कृषि

बमबारी, मिसाइल आक्रमण सहितका युद्धले वातावरण र जैविक विविधतामा गम्भीर असर

यति बेला इजरायल र इरानबीच बढ्दो द्वन्द्वचलेकाे छ । जहाँसुकै हुने बमबारी, मिसाइल आक्रमण सहितका यस्ता युद्धले केवल मानव जीवनमा मात्र होइन वातावरणमा पनि गहिरो प्रभाव पार्ने विज्ञले बताएका छन् । युद्धका कारण प्राकृतिक स्रोत, वन्यजन्तु, जलस्रोत, वायु र माटोमा दीर्घकालीन असर पर्ने विज्ञहरू बताउँछन्। यस्ताे युद्धले कहाँ कस्ताे असर गर्छ त ? प्राकृतिक प्रणालीमा विनाशयुद्धका क्रममा गरिने बमबारी, मिसाइल आक्रमण र सैन्य कारबाहीले वनजङ्गल, मरुभूमि तथा जैविक विविधतायुक्त क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउँने विज्ञ बताउँछन् । यसले वन्यजन्तुहरूको बासस्थान विनाश… पुरा पढौ

साना भ्यागुता, ठूलो महत्त्व

के तपाईंलाई थाहा छ? संसारभरि लोप हुने खतरामा परेका जनावरमध्ये सबैभन्दा धेरै संख्यामा पर्ने समूह हो,उभयचर, जसमा भ्यागुता पनि पर्छन्। यी साना प्राणीहरू पानी र जमिन दुवैमा बाँच्न सक्छन्, तर आफ्नो जीवनचक्रको एउटा महत्त्वपूर्ण चरण पानीमै बिताउनुपर्ने भएकाले शुद्ध पानीको पहुँच यिनीहरूको अस्तित्वका लागि अनिवार्य हुन्छ। पानी प्रदूषित वा सुक्खा भयो भने भ्यागुताका अन्डा र भुरा नष्ट हुन्छन्। यसैले भ्यागुतालाई स्वस्थ वातावरणको संवेदनशील संकेत मानिन्छ। नेपालमा हालसम्म ५८ प्रजातिका भ्यागुता पाइएका छन्, जसमध्ये १२ प्रजाति रैथाने (केवल नेपालमा पाइने) हुन्।… पुरा पढौ

लाटोकोसेरो संरक्षणकालागि समुदायमा सचेतना कार्यक्रम

पोखरा : किसानको साथी भनेर चिनिने लाटोकोसेरोको अवैध व्यापार नियन्त्रण र उद्धारकालागि पोखरा १३ बिपी मार्गमा वडा नम्बर १२ र १३ का स्थानीयमाझ सचेतना कार्यक्रम गरिएको छ ।  मुसा खाएर किसानले उत्पादन गरेका अन्नबाली जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो संरक्षणकालागि प्रकृतिका साथीहरू नामक संस्थाले सचेतना कार्यक्रम गरेको हो । लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकारी हुनबाट जोगाउन र उद्धार गर्ने तरिका समेत सिकाउन समुदाय माझ सचेतना कार्यक्रम गरिएको प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए ।  अन्धविश्वासको कारण नेपालबाट कुन कुन… पुरा पढौ

हुम्लामा वर्षा सहितको बाढी : घर पसलमा क्षति, २७ बाख्रा मरे

हुम्लामा वर्षा याम सुरु हुनु अघि नै भएको वर्षाबाट आएको बाढीले स्थानीय घर, पसलमा क्षति पु¥याएको छ । हुम्लाको आदानचुलिमा अाएकाे बाढीले दश भन्दा बढि घर, पसलमा क्षति पु¥याउनुको साथै २७ बढि बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाउँपालिकाका आइते बुढाको गोठ भत्कँदा बाख्रा मर्नुको साथै बाढीमा परी बगाएका २९ वटा बाख्राको उद्धा गरिएको र २५ बाख्रा हराएको पनि प्रहरीले जनाएको छ । बाढीले पु¥र्याएको क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

