संस्कृति

नागपञ्चमी : नागकाे पूजा र संरक्षण एक दिनमात्र हाेइन वर्षभरी गरौं

वैदिककालदेखि सुरु भएको नाग पूजा शुक्रबार देशभर नागको पूजा अर्चना गरी नागपञ्चमी मनाइँएको छ । नागदह, कुण्ड, मन्दिरमा रहेका नाग, गाउँ र परिवारले बनाएका नागस्थानमा पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगाउतका परिकार प्रसादको रुपमा चढाएर नागपञ्चमी मनाइँएको हो । नागको पूजा अर्चना गरेपछि घरका मूलढोकामा नागको चित्र टाँसेर नागपञ्चमी मनाइँन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइँन्छ । यसरी नागपञ्चमी मनाइँउदा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुको साथै अग्नि, मेघ र चट्याङको भयबाट… पुरा पढौ

गुरुङ भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना

गुरुङ (तमू) जातिको भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । गुरुङहरुको साझा छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालननका लागि अक्षयकोष स्थापना गरेको हो ।        पुस्तान्तरणसँगै भाषा लोप हुँदै गएको भन्दै देशभर रहेका गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू (गुरुङ)को मातृभाषा कक्षा सञ्चालन अक्षयकोष–२०२१’ स्थापना गरेको परिषद्का अध्यक्ष रेशम गुरुङले बताउनुभयो । कोष स्थापनाका लागि मुख्य दाताका रूपमा तमू (गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदिको अध्ययन, अनुसन्धान… पुरा पढौ

फिरन्ते जीवनशैली त्याग्ने कुरामा राउटे समुदाय भन्छन् ‘तपाईँहरु राउटे हुन सक्नुहुन्छ’?

कर्णाली : प्रदेश सरकारले अन्य समुदायझैँ जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई मूल प्रवाहीकरणमा ल्याउने नीति अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले तयार पारेको मूल प्रवाहीकरणसम्बन्धी उक्त नीतिको मस्यौदामा स्थायी बसोबासदेखि नागरिकता वितरण गर्नेसम्मका कार्यक्रम समावेश गरिएका छन्।        सामाजिक विकास मन्त्रालयले ‘अति लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति– २०७८’ को मस्यौदालाई राउटे समुदायसहितको सहभागितामा अन्तिम रूप दिइने जनाएको छ । मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले मस्यौदा समितिले तयार पारेको नीतिमाथि सरोकारवालासँग छलफल हुन बाँकी रहेको जानकारी दिनुभयो । “सरोकारवालासँगको छलफल… पुरा पढौ

तुलसी विभिन्न रोगका लागि औषधि

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । कोरोनाको जोखिम कायम रहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न तुलसीबाट बनेको चिया प्रभावकारी हुने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसीको चियाको माग अहिले बढेको छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यतासमेत छ ।… पुरा पढौ

घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँयाे

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । जदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका… पुरा पढौ

लेकसाइडको एक्लो घुमाउने घर

नेपाली परम्परागत शैलीका घुमाउने घर आधुनिक शैलीका घर बनाउने होडमा हराउँदै गएका छन् । पोखरामा २० वर्ष अघिसम्म पनि घुमाउने घर धेरै देखिन्थे। रातो माटोले लिपेका¸ खरले छाएका घर निकै सुन्दर र आकर्षक देखिन्थे। अहिले पोखराका मुख्य बजारमा घुमाउने घर देखिनु मुस्किल छ। गाउँमा पनि यस्ता घर हराउँदै गएका छन्। पुराना शैलीका घरको ठाउँ अहिले अग्ला गगनचुम्बी व्यवसायिक घरहरूले लिँदै गएका छन्। नेपाली इन्जिनियरिङ प्रविधिमा बनेका मौलिक घरहरू हराउँदै छन्।  कंक्रिट घरहरूले भरिंदै गएको पोखराको पर्यटकीय क्षेत्र बैदाम (लेकसाइड) मा… पुरा पढौ

