कृषि

कोदो महोत्सवमा किसानलाई सम्मान

 पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले कोदो दिवसको आयोजना गरेर किसानलाई शनिबार सम्मान गरेको हो ।  नेपाली मौलिक तथा रैथाने बाली कोदोको संरक्षण प्रवर्द्धन र खेती विस्तार गर्न पोखरा २२ कोदीमा कोदो महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा१७ रोपनी क्षेत्रफलमा कोदो खेती गर्दै आएका पोखरा २२ का कृषक खगी घर्ती, ११ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २० का कृषक दुर्गा बहादुर सुनार, १० रोपनी क्षेत्रफलमा कोदो… पुरा पढौ

मानव–बाँदर द्वन्द्व व्यवस्थापन गर्न प्रतिवेदन तयार हुँदै

किसानले उत्पादन गरेको बाली बाँदरले क्षति पु¥याएपछि देशका धेरै जसो ग्रामीण क्षेत्रका किसानलाई बाली जोगाउन सकस छ । मकैको घोगा लाउँदै गर्दा देखि बाँदरले मकै च्यात्ने, नष्ट गर्ने, धान झुलेदेखि धानको बाला लुछेर खाने गर्दछ । तरकारीबाली पनि यसै गरी खाएर नोक्सान गर्ने भएपछि किसान बाँदरबाट बाली जोगाउन सङ्घर्षरत छन् ।  बाली जोगाउन कतिपय गाउँका किसानले बाँदरले नखाने र नोक्सान नगर्ने बाली रोजेर लगाउन थालेका छन् । बाँदरले नखाने कफी, अदुवा, कागुनु लगायतका बाली किसानले लगाउने पनि गरेका छन् ।… पुरा पढौ

फेवामाथि मडारिएको कालो बादल

अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म पुग्नुपर्छ। आज सेती नदी जुन गहिरो खोँचमा बगिरहेको छ, त्यही स्थान कुनै समय पोखराको सतह थियो। त्यस बेला अन्नपूर्ण क्षेत्रमा रहेका हिमताल फुटेपछि सेतीमा पटक–पटक भीषण बाढी आयो। ती बाढीले विशाल परिमाणमा ढुङ्गा, माटो र गेग्र्यान बगाएर पुरानो भूभाग पुरिदिए र अहिलेको पोखरा उपत्यकाको भू–बनोट तयार भएको विभिन्न अध्ययनले देखाएका छन्। त्यसै क्रममा खोलाहरू थुनिए, गहिरा भागमा पानी जम्यो र तालहरू… पुरा पढौ

जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरियाको करिब २ अर्ब अनुदान

तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनकालागि बिहीबार हस्ताक्षर भएको छ । सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले हस्ताक्षर गरे । सम्झैता अनुसार दक्षिण कोरिया सरकारले कोइका मार्फत… पुरा पढौ

वन, वातावरण तथा जलवायु क्षेत्रका लागि यस्तो छ बजेट

विश्वको उच्च शिखर सगरमाथा सहित ८ हजार मिटर भन्दा उच्च ८ वटा हिमाल भएको देश हो नेपाल । रेनस्याडो जोनको रूपमा चिनिएका हिमाल पारिका जिल्ला मनाङ, मुस्ताङ लगायतका जिल्लामा ठूलो पानी पर्ने क्रम बढेको छ । यसैले पहिले बाढी पहिरोबाट कम जोखिम मानिएका हिमाली जिल्ला मनाङ र मुस्ताङमा बाढी आएर ठूलो धनजनको क्षति समेत भएका छन् ।  जलवायु परिवर्तनको गहिरो प्रभावको रूपमा यसलाई लिन सकिन्छ । यसको साथै समयमै वर्षा नहुनु, अत्यधिक वर्षा भएर बाढी र पहिरो निम्तनु, मनसुन असामान्य… पुरा पढौ

