
पोखरा : हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ न्यून पानी पर्ने (स्याडो रेन जोन) को रूपमा चिनिन्छन् । कम पानी पर्ने मनाङ र मुस्ताङ जिल्लामा पछिल्ला वर्षहरूमा ठूलो पानी पर्न थालेपछि बाढी, पहिरोका घट्ना बढ्न थालेका छन् ।
यस अघि भदौ को दोस्रो हप्ता परेको पानीका कारण गएको पहिरो र बाढीले मनाङका चामे बजार क्षेत्रका घर नै बगाएका थिए । चामेबजारको पुल नै बाढीले पुरेर जनजीवन प्रभावित भएको थियो । यसै क्रममा कात्तिक १४ गते पनि मनाङ जिल्लामा भारी वर्षा भएको छ । २४ घण्टामा १०४।४ मिलिमिटर वर्षा मापन भएको जिल्लाको ताल मौसम मापन केन्द्रको तथ्याङ्क रहेको छ ।
मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा १०० मिलिमिटर भन्दा धेरै र २०० मिलिमिटर भन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भन्ने गरिन्छ । २ सय मिलिमिटर भन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ । बङ्गालको खाडीमा विकसित चक्रबाट अर्नबको अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकाले देशभर वर्षा भएको थियो । शनिबार दिउँसोबाट भने वर्षा रोकिएको छ ।



हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ रेन स्याडो जोन अर्थात् न्यूनवर्षा हुने जिल्लामा पर्छन् । यसैले यहाँका घरहरूका छत माटोले…
हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…