ब्लग

मेरो परिवारलाई खुसि दिने त्यो ‘पात सिउने फिस्टो’!

ठूला पात खोज्दै फिस्टो, उड्छ फुत्त फुत्तकला निकै भएको त्यो, गुँड सिउँछ पातभित्रराखिदिए नाम दमाई चरा, पातसिउने फिस्टोकोकोरली सक्छ दुइहप्तामै , सृष्टि अर्को जीवनचक्रको l माथि कवितामा उल्लेख गरिएको चरालाई नजिकबाट नियाल्ने मौका मिल्यो l  भदौ महिनाको शुरुवाततिर एउटा पात सिउने फिस्टोको जोडी  गुँड बनाउने सामग्री मुखमा च्यापेर ठूलो हलेदोको दोब्रिएको  पातभित्र फुत्त–फुत्त  पसेको झ्यालबाट देखियो । त्यो बेला पातमा उनीहरूको गुँड बनाउने काम धमाधम चल्दै थियो। त्यसपछि मुखमा खाना बोकेर त्यो पात सिलाएर बनाएको गुँडभित्र छिर्न थाले । यो… पुरा पढौ

फिनल्यान्डको तालमा सानो डुङ्गाको यात्रा

उत्तरी युरोपमा रहेको फिनल्यान्ड देशको एउटा सानो सहर हो योन्सु । चारैतिर तालै-तालले भरिएको कोही हेर्दा कालो, कोही नीलो र कोही एकदमै सङ्लो ।  जब मे को महिना सुरु भयो, एकाएक यहाँ पनि ताल होला र भनेर कल्पना नै नगरेका ठाउँमा हिउँ पग्लिएर तालै-ताल देखिन थाले । यिनै तालका छेउछाउ समर कटेज र डुङ्गा भरिभराउ देखिन्थे ।  मैले पोखराको फेवा र मुगुको रारा ताल सम्झिएँ । यी डुङ्गाहरू देखेसँगै मलाई पनि यी सुन्दर तालमाथि डुङ्गामा डुल्ने रहर जागेको थियो ।… पुरा पढौ

नेपालका वन मास्न चलेका रेलहरू

नेपालमा रेल गाडी गुडेको इतिहास खोज्न थाल्यौँ भने धेरैलाई थाहा नभएको इतिहास भेट्दछौँ । नेपालमा रेल गाडीको सुरुवात पश्चिम नेपालमा भएको थियो । यो रेल सेवा भारत उत्तर प्रदेशको बहराइचबाट नेपालको बर्दिया जिल्लाको तारा तालसम्म जोडिएको थियो । ‘नेपाल फरेष्ट्री रेलवे’ नाम दिइएको रेलवे पूर्णरूपमा भारतमा रहेको अङ्ग्रेज सरकारले आफ्नो स्वार्थको लागि बनाएको थियो। बर्दियाको जङ्गलमा सखुवाको (साल) रुखहरू काटेर ती रेलले काठहरू भारततर्फ लैजाने गर्दथे । त्यतिबेलाका राणा शासक चन्द्रशमशेरले त्यसबापत निश्चित रकम पाउँथे। इष्ट इन्डिया कम्पनीको समयमा अवध… पुरा पढौ

भियतनाम युद्ध, बाँसको भाडाको भात अनि मेरो यात्रा

भियतनाम र अमेरिकाको युद्धको बारेमा धेरै सुनेको र पढेको थिएँ l त्यो देशमा जाने हुटहुटी पहिला देखि नै थियो l झन् ४ वर्षसम्म बस्ने मौका मिल्यो l राष्ट्रको जामा भौतिकवादी साम्यवादको, तर समाज र परिवारको आदर्शहरू र सिद्धान्तहरूमा 'पूर्वीय' पक्ष रहेको अनुभव रह्यो l मलाई असाध्यै सहज र प्रिय लाग्ने देश र समाज बन्यो l  ‘वाक हो’ (हो चि मिन्ह ) को देश भियतनामप्रति मेरो विशेष अनुराग पनि छ । जर्मनीको सङ्घीय खाद्य तथा कृषि मन्त्रालय/जोहान हेनरिक भोन थ्युनेन इन्स्टिच्युटको… पुरा पढौ

दश महिना घर नजाँदा यसरी भएको थियो बाघसँग जम्काभेट !

 बाघसँग मानिस र मानिससँग बाघ डराउँछ चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रको कार्य गरिरहँदा खोला र वनमा नबिर्सने घट्नाहरू भइरहन्थे । घटना  २०७७ आश्विन १० गतेको हो । बिहान ८ बजेतिर यो पङ्क्तिकार, सहयोगी बुद्धि बोटे र राम माझी वन्यजन्तुको अवलोकन गर्नका लागि कसरास्थित घडियाल प्रजनन केन्द्रबाट साइकलमा तमोर ताल क्षेत्रतिर हिँड्यौँ । तमोर ताल र घडियाल प्रजनन केन्द्रको दूरी झन्डै ३ कि.मी. रहेको छ। हिँड्ने बित्तिकै हात्तीसार पछाडि विक्रमबाबा थान नजिक बाटोको छेउमा कुकुर बसाइँ गरेर बसेको… पुरा पढौ

म वनमारा हुँ , जाने सुख नत्र दु:खमात्र दिन्छु !