नेपाल सँग मिल्ने रोमानियाको कृषि कर्म

आँसुको थोपा जस्तो आकारका पुराना परालका ढिस्कोहरू सयौं वर्षदेखि रोमानियामा ग्रामीण जीवनको प्रतीक हुँदै आएका छन्। ३ मिटर अग्ला (१० फिट) थुप्राहरू गर्मीको उचाइमा बच्चाहरूदेखि हजुरबा हजुरआमासम्म परिवारहरूले गरेको कडा परिश्रमको परिणति हुन्। तिनीहरूले सँगै कम्मरसम्म अग्लो घाँस काट्छन्, तातो घाममा सुकाउन छोड्छन् र जाडोभरि भण्डारणको लागि थुप्रो लगाउँछन्, कडा हावा, भारी वर्षा र हिउँबाट जोगाउन घाँसलाई तलतिर कम्बो गर्छन्। जाडोभरि, यसको थुप्रोहरू घाँसको ढिस्कोबाट हटाइन्छ र पशुधनलाई खुवाइन्छ। काम श्रम-गहन र साम्प्रदायिक छ, र यसले मानिसहरू र तिनीहरूका पशुधन… पुरा पढौ

लाटोकोसेरो संरक्षणमा प्रतिबद्धता जनाउँदै मिथिला बिहारीमा सकियो १२ औँ संरक्षण उत्सव

लाटोकोसेरो तथा हुचिल संरक्षणमा प्रतिबद्धता जनाउँदै धनुषाको मिथिला विहारी नगरपालिका मिथिलेश्वर मौवाहीमा आयोजित १२ औँ संस्करणको लाटोकोसेरो तथा हुचिल संरक्षण उत्सव सम्पन्न भएको  छ । लाटोकोसेरा तथा हुचिल संरक्षण, अनुसन्धानको साथै विभिन्न प्रजातिका वन्यजन्तु अनुसन्धानमा तीन दर्शक देखि लागिरहेको प्रकृतिका साथीहरू नामक संस्था र मिथिला वाइल्ड लाइफ ट्रस्टको संयुक्त आयोजनामा दुई दिने संरक्षण उत्सव भएको हो ।  महोत्सवमा सहभागी मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादव, प्रदेश सांसदहरू लगायत जनप्रतिनिधिले लाटोकोसेरो तथा हुचिलले संरक्षमा प्रतिबद्धता जनाएका थिए । महोत्सवमा सहभागी… पुरा पढौ

मिथिला बिहारी नगरपालिकामा शुक्रबारदेखि लाटोकोसेरो संरक्षण उत्सव

तपाइँहरुले विभिन्न व्यापारिक मेला भएको त सुन्नु भएकै छ । तर कुनै एक प्रजातिका चराकै संरक्षण र साथै अन्य पंछी, वन्यजन्तुको संरक्षणकालागि ृउत्सव भएको सुन्नु भएको छ ? हो यस वर्ष माघ महिनाको २५ र २६ गते महामिथिला बिहारी नगरपालिकामा किसानको साथी लाटोकोसेरो तथा हुचील संरक्षणकालागि उत्सव हुँदै छ । धनुषा जिल्लाको मिथीला बिहारी नगरपालीकामा १२ औं सस्कंरणको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०८१’ हुँन लागेको हो । माघ २५ गते देखि हुने दुई दिने संरक्षण उत्सव प्रकृतिका साथीहरु नामक… पुरा पढौ

पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया सहित ५ जना बने इन्टेग्रिटी आइकन

इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया सहित ५ कर्मचारी सम्मानित भएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५ मा पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छानिएका थिए । यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३ सय ४९ वटा मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले ५ जना इन्टेग्रिटी आइकन छनोट गरेको थियो । सम्मानित हुनेमा आधारभूत… पुरा पढौ

जैविक विविधता संरक्षणको विषयलाई महत्व दिनुपर्छ – कांग्रेस महामन्त्री थापा

सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने आवाज उठेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि विधेयकमा जैविक विविधता संरक्षणको विषयलाई महत्वका साथ उठाउनु पर्ने बताएका हुन्छ । सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए । कृषि विधेयक २० गतेभित्र संसदमा दर्ता गर्ने मन्त्रालयको तयारी रहेको थापाले बाताए ।… पुरा पढौ

कृषिलाई पर्यटन सँग जोड्न फेवा फाँटमा दाइँ महोत्सव

पोखरा ः देश भर दाइँ राखेर धान भित्र्याई सकेको समयमा पोखराको फेवा फाँटमा पर्यटकलाई आकर्षण गर्न दाइँ महोत्सव गरिएको छ । पोखराको फेवा फाँटमा माघ महिनाको पहिलो हप्ता आइतबार दाइँ महोत्सव भएको हो । असारमा लगाएको धान खेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँ पुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष तारा पहारीले बताए । फेवा फाँट जेठोबुढो धानकालागि पकेट क्षेत्र मानिन्छ । दाइँ महोत्सवमा ११ वटा गोरु प्रयोग गरेर दाइँ राखिएको… पुरा पढौ