
रामसार क्षेत्रमा सूचीकृत पोखराको फेवाताल प्राकृतिक र मानवीय व्यवहारका कारण साँगुरिँदै गएको छ। वर्षा याममा ठुलो परिमाणमा गेग्र्यान, कमेरो र माटो थ्रुप्रिंदै जाँदा ताल सङ्कटमा पर्दै गएको छ । जलाधार क्षेत्रमा जाने पहिरो खहरे खोला हुँदै तालको मुख्य स्रोत हर्पन खोलामा मिसिएर तालमा थुप्रिन्छ। तालको गहिराइ पनि तीव्र रूपमा कम हुँदै गएको छ।
फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ। समय श्रृखला विश्लेषणबाट यो अवस्था देखिएको हो। नापी विभागको अभिलेख अनुसार सन् १९५७ को नापी अनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवातालको पछिल्लो नापीमा फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर (११२५५ रोपनी ११ आना १ पैसा ) कायम गरिएको छ ।
तत्कालीन जिल्ला विकास समितिका सभापति पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गण्डकी प्रदेश सरकारले फेवातालको सिमाङ्कन प्रतिवेदन तयार पार्न समिति गठन गरेको थियो । समितिले पछिल्लो प्रतिवेदन तयार गरेको हो ।
यस वर्ष जेठको अन्तिम साता देखि नै पोखरामा ठुलो पानी पर्यो । आइतबार २४ घण्टामा पोखरामा २०५.८ मिलिमिटर पानी परेको थियो । अविरल वर्षापछि ताल बढेर चंखपुर सम्म फैलिएको थियो । पानीको सतह बढेसँगै लकडाउनमा सिमसार क्षेत्र पुरेर घडेरी बनाउन थुपारेको माटो पनि पग्लिएर तालमा आइपुगेको चंखपुरका स्थानीय शंकर अर्यालले सुनाए । यसरी नै ताल पुरिँदै जाने हो भने २०-२५ वर्षमै ताल पोखरीमा परिणत हुने उनी बताउँछन् । ठुलो वर्षा पछि तालको सतह बढेर तालले पुरानो आफ्नो ठाउँ लिएको फेवा मत्स्य सहकारीका अध्यक्ष इन्द्र जलारी बताउँछन् ।
पानीको सतह बढेपछि तालको मुहानका सिमसार क्षेत्रका घोलमा रहेका जलकुम्भी झार तालमा फैलिएको छ । जलकुम्भी झारले जलारी समुदायका माछाका केज ढाकेको छ । हिलोले पनि केज पुरिदा लाखौँ नोक्सान भएको सहकारीका अध्ययक्ष इन्द्र जलारी बताउँछन् । ताल पुरिनबाट जोगाउन तालको सिरानमा रहेका हर्पन खोला, अँधेरी खोला, लौरुक खोला र बेतयनी खोलाबाट आउने माटो र ढुङ्गा रोक्न ड्याम र सिल्टेसनपोखरी गत वर्ष पोखरा महानगरपालिका र गण्डकी सरकारले बनाएको छ । कमेरो र हिलो माटो भने निरन्तर तालमा मिसिएकै छ ।
ताल पुरिएर तालको मध्य भागमै जमिन पल्टेको छ । त्यही जमिनमा स्थानीय किसानले गत वर्ष देखि धान रोप्दै आएका छन् । यस वर्ष पनि ताल भित्रकै जमिनमा किसानले धान रोपे । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले ताल पुरिएर बनेको जमिनमा धान रोप्नु मूर्खता भएको र त्यसक्षेत्रकाे माटो झिकेर पुरानै अवस्थामा कायम गर्ने बताएका छन् l तर व्यवहारमा भने त्यो देखिएको छैन ।
तस्बिरहरू (कृष्णमणि बराल )











हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…