ब्लग

अतिक्रमण र प्रदूषणको चपेटामा परेको फिर्केखोलाले पुनः जीवन पाउँला

यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले यहाँ बनेका संरचना आइतबारदेखि भत्काउन सुरु गरेको छ । फिर्केखोला अतिक्रमणमा मात्र परेको छैन । प्रदूषणको चपेटामा पनि परेको छ ।पोखराको मुख्य बजार भएर बग्ने फिर्केखाला बजारको फोहोर र खोलावरपरको बस्तीको फोहोर थेग्न नसकेर दुर्गन्धित बनेको छ । दुई दर्शक अघि सम्म स्थानीय नुहाउने, पानी समेत पिउन प्रयोग हुने खोला अतिक्रमण गरेर बस्ती बस्ने क्रम बढ्नुको साथै पोखरा बजारको ढल र… पुरा पढौ

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस : नेपालमा सान्दर्भिकता

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त राष्ट्रसंघले सन् २००० मा चयन गरेको हो I सन् १९९२ मे २२ मा भएको जैविक विविधता महासन्धि (Convention on Biological Diversity) को सम्झनामा यो दिवस मनाउने निर्णय गरिएको हो I यस दिवसको मुख्य उद्देश्य - जैविक विविधताको महत्त्व र यसको संरक्षणको आवश्यकता बारे आम जनचेतना फैलाउनु नै हो । यो दिवस मनाउने क्रममा प्रत्येक बर्ष एक नारा (Theme) तय गरिन्छ I… पुरा पढौ

गिद्धदेखि गैँडासम्म : लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा

गिद्धको बारेमा सुने पनि, टाढाबाट देखे पनि, नजिकबाट अवलोकन गर्ने मौका पाइएला भन्ने उनले कहिल्यै सोचेका थिएनन्। तर पाल्पाको रामपुर पुग्ने बित्तिकै, उनको मनमा प्रकृतिप्रतिको झन् गहिरो आकर्षण पैदा भयो। रामपुर क्षेत्रमा विश्वकै दुर्लभ डङ्गर गिद्धलाई बिना दूरबिन, आँखै अगाडि देख्दा उनी दङ्ग भए। त्यसमाथि, माउ गिद्धले बचेरोलाई आहार खुवाएको दुर्लभ दृश्य अवलोकन गर्नु अझै विशेष अनुभव रह्यो। गिद्ध अवलोकन टावरबाट झर्दा, पोखरा हेम्जाका नागरिक वैज्ञानिक तथा लाटोकोसेरो संरक्षण दूत केशव सापकोटा एकदमै उत्साहित थिए। सात दिने संरक्षण भ्रमणमा सहभागी… पुरा पढौ

संकटमा पर्दै चमेराे, संरक्षण गर्ने हाम्रो दायित्व

चमेरो एक मात्र उड्न सक्ने स्तनधारी प्राणी हो ।  चमेरो चरम मरुभूमि र ध्रुवीय क्षेत्रबाहेक पृथ्वीको लगभग सबै भागमा पाइन्छ । विश्वमा १४०० भन्दा बढी चमेरोका प्रजाति छन् । जसमध्ये नेपालमा ५३ भन्दा बढी प्रजाति पाइन्छन् । यो विश्व चमेरो विविधताको करिब ५% र दक्षिण एसियाली चमेरो विविधताको ४०% भन्दा बढी हो । चमेरोको आकार सानोमा ४ सेन्टिमिटरदेखि ठूलोमा ६ फिटसम्म हुन्छ। विश्वको सबैभन्दा ठूलो चमेरो "गोल्डेन क्राउन्ड फ्लाइङ फक्स" र सबैभन्दा सानो चमेरो "बम्बल बी चमेरो" हो।  चमेरो शत्रु होइन, मानिसको असल मित्र हो  चमेरोप्रति… पुरा पढौ

कालीगण्डकी माथीको हस्तक्षेप रोकौं

विगत चार दशकदेखिको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण आज कालीगण्डकी नदी दुई तिहाइले मरिरहेको छ । कुनै हालतमा पनि कालीगण्डकी उत्खनन्को काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियानले माघे संक्रान्तिका दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा ब्यनर प्रदर्शन गरेको छ । नदीको प्राकृतिक स्रोत मूलतः ढुंगा, शिला, गिटी, बालुवाको अधिक दोहनले कालीगण्डकी नदी क्षत्विक्षत् बन्दै गएको छ । विगत देखिको कालीगण्डकीको क्रुर दोहनले नदीको दिगोपनलाई दुई तिहाइले घटाई दिएको छ । कालीगण्डकी जस्तो… पुरा पढौ

बर्दिया राष्ट्रिय निकुञ्जमा प्रिन्स ह्यारीलाई बाघ अनुगमन बारे जानकारी गराउँदाको स्मरणीय क्षण

तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज हो । यही बर्दिया राष्ट्रिय निकुञ्जले विगतमा विश्वकै चर्चित व्यक्तिहरूलाई स्वागत गरेको छ । विशेष गरेर बाघ, गैँडा, गोही लगायत दुर्लभ वन्यजन्तुको प्रत्यक्ष अवलोकनकालागि आकर्षक गन्तव्य मानिने बर्दियामा सामान्य पर्यटक देखि बेलायती राजकुमार प्रिन्स ह्यारी, टाइटानिकका हिरो लगायत सम्म पुगेका छन् । यहाँ मैले बेलायतका राजकुमार प्रिन्स ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज आउँदा उहाँ संग बिताएका केही क्षणका बारेमा आफ्नो अनुभव सेयर गर्दै छु । मानव जीवनमा अध्ययन, सिकाई, नयाँ नयाँ प्रविधिको ज्ञान महत्त्वपूर्ण… पुरा पढौ

पंक्षी – किसानका मित्र कि शत्रु ?

पंक्षी जन्तु जगतमा पर्ने, प्वाँख, चुच्चो र पखेटा भएका प्राणीको समुह हो । मानव जातिसँग निकटतम सम्बन्ध भएका यी प्राणी किसानका चाहिँ मित्र रैछन् कि शत्रु ? यो लेख पढेपछि निर्णय गर्ने जिम्मा तपाईंहरूको है । पंक्षीहरू जहाँ वर्षैभरि प्रशस्त खानेकुराको जोहो हुन्छ र बचेरा कोरल्न उपयुक्त स्थान हुन्छ, त्यस्ता क्षेत्रहरूमा बढी बसोबास गर्ने गर्छन् । खेतबारीमा वर्षैभरि बिउ, फल, फूल, अन्न तथा हरिया बोटविरुवा उपलब्ध हुने हुँदा धेरैजसो पंक्षीहरू खेतबारीका ओरपर बस्न रुचाउँछन् । त्यसकारण पंक्षी र किसानको गहिरो… पुरा पढौ

सर्पदंश : बढी डर कम असर

कोलुब्रिडि परिवारमा पर्ने यो सर्प भारतको उत्तर खेरी डिभिजनमा पहिलो पटक फेला परेको थियो । त्यसछि यो सर्प भारतको विभिन्न ठाँउहरुमा रेकर्ड भएको थियो । नेपालमा यो सर्प तराईको पूर्व देखि पश्चिम सम्म पाइन्छ । यो झट्ट हेर्दा पुरै शरीर रातो पहेलो चम्किलो, टाउको र घाँटी प्रस्ट छुटाउन नसकिने किसिमको आकृति भएको देखिन्छ । यसको अंग्रजी नाम कोरल कुकुरी स्नेक (ओलिगोडन खेरेनेन्सीस) हो । नेपालीमा यसलाई कुकुरी सर्प भनिन्छ । विश्वमा यस प्रजातिको अध्ययन अनुसन्धान कमै मात्रामा भएको पाईन्छ ।  … पुरा पढौ

अनौठो बानी भएको काठे भालुको अन्तिम यात्रा

घटना त्यस्तै २०५८ सालको पौष-माघ तिर चितवन राष्ट्रिय निकुञ्जको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत माडी क्षेत्रमा रहेको चैनपुर गाउँमा भएको हो ।भालुले चैनपुर गाउँमा आएर बाख्रा मारी आतङ्क मच्चाएको कुरा समितिका अध्यक्ष नारायण दत्त सापकोटाले दिनु भएको हो । यो समाचार सुरुमा त पत्याउन सकिएन किनभने भालुले जनावरको सिकार गरेर मारेर खाएको कहिल्यै देखिएको र  सुनिएको थिएन । जिम्मेवार व्यक्तिबाट खबर आएकोले नपत्याउनु पनि कसरी? पत्याउनै पर्ने अवस्था भयो । तर घटना सवैका लागि चकित पार्ने खालको थियो ।तै… पुरा पढौ

मेरो एकान्तको साथी कोचलगाँडे

म हिजो आज एकान्त प्रेमी भएको छु। तर एकान्त मन पर्दछ भनेर भिडदेखि भाग्न खोजेको चाहिँ होइन है। म भिड पनि मन पराउँदछु। तर किन हो कुन्नि भिडमा पनि म एक्लो महसुस गर्दछु। हिजोआज एकान्त हुँदाको क्षणमा मेरा साथीहरू धेरै बनेका छन्। प्रकृति नै मेरो साथीहरू हुन् । तर पनि मेरो खास साथी चाहिँ कोचलगाँडे बनेको छ। कोचलगाँडे यानेकी लाटोकोसेरो। सानो आकारको लाटोकोसेरो । मानिसले खिसिट्युरी गर्ने प्रजाति पनि हो यो l   अङ्ग्रेजीमा यसलाई Spotted owlet भनिन्छ। ल्याटिन भाषामा Athene… पुरा पढौ