
अन्टार्टिका महादेशमा एउटा पेन्गुइन ३ हजार किलोमिटर हिँडेको नयाँ रेकर्ड बनेको पाइएको छ । दुर्लभ पेन्गुइन यस अघि यति धेरै हिँडेको जानकारीमा थिएन । आप्नो बासस्थानबाट पेन्गुइन ३ हजार किलोमिटर हिँडेर न्युजिल्याण्डको कोस्टमा पुगेको पाइएको हो ।
सो पेन्गुइनले एक्लै १ हजार ८ सय ६४ माइलको लामो दूरीको यात्रा गरेको बीबीसीले स्थानीयको भनाई उदृत गर्दै समाचार लेखेकाे छ । पेन्गुइनले समुन्द्रको छेउछाउमा गुँड लगाउने गर्छ ।
एडेल्ली जातको पेन्गुइनको वासस्थान अन्टार्टिकाको प्रायद्धिप क्षेत्र रहेको बताइएको छ । यो जातको पेन्गुइन ११३ किलोमिटर हिँड्न सक्ने विज्ञले बताउँदै आएका थिए । जलवायु परिवर्तनका कारण यस जातको पेन्गुइनको संख्या घट्दाे क्रममा रहेको वैज्ञानिकले बताएका छन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…