‘अर्नब आँधी’ले तराई, पहाडमा पानी र हिमाली क्षेत्रमा हिउँ पर्ने पूर्वनुमान


     नेचर न्युज    
     कार्तिक १३ गते २०८३ मा प्रकाशित


पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा हिउँ पर्ने पूर्वनुमान गरिएको छ ।
भारतको विशाखापटनम नजिकबाट जमिनमा बज्रने यो आँधीको असर नेपाल आइपुग्दा घनिसकेको हुन सक्ने ठानिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा उक्त चक्रवाट निकै तीव्र बेगमा भित्रिने चेनावनी दिदै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

आँधीले समुन्द्रबाट भारतको बाटो हुँदै ल्याउने जलवाष्पले निम्त्याउन सक्ने वर्षा र हिमपातको मात्रा पछिल्ला प्रवृत्तिहरुको विश्लेषणबाट मात्रै यकिन गर्न सकिने मौसमविद्हरु बताउँछन् । पछिल्लो अनुमान अनुसार यो नेपाल नजिक आउँदा धेरै कजोर भइसक्ने र कमजोर न्यूनचापीय क्षेत्रका रुपमा रहने देखिने बताइएको छ । तर यसको बाटोमा नेपाल देखिने भएको हुनाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान बिभागकी प्रवक्ता बिभूती पोखरेलले सुझाएकी छन् ।

पदयात्राको मौसम भएकोले उच्च हिमाली क्षेत्रको आरोहण, पदयात्रामा जाने पर्यटकले पूर्वसावधानी अपनाउन सचेत गराएको छ । यसै गरी भित्रयाउने अवस्थामा लागेका धानबालीमा नोक्सान गर्न सक्ने भएकोले त्यसतर्फ पनि ख्याद गर्न किसानहरुलाई मौसम पूर्वानुमान महाशाखाले त्यसै अनुसार योजना बनाउन सुझाएको छ ।