
पोखरा : नसर्ने रोगहरूको पहिचानकालागि बिहीबार देखि पोखरामा एक महिना अभियान सुरु भएको छ । पोखराको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँ बजारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री प्रदिप पौडेलको रक्तचाप परिक्षण र रगत परिक्षण गरेर सुरु भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न रोग जटील हुनु अगावै रोग पत्ता लगाएर निदान गर्न यो अभियान देशै भर सुरु गरिएको बताए । उनले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न थप आवश्यक रहेको पनि उनले बताए । निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउन यो अभियान सुरु गरिएको पनि उनले बताए ।
मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने बताउँदै ती समस्याको सुरुमै पहिचान भएका अन्य रोग निम्तन नसक्ने पनि उनले बताए । यसैकालागि यो अभियान सुरु गरिएको उनले सुनाए । यो अभियान सफल बनाउन देशभरका वडा कार्यालय देखि सबै निकाय लाग्नु पर्नेमा उनले जोड दिए । यो अभियान ३० वर्ष माथिका १ करोड ४० लाख नागरिकको रोगका पहिचान आवश्यक भएको पनि उनले बताए । यस अभियानकालागि तीनवटै तहका सरकार बीच समन्वय आवश्यक हुने र फागुन महिनाभर यो अभियान सञ्चलन हुने बताइएको छ ।
यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने पनि मन्त्री पौडेलले बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले पोखरा महानगरपालिकाको गत वर्षको तथ्याङ्क हेर्दा उच्च रक्तचापका बिरामी सबैभन्दा धेरै देखिएको र त्यसपछि मधुमेह रहेको जानकारी दिए । नसर्ने रोगको पहिचान गरी उपचारको दायरामा ल्याएर यसबाट हुने मृत्यु घटाउन यो कार्यक्रम आएकोले सबै नागरिकले बेलैमा स्वास्थ्य परिक्षण गर्न अनुरोध गरे । पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले नसर्ने रोगका पहिचानमा यो अभियान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।



पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…