संस्कृति

पोखरामा पर्यटक सँग दशैं

पोखरामा रहेका पर्यटकलाई नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं र नेपाली संस्कृतिबारे जानकारी दिदैं पर्यटक सँगै दशैं मनाइएको छ । कोजाग्रत पूर्णिमाको दिन आइतबार फेवाताल किनार बाराहीघाट सङ्गैको पार्कमा पर्यटकलाई दशैंको पर्वको बारेमा जानकारी दिँदै टीका, जमरा लगाएर दशैं मनाइएको हो । पर्यटकलाई टीका लगाएर दक्षिण पनि दिएको थियो । टीका लगाइसकेपछि पर्यटकलाई नेपाली परिकार सेल रोटी, तरकारी, अचार पस्किएको थियो ।  महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा भएको दशैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा नेपाली पञ्चेबाजा बजाएर पर्यटकलाई स्वागत गरिएको… पुरा पढौ

बडा दशैं सुरु

वियजा दशमीको मुख्य दिन बिहीवार देखि सुरु भएको छ । मुख्य दिन बिहीबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइत १०ः२६ बजेको उत्तम साइतको प्रतीक रातो टिका र समृद्धिको प्रतीक जमरा लगाइँदै सुरु भएको छ । बडा दशैंमा सेतो टिका लगाउँने चलन पनि छ । घटास्थापनाको दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभरि शान्ति हुने विश्वसामा मान्यजनबाट टीका र प्रसाद लगाउनुअभि अभिषेक गर्ने गरिएको हो । टीकाको मुख्य दिन बिहीबार देखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका र… पुरा पढौ

तालबाराही माविलाई नाफा र भर्गोविल्ड्सले गरे १५ लाख बराबरको बालमैत्री फर्निचर सहयोग 

पोखरा : पोखराको बैदाम स्थित तालबाराही माविलाई १५ लाख रुपैयाँ बराबरको बालमैत्री फर्निचर  सहयोग प्राप्त भएको छ । नेपाल अस्ट्रेलिया फ्रेण्डसिप एशोसियसन (नाफा) ब्रिसबेन अस्टे«लियाले ७ लाख र भर्गोविल्ड्स एण्ड ट्रेडस पोखराले ८ लाख गरेर कुल १५ लाख रुपैयाँ बराबरको बालमैत्री फर्निचर सोमबार सहयोग गरेको विद्यालयका सहायक प्रधानाध्यापक द्रोणराज भुर्तेलले बताए ।  कक्षा १ देखि ५ कक्षा सम्मका विद्यालयका विद्यार्थीकालागि आवश्यक फर्निचर विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष गोविन्दराज पहारीको पहलमा नेपाल अस्ट्रेलिया फ्रेण्डसिप एशोसियसन (नाफा) ब्रिसबेन अस्टे«लिया र भर्गोविल्ड्स एण्ड… पुरा पढौ

तेस्रो स्मृति दिवस : मानवअधिकारवादी नेता टेकनाथ बरालको योगदानको चर्चा

मानवअधिकारवादी नेता टेकनाथ बरालको सम्झना गरिएको छ । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरेका हुन् । टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा चिन्तक सिंहले कम्युनिस्ट आन्दोलनमा अहिले गम्भीर संकट पैदा भएको जनाउँदै कुनै… पुरा पढौ

गण्डकीमा भाषा शुद्धता अभियान

गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा ‘स्नायू स्वास्थ्य ९न्यूरो आर्ट० कार्यशाला’ आयोजना गरेको छ। गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने प्रभावकारी माध्यम… पुरा पढौ

धर्मशास्त्र आचार्य  तिमिल्सिनाद्वारा लिखित पुस्तक  ‘षोडश संस्कार र चाडपर्व’  सार्वजनिक

