
तमु धिं युके र नेपाली दूतावास लन्डनले संयुक्त आयोजनामा लन्डनमा नेपाली मेला भएकाे छ । आइतबार मध्यान्ह केम्पटन पार्कमा मेला भएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका थिए । गत महिना गोरखा कप २०२१ भव्य सम्पन्न गरे लगत्तै छोटो समयको अवधिमै दुईवटा ठूला कार्यक्रम गरेर तमु धिं युकेले अर्काे इतिहास बनाउन सफल भएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवद्र्धनमा योगदान पुर्याइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे । कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं युके र अध्यक्ष हितकाजी गुरुङलगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए ।

औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हितकाजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको बताए ।
नेपाली मेलाको मुख्य आकर्षण झाँकी, नृत्य प्रस्तुति रहेको थियो । प्रतिस्पर्धी २२ समूहमध्ये सर्वाेत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी युकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, एम्बेसडर कप र एनआरएनए युके कप हात पार्यो । दोस्रो पुरस्कार चार भन्ज्याङ तमु समाज युकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात यायोक्खा युकेले ५ सय पाउन्ड पायो ।




अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…