
तालैतालको सहर पोखराका तालतलैया, नदी, खोला र सिमसार क्षेत्रहरू पछिल्लो समय प्लास्टिकजन्य फोहोरका कारण प्रदूषणको चपेटामा पर्दै गएका छन्। विशेषगरी फेवातालमा मिसिने फिर्के र बुलौदी खोलामा जथाभावी फ्याँकिने प्लाष्टिकजन्य फोहार वर्षायामको भेलसँगै तालमा पुग्दा फेवातालको सौन्दर्य र पारिस्थितिकीय प्रणालीमा गम्भीर असर पर्न थालेको छ।
प्लाष्टिकजन्य फोहार मात्र नभएर सिसाका बोतल, क्यान लगायतका एकपटक प्रयोग गरी फ्याँकिने (सिङ्गल युज) फोहोरले खेतबारीदेखि सिमसार क्षेत्रसम्म प्रदूषित बनाएको छ। यही चुनौतीलाई अवसरमा बदल्दै फोहोरबाट आम्दानी र हरित रोजगारका बाटाहरू देखाउने उद्देश्यले बुधबारदेखि पोखरामा ‘आरयू फेस्ट २०२६’ सुरु हुँदै छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार फेस्टले रिसाइकलर, अपसाइकलर, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आम नागरिकबीच सम्बन्ध र सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ। “रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्मको पहुँच र बिक्रीको अवसर उपलब्ध गराउनुका साथै दिगो फोहोर व्यवस्थापनका उपायहरूबारे जानकारी दिनु कार्यक्रमको मुख्य उद्देश्य हो,” प्रमुख आचार्यले भने। महोत्सवमा चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी) र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा समेत जनचेतना अभिवृद्धि गरिनेछ।

फोहोरबाट आम्दानी र हरित रोजगार सिर्जना गर्ने उद्देश्यले आयोजित ‘आरयू फेस्ट’ मा पुनः प्रयोग गरिएका फोहोर वस्तुबाट निर्माण गरिएको ‘प्रकृतिको कुचिकार’ जटायु (गिद्ध) को आकृति अवलोकन गर्दै युवा।
‘रिथिंक २०२६स् फ्रम वेस्ट टु वर्थ’ फोहोरबाट मूल्य सिर्जना भन्ने मूल नाराका साथ मंसिर २ र ३ गते दुई दिनसम्म चल्ने यो महोत्सव पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा आयोजना हुन लागेको हो। ‘रिसाइकल तथा अपसाइकलमार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत यो फेस्ट गर्न लागिएको हो। पोखरा इभेन्ट सेन्टरमा सञ्चालन हुने फेस्टमा आरयू उद्यमीहरूले फोहोरलाई पुनः प्रशोधन गरी तयार पारेका सामग्री तथा नवीन अभ्यासहरूको विशेष प्रदर्शनी गरिने आयोजकले जनाएको छ।



पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
जैविक विविधता तथा पशु-पंछीमैत्री तिहार पर्व आज काग पूजा गरेर सुरु भएको छ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…