सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी आइतबार (माघ ९ गते ) दिउँसो एउटा भाले गैंडाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भरतपुर गोद्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर करिब ११ वर्षको भाले गैंडा मारिएको छ । वन्यजन्तु ओहोरदोहोर भइरहने क्षेत्रमा वन्यजन्तुलाई पासो थापे जस्तो गरेर खनिएको खाल्डो बेलैमा नपुर्दा यस्तो दुर्घटना भएको देखिन्छ । काम सकिएपछि पासो जस्तो खाल्डो पुरेको भए दुर्लभ गैंडा यसरी मारिने थिएन । वन्यजन्तु ओहोरदोहोर गर्ने संवेदनशील क्षेत्रको अवस्थालाई बुझेर त्यसैअनुसार निर्माणको काम गरिनु पथ्यो…
पुरा पढौ