
विश्वमै चर्चित अन्नपूर्ण पदयात्रा मार्गको तिलिचो पदयात्रा मार्गमा ढाकिएको हिउँ सफा गरिएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल सम्म जाने पदयात्रा मार्गको हिउँ सफा गरिएपछि पदयात्रा मार्ग खुला भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अधिकारीले बताएका छन् । हिउँ सफा गरिए पनि केही पदयात्रा मार्ग अझै हिउँले ढाकिएकोले सतर्क भएर पदयात्रा गर्न एक्यापले सुझाएको छ ।
हिउँले ढाकिएको पदयात्रा मार्गमा पदयात्रा गर्दा सन्तुलन, र स्थिरताका लागि स्पाइक्स, माइक्रोस्पाइक्स र ट्रेकिङ पोल लिएर जान सुझाइएको छ । पदयात्रुहरुलाई हिउँको चिप्लो पदयात्रा मार्गमा सावधानीपूर्वक पदयात्रा गर्न र बदलिँदो मौसमको बारेमा बुझेर मात्र पदयात्रा गर्न सचेत गराइएको छ । हिमाल पारीकाको जिल्ला मनाङ जिल्लामा पर्ने तिलिचो ताल समुन्द्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा पर्दछ । तिलिचो तालको लम्बाई ४ किलोमिटर र चौडाइ १. २ किलोमिटर पर्दछ ।

अन्नपूर्ण हिमालयको काखमा रहेका तिलिचो ताल तिलिचो हिमाल, अन्नपूर्ण लगायतका हिमालले घेरिएको छ । हिन्दु र बौद्ध धर्मालम्बीकालागि पवित्र स्थल मानिएको यस तालको सुन्दरताले विश्वका पर्यटकलाई आकर्षण गर्दछ । अन्नपूर्ण पदयात्रामा आउने पर्यटकहरूले तिलिचो ताल र थोरङ्ला पास यात्रा गर्ने गर्दछन् । थोरङ्ला पास गरेर मनाङ भएर पर्यटक मुस्ताङ मुक्तिनाथ पुग्ने गर्दछन् । थोरङलो पास समुन्द्र सतह देखि ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको छ । बेसीसहर, चामे, उपल्लो मनाङ, थोरङला फेदी, थोरङला पास गरेर पर्यटकहरू मुक्तिनाथ पुगेपछि मार्फा हुँदै पोखरा पुग्ने गर्दछन् ।

तस्बिरहरु : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)



पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…