
सिताके च्याउमा प्रचुर मात्रमा प्रोटिन , आइरन , भिटामिन बि , डी , जिन्क , पोटासियम लगाएतका पौष्टिक त्तत्व रहन्छ । यसैले याे च्याउ क्यान्सर , मधुमेह , उच्च रक्तचाप जस्ता रोग भएकालाई समेत फाइदा पुग्ने विज्ञले बताएका छन् ।
नेपालमा ८ सय मिटर देखि २ हजार ५ सय मिटरसम्म लगाउन सकिने यो च्याउको बजार मुल्य अहिले प्रति केजी ६ सय देखि १ हजार सम्म रहेको छ । यति महत्वकाे च्याउ खेती सम्बन्धी प्रविधि , उत्पादन, बजारीकरण , महत्व तथा यसका परिकार सम्बन्धी जानकारीमुलक कार्यक्रम पोखरामा भएकाे छ ।
गोर्खा वारपाकमा रहेको एस.जी हिमालयन हर्बल तथा अर्गानिक फार्मको आयोजनामा कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब डा.हरि बहादुर केसीले सिताके च्याउ स्वास्थ्यका लागि लाभदायी व्यवसायका लागि फलदायी भएको बताए । उनले सिताके च्याउँ उत्पादन गर्ने किसानहरु सगँ सहकार्य गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताए । अन्य च्याउ भन्दा सिताके च्याउ उत्पादन गर्न प्रविधिक एवम आर्थिक हिसाबले पनि महगो पर्ने भएकाले पनि स्वभाविक रुपमा यसको मुल्य अरु च्याउको तुलनामा महंगो पर्ने बताए ।
सिताके च्याउ उत्पादन गर्न उत्तिस ,कटुस ,ओखर ,लाकुरी लगाएतका काठका मुढा आवश्यक पर्ने भएकाले प्रदेश सरकार सामुदायिक वनसगँ सहकार्य गरेर यसको व्यवस्थापनमा लागि पने सोचमा रहेको बताए । एस.जी हिमालयन हर्बल तथा अर्गानिक फार्मका संचालक शितल गुरुङले सिताके च्याउ खेति गर्न चहाने किसानलाई आफुले सकेको सहयोग गर्न तयार रहेको बताए ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…