
गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सोमबार जिल्लाको नासों गाउँपालिका २ ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गरेका छन् । स्थानीय पीडितसँगको अन्तक्र्रियाका क्रममा मुख्यमन्त्री पोखरेलले बर्खाको सुरुमै भएको क्षतिबाट आफू दुखी भएको भन्दै बाढीले पूर्ण क्षति पु¥याएका घर निर्माणका लागि प्रति घर २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । मनाङमा यो बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण संकलन भएको छ । खासगरी नासों गाउँपालिकाको वडा नम्बर १ मा ७० घरमा क्षति पुगेको छ । धारापानीमा पनि १२ घरमा क्षति पुगेको पालिका अध्यक्ष चन्द्र घलेले बताए ।
अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले बाढी र पहिरो प्रभावितहरुको पहिचान गरी तत्काल र दीर्घकालीनरुपमा समस्या समाधानका लागिसरकार कटिवद्ध भएको बताए । वडा नम्बर १ को अधिकांश बस्ती बगरको रुपमा परिणत भएकोले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता जनाए । अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् ।

मुख्यमन्त्री पोखरेलले बेसिसहर चामे सडक खुलाउन संघ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको बताए । त्योभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ । मुख्यमन्त्री पोखरेलले बाढी र पहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर संघ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाए । संघ सरकारले मनाङलाई विपद संकटग्रस्त घोषणा गरिसकेको छ । जिल्लामा विभिन्न बस्तीको पुनर्निमाणका लागि आफूले केन्द्रसँग समन्वय गरिहरहेको उनको भनाइ थियो । मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिसकेको छ । जसका कारण सेवाग्राहीले सहजै सेवा लिन पाएका छन् ।
नासो गाउँपालिका धारापानी, मनाङमा गत असार १ गते परेको अविरल बर्षादले मस्र्याङदी नदी र दुधखोलामा आएको बाढीका कारण गाँउका ९ वटै वडाहरु प्रभावित भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । बाढीले स्थानीयको घरबास नै डुबाउनुका साथै खेतीयोग्य जमिन समेत बगाएको छ । मुल सडक र झोलुंगे पुल बगाएको छ । गोरेटो बाटो समेत हिँड्न सकिने अवस्थामा छैन । सञ्चार र बिजुलीसमेत नहुँदा आफूहरुमा मर्कामा परेको स्थानीयले दुखेसो गरेका छन् । सोमबार मुख्यमन्त्री र अर्थमन्त्रीसँगै कांग्रेस सांसद चिन्तबहादुर घले, माओवादी केन्द्रका नेता कपिल लामा सहभागी थिए ।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…