
पोखरा : नेपालमा चिकित्सकको सिफारिसबिना मेडिकल पसलबाट एन्टिबायोटिक किनेर खाने र आफूखुसी औषधि प्रयोग गर्ने प्रवृत्ति अझै कायम छ। सामान्य रुघाखोकीदेखि ज्वरो आउँदासमेत एन्टिबायोटिक प्रयोग गर्ने तथा स्वास्थ्यमा सुधार आएपछि औषधिको मात्रा पूरा नगरी सेवन गर्न छाड्ने बानीले औषधि प्रतिरोधी सङ्क्रमणको जोखिम बढाउँदै लगेको छ। यसले भविष्यमा सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बन्न सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूले चेतावनी दिएका छन्।
एन्टिमाइक्रोबियल प्रतिरोध ९एएमआर० विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा फैलिँदै गएको विषयमा पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पनि चिन्ता व्यक्त गरिएको छ। स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशले मंगलबार आयोजना गरेको सञ्चारकर्मी तथा सरोकारवालाबीचको अन्तरक्रियामा औषधिको जथाभावी प्रयोग र दुरुपयोगले सङ्क्रमणविरुद्ध प्रयोग गरिने औषधिको प्रभावकारिता घट्दै गएको विषयमा छलफल गरिएको हो।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार ब्याक्टेरियाजन्य एन्टिमाइक्रोबियल प्रतिरोध सन् २०२१ मा विश्वभर ४७ लाख १० हजार मानिसको मृत्युमा जोडिएको थियो। त्यसमध्ये ११ लाख ४० हजार मानिसको मृत्यु प्रत्यक्ष रूपमा औषधि प्रतिरोधी सङ्क्रमणका कारण भएको थियो। औषधिले काम नगर्ने अवस्था बढ्दै जानु विश्वकै स्वास्थ्य प्रणालीका लागि गम्भीर चुनौती बनेको एएमआर फोकल पर्सन डा। शरदचन्द्र बरालले बताए।
उनका अनुसार एन्टिमाइक्रोबियल प्रतिरोध भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीजस्ता सूक्ष्मजीवमा औषधिको प्रभाव घट्दै जानु वा औषधिले तिनलाई नियन्त्रण गर्न नसक्ने अवस्था हो। यसका कारण एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल तथा एन्टिप्यारासाइटिक औषधिले प्रभावकारी रूपमा काम गर्न छाड्छन्। फलस्वरूप सङ्क्रमणको उपचार लामो, जटिल र महँगो हुने तथा कतिपय अवस्थामा बिरामीको ज्यानसमेत जोखिममा पर्न सक्ने उनले बताए।
डा। बरालका अनुसार एएमआर अहिले मौन महामारीका रूपमा फैलिँदै गएको छ। विशेषगरी चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक किनेर खाने, आवश्यक नभएको अवस्थामा पनि प्रयोग गर्ने र चिकित्सकले तोकेको मात्रा तथा अवधि पूरा नगर्ने प्रवृत्तिले समस्या थप गम्भीर बनाएको छ।
एन्टिबायोटिक सबै प्रकारका सङ्क्रमणमा प्रभावकारी हुँदैन। विशेषगरी रुघाखोकीजस्ता भाइरसका कारण हुने सङ्क्रमणमा एन्टिबायोटिकले काम गर्दैन। तर सामान्य स्वास्थ्य समस्या देखिनेबित्तिकै एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ। आवश्यकताबिना वा गलत तरिकाले औषधि प्रयोग गर्दा ब्याक्टेरियाले औषधिविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने र पछि त्यही औषधिले सङ्क्रमण निको पार्न नसक्ने अवस्था आउन सक्ने डा। बरालको भनाइ छ।
कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री नन्दप्रसाद न्यौपानेले एन्टिबायोटिकको अव्यवस्थित प्रयोगले बिरामी हुँदा औषधिले नै काम नगर्ने अवस्था सिर्जना हुँदै गएको बताए। चिकित्सकको सिफारिसबिना औषधि प्रयोग गर्ने र बिरामीले चिकित्सकले तोकेको अवधिसम्म औषधि सेवन नगर्ने प्रवृत्तिले औषधि प्रतिरोधको समस्या जटिल बन्दै गएको उनको भनाइ थियो।

एन्टिमाइक्रोबियल प्रतिरोधको समस्या स्वास्थ्य मन्त्रालयको एकल प्रयासले मात्र समाधान गर्न नसकिने भन्दै मन्त्री न्यौपानेले औषधिको सही प्रयोगबारे सबै तहमा जनचेतना फैलाउनुपर्नेमा जोड दिए। जनस्वास्थ्यका कार्यक्रममार्फत तल्लो तहसम्मका नागरिकलाई सचेत बनाउँदै रोग लाग्नै नदिने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।
कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्र, कास्कीका महानिर्देशक मनमोहन मिश्र, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका प्रमुख डा। किरण पाण्डे र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, पोखराका फार्मेसी अधिकृत साजन बरालले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए। त्यसपछि एएमआरको जोखिम, यसको नियन्त्रण र जनचेतना अभिवृद्धिका उपायबारे छलफल गरिएको थियो।



पोखरामा बुधबारदेखि सुरु भएको आरयू फेस्टुमा अपसाइकल गरिएका विभिन्न डिजाइनका पोशाक प्रयोग गरेर फेसन सो आयोजना गरिएको छ। वर्षौंदेखि…
पोखरा : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप ३१० मा नेपालले हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्सानी,…
पोखरा : बंगलादेशको खाडीमा विकसित भएको ‘अर्नब आँधी’ले आज बिहीबारदेखि शनिबार सम्म तराई, पहाडमा पानी पर्ने र हिमाली क्षेत्रमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
सिंगापुरमा तेस्रो एसियाली पंक्षीविज्ञान सम्मेलन सुरु भएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुर (NUS) को आयोजनामा सन् २०२६…