काठमाडौंमा चामलमा भेटियो ११ थरिका विषादीका अवशेष

काठमाडौं :  काठमाडौ उपत्यकामा बिक्रिका लागि राखिएका चामलमा कम्तीमा ११ थरिका विभिन्न्न विषादीहरुको अवशेष भेटिएको  छ। हालै प्रकाशित एक अनुसन्धानले काठमाडौ उपत्यकामा बिक्रिका लागि राखिएका चामलमा कम्तीमा ११ थरिका विभिन्न्न विषादीहरुको अवशेष भेटिएको पाइएको हो । नेपालका डा. गोविन्द भण्डारी र उत्कल सापकोटा, दुई भारतीय तथा एक जापानी बैज्ञानिक हिरोतत्सु मुरानो संलग्न उक्त अनुसन्धान स्प्रीन्जर नेचर पोर्टफोलियो अन्तर्गतको वातावरण, विकास र दिगोपन (Environment, Development, and Sustainability) नामक जर्लनमा प्रकाशित छ। अनुसन्धानकालागि काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट सङ्कलित चामलको नमुना… पुरा पढौ

सुन्तला महोत्सवमा एकै दिनमा १५ लाखको कारोबार

पोखरा : सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको पोखरा २१ दोपहरेमा पहिलो सुन्तला महोत्सव भएको छ । किसानलाई सुन्तला खेतीमा लाग्न प्रोत्साहन गर्न सुन्तला महोत्सवको आयोजना भएको हो । महोत्सवमा किसानहरूले आफूले उत्पादन गरेको सुन्तला बिक्रीकालागि राखेका थिए । आफ्नो घर आँगनबाटै सुन्तला सोझै उपभोक्तालाई बिक्री गर्न पाएकोमा किसान खुशी भएको थिए । आफ्नै गाउँमा सुन्तलाबाट राम्रो आम्दानी हुनेभएपछि दोपहरेका धेरै जसो विदेशका काम छाडेर घर फर्केर सुन्तला खेती गर्दै आएका छन् । स्थानीय कृषक समूहका अध्यक्ष इन्द्रप्रसाद सुवेदी सुन्तला खेतीबाट… पुरा पढौ

म्याग्दीको तोरीपानी होमस्टेको कोशेली टिम्बुर, भागो, भटमास, घिउ, तरकारी

तोरीपानी म्याग्दी : बेनी नगरपालिका ९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालनको आएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सयपत्री होमस्टे सञ्चालनमा आएको हो । इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पाँचवटा घरमा २१ ज्ना बस्न र खान सकिने गरी घरबास सञ्चालनमा आएको हो । पर्यटकको चापसँगै गाउँमा थप विस्तार हुने सयपत्री सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले बताइन् । घरबासमा आउने पाहुनालाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रदर्शनका साथै स्थानीय उत्पादन उपहार तथा बिक्री… पुरा पढौ

१३ औं संस्करणको लाटोकोसेरो उत्सव माघ तेस्रो साता

१३ औं संस्करणको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव आगामी माघ २३ र २४ गते (२०२६ फेब्रुअरी ६ र ७ तारिख) मा जैविक विविधता ग्रित पार्क लमही दाङमा हुने भएको छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा प्रकृतिका साथीहरु संस्थाले नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो । लाटोकासेरो तथा हुचिल संरक्षणकालागि जनस्तरबाटै जनजागरण जगाउन प्रकृतिका साथीहरु नामक संस्थाले विभिन्न जिल्लामा संरक्षण उत्सव गर्दै आएको छ । उत्सवमा मुसा खाएर किसानको साथीको रुपमा महत्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संक्षणमा नागरिककै… पुरा पढौ

एक्यापमा मानव–वन्यजन्तु द्वन्द्व : ४२ लाख ४१ हजार राहत वितरण

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा २०८१÷०८२ मा वन्यजन्तु आक्रमणबाट ३५८ चौपाया मरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्रको मुस्ताङ र मनाङमा धेरै जसो चौपाया वन्यजन्तुबाट मारिएका हुन् ।  यसरी मारिएका चौपायाहरूमा भेडा, च्याङ्ग्रा, याक, गाई, भैँसी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । चौपायाहरू वन्यजन्तुबाट मरिदा धेरै हिउँचितुवाको आक्रमणमा परेका छन् । हिउँ चितुवाको आक्रमणबाट २०२ मारिएका छन् । यसै गरी चितुवाको आक्रमणबाट १२८ र ब्वाँसोको आक्रमणबाट २८ चौपाया मारिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले जानकारी… पुरा पढौ