 1974 AD व्याण्डले लाइभ कन्सर्ट गर्दै
पोखरा : नेपाली रक ब्याण्ड 1974 AD व्याण्डले पोखरामा लाइभ कन्सर्ट गर्ने भएको छ । पोखराको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा मंसिर २३ गते लाइभ कन्सर्ट गर्ने भएको हो । कन्सर्टमा नयाँ तथा पुराना गीत सुनाउँदै व्याण्डले चिसो मौसममा संगितको माध्यमबाट न्यानो माहोल तयार गर्ने भएको छ । पोखरामा ज्ञढठद्ध ब्म् को लाइभ कन्सर्ट हुने भएपछि फ्यान उत्साहित भएछन् । व्याण्डमा एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी रहेका छन् । यो व्याण्ड १९९० को प्रारम्भमा…
पुरा पढौ
गण्डकी प्रज्ञा उत्सव : साहित्य कला क्षेत्रका पाँच जना सम्मानित
गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट…
पुरा पढौ
संरक्षण कविता : सायद यतै कतै थियो टेथिस सागर
सायद यतै कतै थियो टेथिस सागर म त्यसैको कोखबाट जन्मिएँ कोख किंवदन्ती बन्यो म अझै छु जीवन्त तर छु हुँडारहरुबीचको सिकार जस्तोलाखौं वर्ष खोँचहरु काटेर तिम्रा अहमका पहाडहरु ताछेर म बगिरहेछु कहीँ गर्जन गर्जन कहीँ शान्त सुललित प्रवाह म बगिरहेछु मैले आफै बनाएको हुँ मेरा किनारहरु विशाल-विशाल फाँटहरु हजारौं वर्ष ननिदाएर परिश्रमको गीत गाएर बगाउँदै हिँडेको हुँ शालिग्राम र शिलाहरुसाधनाको उत्कर्षमा पुगेकाहरुको पाउ धोएको पनि हो तिनका अनन्त तिर्खा मेटेको पनि हो म कालीगण्डकी कालको सीमा अतिक्रमण गरेर बगेको छु…
पुरा पढौ
ओ कालीगण्डकी
सृष्टिको उद्भव र निरन्तरताको ब्रह्मसूत्र आफूभित्र समाहित गरेरपवित्रताको अमृतमय सुवास छर्दै गतिशीलताका औंलाहरुलेछङछङ र कलकलको अनुपम संगीत भर्दै बगिरहेकी प्रिय कालीगण्डकी तिम्रै पानीका थोपाहरुसँग मेरा आँसुले लिएका हुन् रङको सापटी ओ प्रिय कालीगण्डकी तिम्रा तिनै गहिरा छालहरुबाटैसिकेर जिन्दगीको दर्शनशास्त्र मेरा खुसीहरुले हालेका हुन् पखेटा तिमीले सिँचेर नै हराभरा भएको हो यो प्रकृतिको भूगोल चराहरुले गाइरहेका हुन् हर्षको चिरबिरर जलचरहरुले हानेका हुन् तृप्तिको बाँकटे तिम्रै बुई चढेर मुक्तिनाथ पुगीमैले देखेको हुँ परम मोक्षको सपना कागबेनीको किनारमा सुस्ताउँदैफेरेको हो मैले शान्तिको श्वासतिम्रै…
पुरा पढौ