
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार ७१ वर्षीय पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए ।
प्रदेश प्रमुख पौडेलको आह्वान अनुसार हिजो नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। उनी ३१ जना नै सशरीर प्रदेश प्रमुख कहाँ पुगेका थिए। मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत सम्बन्धी राखेको प्रस्ताव अस्वीकृत भएको थियो। ६० प्रदेश सभाका २७ सांसदले उनलाई मत दिएका थिए भने ३० जना विपक्षमा उभिएका थिए । १ जना तटस्थ रहेका थिए । १ जना उपस्थित थिएनन् ।
तनहुँको तनहुँसुरमा जन्मेर नवलपरासीलाई राजनीतिक आधारभूमि बनाएका नवनियुक्त मुख्यमन्त्री पाेखरेल मानविकी र कानूनमा स्नातक हुन् । २०४६ सालको जनआन्दोलनमा नवलपुर क्षेत्रको नेतृत्व गरेका उनी २०६२/६३ मा नवलपरासी कमान्डर थिए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…