
पोखरा : पोखरामा धेरै कोदो वर्गका बाली फलाउने किसानलाई सम्मान गरेर प्रथम राष्ट्रिय कोदो दिवस मनाइएको छ । “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” मूल नाराका साथ कोदो दिवस मनाइएको हो ।
कार्यक्रममा महानगरपालिकामा धेरै कोदो बाली लगाउने चार जना कृषकलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यबाट नगद पुरस्कार सहित सम्मान गरेका थिए । कार्यक्रममा कोदो बालीका जातहरू, कोदोका विभिन्न परिकारहरू समेत प्रदर्शन गरिएको थियो । कार्यक्रम स्थलमै कोदाका परिकारहरूको खाजा व्यवस्था गरिएको यस कार्यक्रममा कोदो बाली तथा जातहरूको प्रदर्शन गर्ने चार वटा कृषक समूह तथा सहकारीलाई समेत सम्मान गरिएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।
कार्यक्रममा कोदो बहस अन्तरक्रिया समेत राखिएको थियो । कोदो बहसमा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरिया, पोखरा महानगरपालिका वडा नं २८ का वडा अध्यक्ष कृष्ण लामिछाने, जैविक स्रोत संरक्षण अभियानका सचिव पुष्प राज सुवेदी, ली–बर्डका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्र प्रसाद पौडेल सहभागी थिए । कार्यक्रममा महानगरका विभिन्न वडाका किसान, कृषि सञ्जालका अध्यक्षहरू बहसमा सहभागी थिए । कार्यक्रमको उद्घाटन कागुनो फल्ने मेशिनलाई सञ्चालन गरी कागुनो फलेर पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…