
तमु धिं युके र नेपाली दूतावास लन्डनले संयुक्त आयोजनामा लन्डनमा नेपाली मेला भएकाे छ । आइतबार मध्यान्ह केम्पटन पार्कमा मेला भएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर, तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ लगायतले संयुक्त रुपमा रिबन काटेर मेला उद्घाटन गरेका थिए । गत महिना गोरखा कप २०२१ भव्य सम्पन्न गरे लगत्तै छोटो समयको अवधिमै दुईवटा ठूला कार्यक्रम गरेर तमु धिं युकेले अर्काे इतिहास बनाउन सफल भएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवद्र्धनमा योगदान पुर्याइरहेको बताए । उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे । कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं युके र अध्यक्ष हितकाजी गुरुङलगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए ।

औपचारिक कार्यक्रम समापनको क्रममा अध्यक्ष हितकाजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको बताए ।
नेपाली मेलाको मुख्य आकर्षण झाँकी, नृत्य प्रस्तुति रहेको थियो । प्रतिस्पर्धी २२ समूहमध्ये सर्वाेत्कृष्ट प्रस्तुति देखाएर सिक्लेस पार्चे कम्युनिटी युकेले प्रथम पुरस्कार १ हजार १ सय पाउन्ड, एम्बेसडर कप र एनआरएनए युके कप हात पार्यो । दोस्रो पुरस्कार चार भन्ज्याङ तमु समाज युकेले ७ सय पाउन्ड पायो । तेस्रो पुरस्कार किरात यायोक्खा युकेले ५ सय पाउन्ड पायो ।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…