राजनीति

काठमाण्डौं महानगरको मेयरमा बालेन साह निर्वाचित

काठमाण्डौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मात ल्याउँदै काठमाण्डौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याँदा निकटम प्रतिद्धन्द्धी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । पुरा पढौ

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित

पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका आचार्य ५८८९३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए । मेयरमा तेस्रो भएका राप्रपाका शंकर खरालले ५६७४ मत पाएका छन् भने चौथो भएका स्वतन्त्र उम्मेदवार खड्गराज पौडेल (गनेस)ले ३०३० मत पाएका छन् । उपमेयरमा भने एमालेको मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै मञ्जु विजयी भएकी हुन् । मञ्जुले ६० हजार ५४६ मत ल्याउँदा… पुरा पढौ

कोरोनाको कारण हिमाली देशहरुमा आर्थिक समस्या –प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण विश्वका हिमाली देशहरुमा आर्थिक समस्या परेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित दीगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्भर्दमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय स्तरबाट सहयोग भएमात्र सकिने बताए । प्रधानमन्त्री देउवाले विश्वमा मानव समुदायको भविश्य सुरक्षित गर्नकालागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेको बताए । यसकालागि तत्काल कदम चाल्न पनि उनले सुझाएका छन् । अन्तर्राष्ट्रिय वर्षको अवसरमा मुस्ताङमा माउण्टेन एड्भोकेसी समिट गर्न लागिएको पनि… पुरा पढौ

कांग्रेस सभापतिमा देउवा निर्वाचित : हारेर पनि शेखरकाे उदय

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालकालागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत आवश्यक थियो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्धन्द्धी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ । यस अघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदरवारमध्ये सबभन्दा… पुरा पढौ

एमाले महाअधिवेशन उद्घाटनमा चितवनमा कति मान्छे सहभागि भए ?

नेकपा एमालेले चितवनमा दसौं महाअधिवेशन भव्य उद्घाटन गरेको छ । महाअधिवेशनमा गैडाको लोगो, गैडाको मस्कट बनाएको कारण चर्चा कमाएको एमालेले महाअधिवेशनमा सहभागीको कारण पनि चर्चा सुरु भएको छ । यति बेला नारायणी किनारका एमालेको महाअधिवेशन उद्घाटन कार्यक्रममा कति सहभागि भए होला भन्ने अड्कलबाजी सुरु भएको छ । चितवनमा ठूलो राजनीतिक दलले केन्द्रीय महाअधिवेशन गरेको पहिलो पटक हो । मञ्च व्यवस्थापनदेखि गैंडाको मस्कट, ठूलाठूला डिस्प्ले राखेर एमालले महावेशनलाई भव्य बनाएको थियो । उपस्थितिका हिसाबले चितवनको इतिहासमै एमाले महाअधिवेशन अहिलेसम्मकै धेरै मान्छे… पुरा पढौ

गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा : साक्षरता प्रतिशतमा नवलपुर अगाडी

गण्डकी प्रदेश साक्षर प्रदेश घोषण भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एक कार्यक्रममा बिच गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषण गरेका हुन् । गण्डकी प्रदेशका ११ जिल्लामा नवलपुरर जिल्ला सबैभन्दा धेरै साक्षरता प्रतिशत ९८।०० प्रतिशत रहेको छ । नवलपुरमा २०७२ असार ३१ गते साक्षर जिल्ला घोषण गरिएको थियो । त्यसपछि गोर्खा जिल्ला ९७।२० साक्षरता प्रतिशत रहेको छ । यस जिल्लालाई २०७४ भदौं ९ गते साक्षर जिल्ला घोषण गरिएको थियो । यसै गरि मुस्ताङमा ९६।३५ प्रतिशत, स्याङ्जा ९६।१६ प्रतिशत, तनहुँ ९६।४०… पुरा पढौ

तीन महिनामा मन्त्रिपरिषदले पायो पूर्णता : अब २५ सदस्य मन्त्रिमण्डल

झन्डै तीन महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते गठबन्धनबाट प्रधानमन्त्री भएका थिए । मन्त्री परिषद विस्तारमा प्रधानमन्त्री देउवाले कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन् । करिब तीन महिना प्रधानमन्त्री देउवाले कांग्रेबाट तीन मन्त्री र एक राज्यमन्त्री भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए । अरु मन्त्रालय आफैंसँग राखेका थिए । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्री परिषद विस्तार भएको हो ।… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री र अर्थमन्त्री : प्रदेशलाई बजेट थपिदिने प्रतिबद्धता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरे । यसका लागि मुख्यमन्त्री पोखरेलले दुवैजनालाई लिखित रुपमै पत्र बुझाएका छन् । उनले भनेका छन्, ‘संघीय शासन व्यवस्थासँगै संघबाट प्रदेशमा स्वतः अधिकाहरु हस्तान्तरण भएका छन् । ती अधिकार कार्यान्वयन र नागरिकका जनअपेक्षा पूरा गर्न त्यसै अनुसारको बजेट व्यवस्थापन आवश्यक छ ।’प्रदेश… पुरा पढौ

मुख्यमन्त्री पोखरेल– राष्ट्र संघ नेपाल प्रमुख सारा बेसोलो भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संंयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतबार पोखरामा औपचारिक भेटघाट भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन् । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्र संघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गराए । सुरक्षा परिषददेखि विभिन्न समितिहरुमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै… पुरा पढौ

जनकुपुर देखि मुक्तिनाथ धार्मिक पर्यटकटीय सर्किट

पोखरा ः कोरोना सङ्क्रमणका कारण करिब दुई वर्ष देखि थला परेको पर्यटन उद्योगलाई उठाउन प्रदेश प्रदेश बिच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेश र प्रदेश—२ बिच आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बिहीबार पोखरामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै प्रदेशका मुख्यमन्त्रीहरुले पर्यटन विकासकालागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणले थला परेको पर्यटन उद्योगलाई प्रदेश प्रदेश बिच सहकार्य गरेर आन्तरिक पर्यटन प्रवर्द्धन गरी उठाउनु पर्नेमा जोड दिए । पर्यटन विकासकालागि सङ्घीय सरकारले सबै प्रदेशलाई समान… पुरा पढौ