
नुवाकोट,बेत्रावती : भाद्र १० गते भोटेकोसीमा गएको बाढीले नदी किनारका बस्ती नै बगायो । सुनामी जस्तै गरी आएको बाढीले स्थानीयको साथै पशु चौपाया पनि बगायो ।
बाढीले बस्तीमा रहेका स्थानीय, जलविद्युत केन्द्रमा काम गर्ने कर्मचारी, विभिन्न देशबाट घुम्न आएका पर्यटकको ज्यान नै लग्यो । बाढीले बुधबार सम्म १३ सय ५७ जनाको ज्यान गएको र ५ हजार ३ सय २६ जना हराईरहेको सरकारी तथ्याङ्क छ ।

बाढी प्रावित क्षेत्रका चौपायाको उपचार र आहाराकालागि पोखराबाट हिमालयन पशु उद्धार समूह खटिएको छ । बाढी गएको तेस्रो दिन नै बाढी गएको क्षेत्रको धादिङ हुँदै गल्छी सम्म चौपयाको उद्धार र उपचार गरेको समूहका अध्यक्ष दिब्यकुमार बरालले बताए । यसैगरी भाद्र १८ गते पनि नुवाकोटको बेत्रावती आएर पशु उपचारमा समूह खटिएको थियो । बाढी गएको १५ औं दिन पनि पुन चौपाया उपचारकालागि आएका हुन् । केही चौपायामा लम्पीरोग देखिएपछि पशु चौपायको उपचारमा जिल्ला पशु कार्यालय नुवाकोट संग सहकार्य गर्ने गरी समूह आएको अध्यक्ष बरालले बताए ।

समूहले कुकुरलाई रेवीजको खोप र आहारा पनि उपलब्ध गराएको समूहका सदस्य सुरेश ढकालले बताए । लम्पी रोगको खोप लगाउन जनशक्ति अभाव भएकोले खोपकालागि प्राविधिक टोली सहित समूह आएको उनले बताए ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…