विविध

पोखराका आकाश पराजुलीले पाए अमेरिकामा ४ करोड बढीको छात्रवृत्ति

पोखरा:  पोखराको ग्यारजाती घर भई अमेरिकाको साउथ क्यारोलीना बस्दै आएका आकाश पराजुलीले अमेरिकाको  प्रतिष्ठित वार्फड कलेजमा स्नातक तहमा वायोलोजी अध्ययनकालागि ४ करोड भन्दा बढीको पुर्ण छात्रवृत्ति पाएका छन् । १७ वर्षीय पराजुलीले चार वर्षे स्नातक कार्यक्रमकालागि वार्षीक ७६ हजार ३ सय १ डलरका दरले चार वर्षको ३ लाख ५ हजार २ सय ४ डलर ( ४ करोड ५ लाख ९२ हजार नेपाली रुपैयाँ बराबरको) छात्रवृत्ति पाएका हुन् । साथै पराजुलीले पढाइपछिको फुर्सदको समयमा काम गर्ने संस्थाबाट अध्ययनकालागि वार्षिक २५ सय… पुरा पढौ

तपाईंको तिर रक्सी पिउँदा सुरुमा ‘चियर्स’ र सक्नुपरे ‘घ्याम्पे’ भन्छन् कि भन्दैनन् कुन्नि

आज भन्दा ठिक २२ वर्ष अघि कास्की जिल्लाको पर्क्यु भन्ने सानो गाउँमा जाने मौका मिल्यो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा काम गर्दा वार्षिक रूपमा सबै कर्मचारी एकै पटक सबै गाउँमा पुग्ने गर्थ्यौँ। तर त्यो गाउँमा हामी पहिलो पटक पुगेका थियौँ l अघिल्लो वर्ष पोसी भन्ने ठाउँबाट गाउँलेले लखेटे पछि १ वर्षसम्म त्यो क्षेत्रमा जान हम्मे हम्मे पर्‍यो। हामीसँग काम गर्ने जेटिए बाको प्रयास पछि त्यो ठाउँमा हाम्रो स्वागत हुँदै थियो। हिउँदको बेला थियो l बेलुका घिउ लगाएर स्टिलको गिलासमा कोदोको रक्सी… पुरा पढौ

शुभकामना सन्देशहरू

शुभकामना सन्देशहरू गण्डकी प्रदेश विशेष गरी पोखरालाई कार्य क्षेत्र बनाई पत्रकारिता क्षेत्रमा लाग्नु भएका प्रकृति प्रेमी साथीहरुले इ-नेचर न्युज अनलाइन पत्रिका सञ्चालन गर्न लाग्नु भएको खबरले मलाई अत्यन्त  खुसी तुल्याएको छ । मलाई आशा एवं विश्वास छ , यो पत्रिकाले गण्डकी प्रदेशको मात्र नभएर समग्र नेपाल र अन्तर्राष्ट्रिय स्तरका वन र वातावरण, वन्यजन्तु र वनस्पति, जैविक विविधता र पारिस्थिकीय प्रणाली, वातावरण र जलवायु परिवर्तनका मुद्दा तथा ताल तलैया मात्र होइन तराई, भित्रीमधेश, पहाड र हिमालका कुना कन्तारामा लुकेर रहेका प्रकृतिका ज्ञानलाई… पुरा पढौ

विश्व कीर्तिमानी केटु हिमाल आरोहीलाई नागरिक अभिनन्दन गरिदै

पोखरा : हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हिउँदमा कोही पनि पुग्न नसकेको विश्वको दोस्रो उच्च शिखर केटुको सफल आरोहण गरेका दश नेपाली पर्वतारोहीलाई नागरिकसम्मान गर्न लागिएको हो । हिउँदमा केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान राखेका युवालाई पोखरामा नगरिक अभिनन्दन गरिने विषयमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई । विश्वकै सर्वोच्च सगरमाथा हिमाल पछि विश्वको दोस्रो… पुरा पढौ