धर्मशास्त्र आचार्य गंगाधर तिमिल्सिनाले लेखेको ‘षोडश संस्कार र चाडपर्व’ पुस्तक पोखरामा सार्वजनिक गरिएको छ । केदारेश्वर वैदिक गुरुकुलका पीठाधीश डा। चिद्घन चैतन्य महाराजले बिहीबार यो पुस्तक विमोचन गरे । ८५ पृष्ठको यस पुस्तकमा मानव जीवनका महत्वपूर्ण १६ संस्कार र नेपाली चाडपर्वबारे जानकारी समेटिएको छ । पुस्तक विमोचन गर्दै पीठाधीश चैतन्यले सनातन वैदिक धर्मावलम्बीहरू वेदको आदेशमा चल्नुपर्ने बताए । उनले वेद नै वैदिक धर्मको मूल आधार भएको र यसमा संस्कार एवं आचरणबारे स्पष्ट उल्लेख गरिएको चर्चा गरे । ‘आचरण नै जीवन… पुरा पढौ

नेपाली कला, संस्कृतिले झुम्यो नागोया सहर

जापानको नागोेया सहर मे ३० देखि जुन १ तारिख सम्म भएको चौथो संस्करणको नेपाल फेस्टिभल एण्ड एक्सपोमा नागोया सहर नेपाली कला, संस्कृतिले झुमेको थियो । मेलामा जापानमा रहेर विभिन्न पेशा व्यवसाय र रोजगार गर्ने नेपालीको बाक्लो उपस्थिति रहेको थियो । यहाँ रहेका नेपालीले आआप्नो जातजातीको भेषभुषामा सजिएर नृत्य गरेका थिए । महोत्सवमा निकालिएको झाँकीमा पनि उस्तै आआफ्नो पहिचान झल्कने पोषाक लगाएका थिए । नेपाली समूदायका आआप्नो पहिचान झल्कने जातजातीको पोशाक र नृत्य, झाँकीले नागोया सहर झुमेको थियो । मेलाको अवलोकन… पुरा पढौ

जापानको नागोयामा नेपाल महोत्सवको रौनक, तीन दिनसम्म नेपाली संस्कृति र पर्यटनको प्रवर्द्धन

नागोया : जापानको नागोया सहरमा भइरहेको चौथो संस्करणको नेपाल फेस्टिभल एण्ड एक्सपोमा नेपाली समुदाय र स्थानीय जापानीहरूको समेतले रौनक बढेको छ ।  फेस्टिभलमा नेपाली कला संस्कृति, नेपाली परिकारको स्वाद समेत लिन पाउने भएकोले पनि नेपाली मात्र होइन स्थानीयहरू समेतको बाक्लो उपस्थितिले फेस्टिभलको रौनक बढेको महोत्सवका आयोजक संस्थाले बताएको छ ।  एनआरएनए नागोया जापानको आयोजनामा तथा नेपाल सरकार, टोकियोस्थित नेपाली राजदूतावास, आइची प्रिफेक्चर सरकार, नागोया सिटी र एआईएको सहयोगमा महोत्सव भइरहेको छ । जापानको नागोया स्थित एडियोन हिलाया प्लाजामा भइरहेको महोत्सवमा… पुरा पढौ

अतिक्रमण र प्रदूषणको चपेटामा परेको फिर्केखोलाले पुनः जीवन पाउँला

यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले यहाँ बनेका संरचना आइतबारदेखि भत्काउन सुरु गरेको छ । फिर्केखोला अतिक्रमणमा मात्र परेको छैन । प्रदूषणको चपेटामा पनि परेको छ ।पोखराको मुख्य बजार भएर बग्ने फिर्केखाला बजारको फोहोर र खोलावरपरको बस्तीको फोहोर थेग्न नसकेर दुर्गन्धित बनेको छ । दुई दर्शक अघि सम्म स्थानीय नुहाउने, पानी समेत पिउन प्रयोग हुने खोला अतिक्रमण गरेर बस्ती बस्ने क्रम बढ्नुको साथै पोखरा बजारको ढल र… पुरा पढौ

पोखरामा “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ”

पोखरामा “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” भएको छ । रेडियो अन्नपूर्ण ९३‍‍.४ मेगाहर्ज पोखराको रजत वर्षको अवसरमा आयोजित रेडियोले झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ सँग मिलेर संयुक्त रुपमा आयोजना गरेको हो । रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत मंसिर महिनाको कार्यक्रम अन्तरगत नेपाली साँगीतिक क्षेत्रका दुईजना स्रष्टा नारायण गोपालको मंसिर १९ र झलकमान गन्धर्वको मंसिर ६ गते परेको स्मृति दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी… पुरा पढौ