
वन्यजन्तु चोरी सिकार, अवैध व्यापार नियन्त्रणकालागि सुराकी एप्लिकेसन सुरु हुने भएको छ । आविष्कार केन्द्रको प्राविधिक सहयोगमा प्रकृतिका साथीहरू संस्थाले ५ लाख लगानीमा सुराकी एप्लिकेसन बनाएको हो । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा एप्लिकेसन बनाइएको हो ।
एप्लिकेसन एक सातामा सञ्चालनमा आउने प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले बताए । आम नागरिकले वन्यजन्तुको अवैध चोरीसिकार, अवैध व्यापार भएका तस्बिर, भिडियो, अडियो रेकर्ड गरेर अपलोड गर्न सकिने गरी एप्लिकेसन बनाइएको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक इन्द्र ओलीले बताए । यसरी सुराकी दिने नागरिकको कुनै पनि सूचना भने नरहने गरी एप्लिकेसन बनाइएको पनि उनले बताए । कसैले वन्यजन्तु अवैध चोरीसिकार, अवैध व्यापार गरेको अवस्थाको भिडियो, अडियो र तस्बिर तीनवटै राख्न मिल्ने गरी एप्लिकेसन बनाइएको पनि प्राविधिकले बताएका छन् ।

यसरी नागरिकले पठाएको भिडियो, अडियो र फोटो पहिला गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयको कम्प्युटरमा पुग्छ । मन्त्रालयले हो होइन निश्चित गरेर घट्नाको प्रकृति हेरी डिभिजन वन कार्यलाल, प्रहरीलाई पठाउने गरी सुराकी एप्लिकेसन सञ्चालन गरिने गरी तयार गरिएको छ । यसरी प्रदेश भरी वन्यजन्तु चोरी सिकार, अवैध व्यापार भएका घटना नागरिकले वर्षभरि कति पठाए भन्ने तथ्याङ्क प्रदेश वन तथा वातावरण मन्त्रालयमा सुरक्षित रहन्छ ।
वन्यजन्तु चोरी सिकार तथा अवैध व्यापार नियन्त्रणमा यस एप्लिकेसन महत्वपूर्ण योगदान पुग्ने गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए । वन्यजन्तु चोरीसिकार तथा अवैध व्यापार नियन्त्रणकै लागि बनाइएको यो एप्लिकेसन पहिलो भएको बताइएको छ । नेपालमा तीन दर्शदेखि लाटोकोसेरो संरक्षणमा क्रियाशील नेपालको लाटोकोसेरो संरक्षण परियोजनालाई सन् २०२४ मा ह्विट्ली फन्ड फर नेचरले ५० हजार पाउन्डको अवार्डबाट पुरस्कृत गरेको थियो ।

प्रकृतिका साथीहरू संस्थाका निर्देशक संरक्षणकर्मी राजु आचार्यलाई बेलायतकी राजकुमारीले लन्डनमा उक्त अवार्डबाट पुरस्कृत गरेकी थिइन् । तीन दर्शक देखि वन्यजन्तु, लाटोकोसेरो संरक्षण गर्दै आएको प्रकृतिका साथीहरू नामक संस्थाले सोही पुरस्कार रकमबाट एक वर्ष देखि सुराकी एप्लिकेसनको साथै लाटोकोसेरो संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको छ ।
लाटोकोसेरो संरक्षणमा वर्षभर कार्यक्रम
ह्ट्लिीको लाटोकोसेरो संरक्षण परियोजना अन्तर्गत प्रकृतिका साथीहरू संस्थाले लाटोकोसेरो संरक्षणकाागि विभिन्न जिल्लाका समुदाय, विभिन्न जिल्लाका विद्यार्थी र सर्वसाधारणलाई संरक्षण तालिम, उद्धार तालिम दिएको प्रकृतिका साथीहरूका निर्देशक आचार्य बताउँछन् । परियोजना अन्तर्गत लाटोकोसेरो संरक्षणकालागि १ सय कृत्रिम गुँड राखिएको छ ।

यसरी राखिएको ४९ वटा गुँडमा विभिन्न प्रजातिका चरा बसेको र ९ वटामा लाटोकोसेरोका विभिन्न प्रजातिले गुँड बनाएको आचार्यले बताए । परियोजना अन्तर्गत १०५ वटा चराका आश्रय स्थान रहेका ५ सय वटा बुढा रुख संरक्षण, ती मध्ये १६ वटामा लाटोकोसेरो बसेको पनि बताइएको छ ।
समुदाय, स्थानीय डिभिजन वन कार्यालय, महानगरपालिका र वडा कार्यालय समेतको समन्वयमा ३ वटा लाटोकोसेरो संरक्षण क्षेत्र, ५ वटा गुलेली प्रतिबन्धित क्षेत्र, दुई वटा लाटोकोसेरो क्लब गठन लगायतका लाटोकोसेरो संरक्षण कार्यक्रम भएको पनि आचार्यले बताए ।



पोखरा : जेन जी आन्दोलनको दोस्रो दिन देशभर तोडफोड, लुटपाट र आगजनी भए । प्रदर्शनकारीले राजधानी काठमाडौं सहरका प्राय…
हिन्दूकुह हिमालय संसदीय बैठक सोमबार देखि काठमाडौंमा सुरु भएको छ । ‘हिन्दूकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा,…
पोखरा : पर्यटकीय राजधानी पोखरामा शुक्रबार देखि रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले आरयु फेष्ट सुरु…
पोखरा २८ काफलघारीका किसान मकै खेती गर्दा बाँदरको आतंकले निकै हैरान भएका थिए। मकै बचाउन हेरालो राख्नुपर्थ्यो, तर बाँदरले…
कृषि प्रधान देश नेपालले २०५० सालसम्म धान तथा चामल निर्यात गर्ने गथ्यो । नेपालमा समय अनुसार वैज्ञानिक खेती प्रणाली…