साठीको दशकको मध्यतिर एउटा गीत खुब चलेको थियो, ‘वनमाराले वनै खायो, पिरै पिरले जीउ खायो’। हो,यही गीतमा वन नै खाने भनेर इङ्गित गरिएको वनमारा म नै हूँ । मलाई हजुरहरूले पक्कै पनि देख्नुभएको होला । एकपटक याद गर्नुहोस् त । कालो बैजनी रङ्गको डाँठ भएकी, करौँते किनारा भएको त्रिकोणीय पात हुने र फागुन-चैत्रतिर सेता मसिना गुच्छामा फूल फुल्ने म, झाडी वर्गकी वनस्पति हूँ । जंगलको छेउछाउ, नदी किनार, सडक किनार, बाँझो खुल्ला जमिन र बाढी पहिरो गएको एवम् भू-क्षय भएको क्षेत्रमा… पुरा पढौ

बाढी हिजो पनि आउँथ्यो तर आज बाढी यमराज बनेर किन आउँछ?

दुई दिन देखी अनवरत बर्साद भइरहेको छ,अझै केही दिन भइरहने प्रक्षेपण गरिएको छ। दुई दिनको बर्सादको बाढीले भइरहेको धनजनको क्षति हेर्दा आउने दिनहरु अझ बीभत्स हुने आङ्कलन गर्न सकिन्छ। किनभने बर्सादको निरन्तरतामा बाढीले गर्ने क्षतिको अनुपात बढ्दै जान्छ। पानी हिजो पनि पर्थ्यो। यो भन्दा पनि ठुलो पर्थ्यो। अहिले आउने भन्दा अझै ठुलो बाढी आउँथ्यो। बाढी आउँदा किसानहरु हर्षले गदगद हुन्थे। किनभने मूलहरू फुट्थे ,टारी टुक्रामा धान रोप्न पाइन्थ्यो ,पाखामा भल छोपेर धान रोपिन्थ्यो। गैह्री खेतमा बाढी पसेर जङ्गलको झारपातपातहरु ढले… पुरा पढौ

खिस्सी गरे पनि म त यसरी मनाउँछु ‘विश्व वातावरण दिवस’

आज भन्दा करिब पच्चीस वर्षअघि म अर्घाखाँचीको धारापानी गाउँमा हुर्किँदै गर्दा देखेको मेरो अग्रजहरूले गर्ने प्रकृतिमैत्री दिनचर्या र जीवनयापन आज छैन। हामीले हाम्रा पुर्खाबाट त्यसप्रकारका पर्यावरणमैत्री आचरण, परम्परागत ज्ञान र पद्धतिको अनुसरण गर्न भने चुकेका छौ।  मेरो हजुरबुवाको बाँसको बिरुवा रोपणमा ठूलो लगाव थियो। बाँसले पहिरो नियन्त्रण गर्छ र यसको घाँस राम्रो हुन्छ भनेको धुमिल सम्झना अहिले पनि मसँग छ। हरेक वर्षायाममा हजुरबुवा बाँसको बिरुवा सार्नुहुन्थ्यो फलतः गाउँमै सबैभन्दा धेरै बाँसबारी हाम्रा थिए र अहिले पनि छन्।  मैले बाइक नचढेर… पुरा पढौ

‘यति’ नेपालमा हुने सम्भावना कति?

सन् २०१९  अप्रिल ९ मा भारतीय सेनाको एक समूहले मकालु आधार शिविरमा यति (हिममानव) को पाइला भेटिएको फोटो ट्विटरमा राख्ने बित्तिकै भाइरल बन्यो। विश्वका चर्चित बीबीसी, एबीसी, न्युयोर्क टाइम्स, नेसनल जिओग्राफिक लगायतले प्राथमिकताका साथ समाचार बनाए। नेपालमा समाचार नबन्ने कुरै थिएन। तर, तत्कालै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले कान्तिपुर दैनिकलाई भारतीय सेनाले आधार बिना नै यतिको पाइला भनेर होहल्ला गरेको बताए। सोही विषयमा हाकाहाकीले लेख्यो ‘तीन वर्षअघि फ्रान्सेली टोलीले पनि उक्त क्षेत्रमा यस्तै पाइला देखेर ‘यति’को… पुरा पढौ

३५ घन्टा लगाएर उद्दार गर्न खोजिएको हिउँ चितुवाको कथा

तनहुँ निवासी लालु गुरुङ र म २०७७ चैत ३० गतेका दिन नार–फू क्षेत्रतिर हिँडियो। भर्खरै परेको हिउँले चिसो बनाएको थियो। यो क्षेत्र मनाङ जिल्लाको नार्पाभूमि गाउँ  पालिकामा पर्दछ। हामी खासगरी नाउर प्रजातिको (जुन हिउँ चितुवाको मुख्य आहर प्रजाति पनि हो) अध्ययनको सिलसिलामा गएका थियौं। बाटोमा हिउँ चितुवाको दर्शन गर्न पाइन्छ कि भन्दै भुल्दै जाँदा गाउँ पुग्दा राति भइसकेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) छोडेपछि लालु भाइ र म फू गाउँ जान लागेको पनि निरन्तर ४ वर्ष भइसकेकाे थियाे।… पुरा पढौ