काली गण्डकी सभ्यता बचाउ अभियानमा जुट्दै युवा

कालीगण्डकी नदीमाथि एकोहोरो दोहन हुने क्रम नरोकिएपछि नदी र यहाँको सभ्यता बचाउ अभियानमा युवा जुट्न थालेका छन्। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा जिल्ला लगायत क्षेत्रमा कालीगण्डकी नदीकाे चौतर्फी दोहन हुनथालेपछी युवाहरू सामाजिक सञ्जाल मार्फत नदी र सभ्यता बचाउ अभियानमा जुटेका हुन्।  मानव सभ्यता नदी किनारबाट भएको हो। यिनै मानव र जैविक विविधताको अस्तित्व सँग गाँसिएका नदी, खोलाबाट गिटी,ढुङ्गा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था सृजना भएको काली गण्डकी सभ्यता बचाउ अभियानका अभियन्ता आरके… पुरा पढौ

अस्ताए अब्बल संस्कृतिकर्मी मेनकाजी

संस्कृतिकर्मी मेनकाजी गुरुङले नेपाली नृत्यको क्षेत्रमा पुर्‍याएकाे याेगदान सधै अविस्मरणीय रहने छ। नेपाली लोक सांस्कृतिक नृत्यको जगेर्ना र त्यसको प्रचार गर्न उनि निरन्तर लागिरहेका थिए। मेनकाजीले नेपाली लोक सांस्कृतिक नृत्यको जगेर्ना र त्यसको प्रचार अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पुर्‍याएका थिए। उनले जीवनकालको अन्तिम समय सम्म नेपाली लोक सांस्कृतिक नृत्यको जगेर्नामा अनवरत लागिरहे। कास्कीकाे गुरुङ गाउँ सिक्लेसमा जन्मेका हुन मेनकाजी। उनमा पनि युवा अवस्थामा गाउँका अरु दाजुभाइ जस्तै लाहुरे बन्ने सपना थियाे। सिक्लेस गाउँमा लाहुरेकाे बाहुल्यता थियाे । युवाहरु ब्रिटिस र भारतीय… पुरा पढौ

७० वर्ष अघिको त्यो अग्निकाण्ड

नयाँ वर्ष २०७८ धूमधामले मनाइ रहँदा ७० वर्ष अगाडिको नयाँ वर्षको सम्झना गर्न मन लाग्यो । अधिकांश नेवारहरू जो भक्तपुरबाट पोखरा आएका थिए ती घरहरूमा बिस्केट जात्राको खुसीयालीको तयारीमा रोटी पोल्ने र घर सफा गर्ने कार्य हुँदै थियो। विन्ध्यवासिनी मन्दिरमा चैत र असोजमा नियमित पूजा गर्ने गरिन्थ्यो । २००६ को चैतमा पनि पण्डितहरूले नियमित पूजा गर्ने तैयारी गर्दै थिए । चैत २९ गते वैशाख कृष्ण नवमी तिथि मंगलबारको साइतमा एकातर्फ विन्ध्यवासिनी देवीको पूजा अर्कोतर्फ महादेवको हवनसहित रुद्री पूजाको शुभारम्भ भयो… पुरा पढौ

काेराेना त्रासमा नयाँ वर्ष २०७८ लाई यसरी गरियाे स्वागत

पाेखरा: कोरोना भाइरसको त्रासमा नेपालीहरूले विक्रम संवत् २०७७ लाई बिदाई गर्दै नयाँ वर्ष २०७८ लाई स्वागत गरेका छन्। नयाँ वर्ष मनाउन पाेखराका विभिन्न पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । सङ्क्रमण बढ्दै गएकाले सरकारले २५ जनाभन्दा बढी सहभागी नहुन हालै निर्देशन दिए पनि पाेखराकाे तालबाराही मन्दिरमा दर्शन गर्नेकाे भिड लाग्याे । पाेखराकाे अन्य पर्यटकीय स्थलमा विश्वशान्ति स्तूपा , पाताले छाँगाे, विन्ध्यवासिनि मन्दिर लगायतमा पनि उस्तै भिड लागेकाे थियाे । नयाँ वर्ष २०७८ काे पहिलो दिन बुधबार पोखराको फेवातालको मध्यभागमा… पुरा पढौ