संस्कृति

वीरगञ्जमा दशैं मेलाको चहलपहल

दुई वर्षदेखि कोरोना महामारीको कारण प्रभावित भएको दशैं मेला वीरगञ्जमा भव्यताका साथ यसपालि मनाइँदै छ । वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ । हिन्दूहरूको महान् चाडपर्वको रूपमा मनाइने दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन… पुरा पढौ

दसैंमा चंगा उडाएर रमाए अमेरिकी राजदूत बेरी : सामाजिक सञ्जालबाट दिए दसैंकाे शुभकामना

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले चंगा उडाएर दसैंमा रमाएका छन् । दसैंको सातौ दिन फूलपातीमा चंगा उडाएर दसैंको सुरुवात गरेका हुन् । सामाजिक सञ्जालमा चंगा उडाएको तस्बिर राखेर राजदूत ¥यान्डीले दसैं मनाएको बताएका छन् । उनले आप्नो साथीहरु र बच्चाहरु सँग मिलेर चंगा उडाएको उनले सामाजिक सञ्जालमा पाेष्ट गरेकाे तस्बिरमा देखिन्छ । दसै मनाउन उनले नेपाली तथा अमेरिकी सहकमीैहरु र उनका बच्चहरुलाई दूतावास बोलाएको सामाजिक सञ्जालमा लेखेका छन् । समाजिक सञ्जाल मार्फत उनले सबैलाई दसैंको धेरै शुभकामना पनि दिएका… पुरा पढौ

सप्तऋषिको पूजासँगै सकियो तीज

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । सप्तऋषिको पूजासँगै यस वर्सषकाे तीज पर्व सकिएकाे छ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा अनुसार पर्व मनाए । पाेखराकाे सेती नदी, कालीगण्डकी, वाग्मती, मनोहरालगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन… पुरा पढौ

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् । भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्वीरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन् । गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने भएकाले यस दिनलाई दशैँको प्रारम्भ पर्वका रूपमा लिइन्छ । यस दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः… पुरा पढौ

पोखरामा यसरी मनाइयो तीज

तीजको दोस्रो दिन पोखरामा नेपालली हिन्दू महिलाहरुले व्रत वसी मन्दिरमा पुजा आजा गरी मनाएका छन् । कोभिड महामारी बावजुद पोखराका विभिन्न मन्दिरमा भगवान शिवको पूजा गर्न महिलाहरुको भिड लागेको छ । पोखराको फेवाताल किनार केदारेश्वर मन्दिरमा पूजा गर्ने र नाचगानमा पोखरेली दिदी बहिनी रमाएका छन् । पूजा आराधानाको साथै मन्दिर परिसरमा तिर्थालुहरुले नाचगान गरेर रमाएका हुन् । स्वास्थ्य मापदण्ड पालना गरी यसरी पोखरामा तीज मनाइयो । पाेखराकाे केदारेश्वर मन्दिरमा पूजा गरेर फर्कदै भक्तजन । पाेखराकाे केदारेश्वर मन्दिरमा पूजा गर्दै भक्तजन… पुरा पढौ

हरितालिका (तीज) सुरु : आज दर खाने भोली व्रत बसेर नाचगानमा रमाउने

पोखरा : हरितालिका (तीज) पर्व बुधबार देखि सुरु भएको छ । आज दर खाएर तीज मनाइँदै छ । दर खाने दिनसँगै चार दिन तीज पर्व नेपाली महिलाले मनाउँछन् । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा अनुसार माइतीमा गएर दर खान यति बेला चेलीबेटीलाई हतारो छ । कोरोना सङ्क्रमण अझै नहराएको र झन् छिटो फैलने नयाँ भेरियन्टको भाइरस फैलिएकोले स्वास्थ्य सतर्कता अपनाएर चेलीबेटीले तीज मनाउनु पर्नेछ ।  तीजमा दिदी बहिनी, आमाहरूले वर्ष दिनभर आफूलाई परेको दुःख, पिर, मर्कालाई गीतका माध्यमबाट पोख्ने गर्दछन् ।… पुरा पढौ

लन्डनमा नेपाली मेला

तमु धिं युके र नेपाली दूतावास लन्डनले संयुक्त आयोजनामा लन्डनमा नेपाली मेला भएकाे छ । आइतबार मध्यान्ह केम्पटन पार्कमा मेला भएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका थिए । गत महिना गोरखा कप २०२१ भव्य सम्पन्न गरे लगत्तै छोटो समयको अवधिमै दुईवटा ठूला कार्यक्रम गरेर तमु धिं युकेले अर्काे इतिहास बनाउन सफल भएको छ । उद्घाटन… पुरा पढौ

सुदूरपश्चिममा धुमधामका साथ भित्र्याइयो गौरा

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन् । सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकका रुपमा गौराको मूर्ति बनाई भित्र्याएक हुन् । गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्र्याउने चलनअनुसार डोटीसहित समग्र सुदूरपश्चिममा गौरा भित्र्याइएको सायल गाउँपालिकाका ज्यातिस तथा पण्डित चेजराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सप्तमीका दिन गौरा… पुरा पढौ

मास्क लगाएर गाईजात्रा

कोरोना भाइरसको जोखिम नहुँदा राजधानीका मुख्यमुख्य सहरमा गाईजात्राको रौनक फरक हुन्थ्यो । अहिले भने कोरोना जोखिमका कारण गाईजात्रामा निस्केकाहरु मास्क लगाएर सहभागी भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना जोखिमकाबीच राजधानीवासी भौतिक दूरी कायम गर्दैै गाईजात्रा निकालेर सहरबजार घुमाउँदै हिँडेको देखिन्छ । भिड एकत्रित हुन नदिन प्रहरी पनि बाक्लो सङ्ख्यामा परिचालन गरिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने परिवारबाट पनि तीनदेखि चार जनासम्म सदस्यमात्र शहरमा निस्केको देखिन्छ । नेवार समुदायको बाक्लो बस्ती रहेको असन, इन्द्रचोक, क्षेत्रपाटीजस्ता क्षेत्रमा… पुरा पढौ

आज जनैपूर्णिमा : नदी, तालमा स्नान गरेर रक्षासूत्र बाँधेर मनाइँदै

आज रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाइँदै छ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर पुरोहित, गुरुबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरी (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरी वैदिक परम्पराको मन्त्रोच्यारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन… पुरा पढौ