
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको घुन्सामा डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङ लगायत सवार हेलिकप्टर दुर्घटनामा परेको थियो।
तमु समाज बेल्जियम र सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमको संयुक्त आयोजनामा भएको कार्यक्रममा घुन्सा दुर्घटनामा निधन भएका २४ जना नेपाली तथा विदेशी विशिष्ट व्यक्तित्वप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, सन् २०२६ जुलाई ३० मा पाकिस्तानमा हिमपहिरोमा परी निधन भएका आरोही तथा अगस्ट २६ मा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नेपालीहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको आयोजकले जनाएको छ।

तमु समाज बेल्जियमका अध्यक्ष रामप्रसाद घले र सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमका अध्यक्ष बिना गुरुङको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल प्रमुख अतिथि तथा आदिवासी जनजाति महासंघ बेल्जियमकी अध्यक्ष प्रबिना गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा बेल्जियमस्थित नेपाली समुदायको उपस्थिति थियो।
स्मृति दिवसको सुरुवात दीप प्रज्ज्वलन, राष्ट्रिय गान र एक मिनेट मौनधारणबाट गरिएको थियो। सहभागीहरूले दिवंगत व्यक्तित्वहरूको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। डा. हर्कबहादुर र डा. चन्द्रप्रसाद गुरुङको जीवनी तथा योगदानबारे तमु समाज बेल्जियमका पूर्वअध्यक्ष बालेन्द्र गुरुङले भिडियोमार्फत जानकारी गराएका थिए।

कार्यक्रममा डा. हर्कबहादुर गुरुङको योगदानबारे कविता वाचन गरिएको थियो। डा. चन्द्रप्रसाद गुरुङद्वारा लिखित ‘अन्नपूर्णको स्याहार’ पुस्तक प्रमुख अतिथि राजदूत सेवा लम्सालले विमोचन गरेकी थिइन्। सिक्लेस–पार्चे कल्याण कोषका पूर्वअध्यक्ष चोकराज गुरुङले पुस्तकबारे समीक्षा प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले डा. हर्कबहादुर गुरुङ र डा. चन्द्रप्रसाद गुरुङले नेपालको भूगोल, वातावरण तथा संरक्षण क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए। आयोजकका तर्फबाट तमु समाज बेल्जियमका अध्यक्ष रामप्रसाद घलेले उपस्थित सबैलाई धन्यवाद दिएका थिए।




पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…