
पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी, जलवायु बित्त र न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने भएको छ । परराराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्ततसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरुको ३१ औं सम्मेलन कोप-३१० मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराराष्ट्रमन्त्री खनाल शनिबार टर्कीए प्रस्थान गरेका छन् । टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम छ ।
जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालकालागि मात्र नभई विश्वव्यापी चुनौती बनेको पनि मन्त्री खनालले बताएका छन् । हिमाली पारिस्थितिक स्थिरता पानी खाद्य सुरक्षा, ऊर्जा र अर्थतन्त्रसँग जोडिएको भन्दै उनले हिमालको संरक्षण राष्ट्रिय हितसँगै साझा अन्तर्राराष्ट्रिय जिम्मेवारी भएको पनि बताए । अगस्ट २६ मा भोटेकोशी करिडोरमा आएको विनाशकारी बाढीपछि लगतै नेपालका तीन नदी करिडोरमा बाढीपहिरोका ठूला घटना भएको छ । बाढीले जनधन, पूर्वाधार, जीविकोपार्जन र अर्थतन्त्रमा गम्भीर क्षति पु¥याएको छ । यसैले पनि यो मुद्दा थप पेचिलो बनेको छ । नेपालका अन्य हिमाल हुँदै बग्ने नदी पनि उति नै जोखिममा छन् ।
अगस्टको विपदबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनस्र्थापनाकालागि मात्रै प्रारम्भिक आकलनमा करिब ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने देखिएको नेपाल सरकारका अधिकारीले बताएका छन् । यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशत बराबर हुने पनि मन्त्री खनालले बताएका छन् । विपद्ले परिवारको जीवन, समुदायको पुनर्निर्माण र वषौंको विकास उपलब्धिसमेत जोखिममा परेको छ । पेरिस सम्झौताले तय गरेको विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सिमित गर्ने लक्ष्य हिमाली मुलुककालागि विशेष महत्त्वपूर्ण रहेको छ । तापक्रम अस्थायी रूपमा पनि उक्त सीमाभन्दा माथि पुग्दा हिमनदी पग्लने क्रम तीव्र हुने र संवेदनशील पारिस्थितिक प्रणालीमा अपूरणीय क्षति पुग्ने जोखिम रहेको छ ।



पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…