
पोखरा: पोखराको ग्यारजाती घर भई अमेरिकाको साउथ क्यारोलीना बस्दै आएका आकाश पराजुलीले अमेरिकाको प्रतिष्ठित वार्फड कलेजमा स्नातक तहमा वायोलोजी अध्ययनकालागि ४ करोड भन्दा बढीको पुर्ण छात्रवृत्ति पाएका छन् ।
१७ वर्षीय पराजुलीले चार वर्षे स्नातक कार्यक्रमकालागि वार्षीक ७६ हजार ३ सय १ डलरका दरले चार वर्षको ३ लाख ५ हजार २ सय ४ डलर ( ४ करोड ५ लाख ९२ हजार नेपाली रुपैयाँ बराबरको) छात्रवृत्ति पाएका हुन् ।
साथै पराजुलीले पढाइपछिको फुर्सदको समयमा काम गर्ने संस्थाबाट अध्ययनकालागि वार्षिक २५ सय डलर बराबरको छुट्टै छात्रवृत्ति पनि पाएका छन् । उनको अध्ययन प्रतिको लगाव देखेर उनि कार्यरत संस्थाले पनि छात्रवृत्ति उपलब्ध गराएको आकाश बुवा वासुदेव पराजुलीले बताए।
हाइस्कुलमा म्यागनेट प्रोग्राम अन्तर्गत विज्ञान र गणित विषय लिएर अध्ययन गरेका पराजुलीले पूर्ण छात्रवृत्ति पाएका हुन् । चार वर्षे प्रिमेडको अध्ययन पुरा गरेपछि पराजुलीको लक्ष्य न्यूरो साइन्स अध्ययन गर्ने रहेको छ । पराजुली खेलकुदमा पनि उस्तै अब्बल छन् । पाँच वर्ष देखि सकर खेल्दै आएका उनि अध्ययनरत हाइस्कुलका सिनिसय टिमका खेलाडी हुन् ।
खेलकुल, अध्ययनमा अब्बल पराजुली सामाजिक क्षेत्रमा पनि काम गर्दै आएका छन् । भोलीको नेपाल नामक ग्रैर नाफा मुलक संस्था मार्फत नेपालका ग्रामिण क्षेत्रका विद्यालयका विद्यार्थीलाई सहयोग र सम्पर्क गर्दै आएका छन् । अमेरिकाको बिभिन्न राज्यमा रहेका उनको पुस्ताका दश जना बालबालिका यस संस्थामा आवद्ध रहेर भोलीको नेपाल नामक संस्था मार्फत सामाजिक सेवामा लागेका छन् ।

अमेरिकाको बिभिन्न स्टेटमा बस्ने बालबालिकाहरुले आफुले खर्च कटाएर बचाएको केही रकम र सन् २०२१ मा गो फन्ड मार्फत केही रकम संकलन गरेर खजुरा गाउँपालिकाको तिर्खा आधारभुत विद्यालयका ्एक सय जना विद्यार्थीलाई विद्यालयको पोशाक, स्टेसनरीको सामान, ज्याकेट प्रदान गरेका थिए । नेपाल संग सधै जोडिएर गाउँका दाजुभाइ, दिदीबहीनीहरुको सेवामा निरन्तर लागिरहने उनले सुनाए । यसकालागि अमेरिकामा रहेका साथीहरु एक भएर अघि बढ्ने पनि उनले बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…