राजनीति

गण्डकी सरकारको नीति : वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगा, गिट्टि, उत्खनन गर्ने

गण्डकी प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरि ढुंगाा, गिट्टि र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ । यसै गरी प्रदेशमा रहेका जैविक विविधता र उच्च हिमालमा रहेका परिस्थितिकिय भूदृश्यमा वातावरणीय अध्ययन बिना गरिने भौतिक विकास निर्माणको कार्यलाई निरुत्साहित गरिने गण्डकी प्रदेश सरकारको नीति कार्यक्रममा उल्लेख छ । आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले यस्तो कार्यक्रम रहेको सुनाएकी छन् । यसै गरी नेपाल सरकार र पोखरा महानगरपालिका… पुरा पढौ

कृष्णचन्द्र नेपाली पाेखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार ७१ वर्षीय पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । प्रदेश प्रमुख पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी ३१ जना नै सशरीर प्रदेश प्रमुख कहाँ पुगेका थिए।  मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । प्रदेश… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री विश्वासकाे मत लिन असफल, प्रदेशसभा बैठकमा जे देखियाे (फाेटाे फिचर)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिन प्रदेशसभा बैठक बसेको थियो । वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानको पालना गर्न मत लिन मङ्गलवार प्रदेशसभामा पत्र दिएका थिए । यसै अनुसार बसेका प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन भने असफल भए । प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले घोषण गरे । गण्डकी प्रदेशसभामा विश्वासमा मत माग्दै मुख्यमन्त्री… पुरा पढौ

चुरे क्षेत्र ‘मरुभूमि’ बनाउन दिदैनाै : नेता गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले व्यापार घाटा न्यूनीकरणकाे नाममा सरकारकाे चुरे क्षेत्र मरुभूमिकरण गर्न खाेजेकाे बताएका छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले व्यापार घाटा कम गर्ने भन्दै नदीजन्य पदार्थ निकासी गरी चुरे क्षेत्र मरुभूमिरण गर्न खाेज्ने प्रयत्न गरेकाे नेता थापाले बताएका हुन् । नेता थापाले बुधबार ट्वीट गर्दै र फेसबुकमा लेखेर सरकारले ल्याएको जनविरोधी कार्यक्रमलाई सफल हुन नदिने बताएका छन्। सरकारको यो कदमले वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको… पुरा पढौ

विवेकशील अभियान तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक नेता थापाको निधन

विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील साझा पार्टीका पूर्व संयोजक नेता थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताएका छन् । थापालाई नेपालको वैकल्पिक राजनीतिका अगुवा मानिन्छ।   विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् । कोरोना संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आए पनि… पुरा पढौ

प्रतिनिधिसभा पुन विघटन : नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी मंसिर १३ र २६ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय  गरेको छ। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग भएको हाे । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ । यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन… पुरा पढौ

कोरोना सङ्क्रमितलाई विवेकशील साझाले उपलब्ध गरायो तातो भात

पोखरा :   कोरोना सङ्क्रमित र कुरुवालाई विवेकशील साझाले गत तीन दिनदेखि तातो भात उपलब्ध गराउँदै आएको छ। कोरोना सङ्क्रमण दर बढेपछि प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिरहेका कोरोना सङ्क्रमित र कुरुवाका लागि यो अभियान सुरु गरिएको विवेकशील साझा पार्टीका गण्डकी प्रदेश सदस्य तथा अभियानका विभाग प्रमुख अशोक खड्काले बताए। लकडाउनका कारण यातायात सेवा बन्द छ । अस्पताल वरपरका होटेल रेस्टुरेन्ट पनि बन्द छन्। विभिन्न जिल्लाबाट स्वास्थ्य उपचार गर्न आएका बिरामी र कुरुवालाई खानाको समस्या परेको जानकारी आएपछि कोरोना… पुरा पढौ

केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादीलगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको… पुरा पढौ

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त, लिए शपथ

पाेखरा : गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त भएर शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीतादेवी पौडेलले बुधबार साँझ पद तथा गोपनीयताको शपथ गराइन् । गत २६ वैशाखमा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् । यसअघि प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै नेपाली कांग्रेस स‌सदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर आवश्यक बहुमत ३१ सदस्यकाे समर्थन नपुगेकाे… पुरा पढौ

प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं ।  विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।  सोमबार प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै ओली नेतृत्वमा रहेको सरकार ढलेको हो। प्रधानमन्त्री ओलीले आज बसेको प्रतिनिधि सभाको बैठकमा आफूलाई प्रतिनिधि सभाका सदस्यहरुको विश्वास रहेको छ भन्ने प्रस्ताव राखेका थिए। प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ र १५ जना तटस्थ रहे । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्… पुरा पढौ