
विश्वभर फैलिएको कोरोना भाइरसको त्रास कायमै छ । सन् २०१९ को डिसेम्बर महिनामा चीनको उहानमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) देखा परेर विश्वभर फैलिएको थियो।
नेपालमा यतिबेला फेरि कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले बढी संक्रमण फैलिएका जिल्लामा पुन लकडाउन गरेको छ । यतिबेला कोरोना भाइरस मानव अस्तित्वका लागि नै चुनौतीका रुपमा देखापरेको छ । यसैले विश्वका अधिकांश देशमा मान्छेका गतिविधि अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।
कोरोना संक्रमणबाट लाखौंको संख्यामा मान्छेको मृत्यु भएको छ । स्वास्थ्यकर्मीहरु आप्नो ज्यान नै जोखिममा राखेर कोरोना संक्रमितको सेवामा दिनरात अस्पतालमा खटिरहेका छन् । वैज्ञानिक अझै प्रभावकारी खोपको अनुसन्धानमा जुटिरहेका छन् । विश्व अर्थतन्त्र धरमराइरहेको छ । हामीले प्रकृतिमाथि गरेको अतिदोहनका कारण कोरोना भाइरस जस्ता घातक संक्रामक रोग फैलन बल पुगेको वैज्ञानिकहरु बताउँदै आएका छन्।
हामी नेपाली राजनीतिमा दैनिक गतिविधि र अन्यभन्दा प्रकृतिका मुद्दामा केन्द्रित हुनेछौं । प्रकृति, वातावरणसँग जोडिएका राजनीतिक मुद्दामा बुलन्द आवाज उठाउने छौं ।
हामी सानो हुँदा देखेका प्राकृतिक सुन्दरता र स्वच्छता हाम्रै गतिविधिका कारण हामीले गुमाउँदै गएका छौं । हामीले देखेका धेरै संख्या र प्रजातिका वन्यजन्तु हाम्रौ पालामा कति लोप भइसकेका छन् । कति विश्वमै लोपउन्मुख सूचीमा दर्ज भइसकेका छन्।
भाइरस प्रकृतिमा हुन्छन् । जल, जमीन र जंगलमा लाखौंको संख्यामा भाइरस सुक्ष्म तरिकाले बास गरिरहेका हुन्छन् । ६० प्रतिशतभन्दा बढी भाइरस जनावरका शरीरबाट उत्पत्ति भएको वैज्ञानिक बताउँछन् । त्यसमा पनि वन्यजन्तुबाट बढी उत्पत्ति भएको वैज्ञानिक अनुसन्धानमा देखिएको छ । घातक रोगजन्य भाइरसबाट जंगली जनावर संक्रमित हुँदैनन् । तर तिनै भाइरस मानवलाई घातकसिद्ध हुन्छ । वन्यजन्तुबाट मानव शरीरमा यस्ता भाइरस आउनुमा मानिसकै व्यवहार प्रमुख कारक रहेको वैज्ञानिकले बताउँदै आएका छन्।
वैज्ञानिकका अनुसार वन्यजन्तुको सिकार गरी मासु खाने र छालाको प्रयोगबाट यस्ता भाइरस मानवको शरीरमा प्रवेश पाएको हो । वातावरण प्रदूषण पनि यसको कारक बन्दै आएको छ । विगत खोज्दै जाने हो भने सन् १९४० देखि विभिन्न संक्रामक भाइरसहरु देखापर्दै आएको पाइन्छ । यसअघि एचआइभी, इबोला, जिका लगायत भाइरस देखा परेका थिए । पछिल्लो समयमा कोभिड-१९ सँग विश्वजगत जुध्दै आएको छ।
यस्ता विनाशकारी भाइरसबाट जोगिन मान्छेले वातावरण, वन्यजन्तुलाई सकभर असरै नपर्ने गरी दैनन्दिनीमा परिवर्तन ल्याउनु पर्ने छ । सबै प्राणीको जीवनको मुख्य आधार पानीका स्रोत खोला, नदी, सिमसार, कुवा, पोखरी बचाउनु छ । पर्यावरणीय सन्तुलन कायम राख्न वन्यजन्तु, प्रकृति र वातावरणलाई जोगाउनु छ । हाम्रो व्यवहारका कारण प्रदूषण हुँदै, सुक्दै गएका पानीका स्रोतहरुलाई फेरि स्वच्छ र सुकेका मूल फुट्ने गरी जोगाउनतर्फ केन्द्रित हुनु पर्ने छ।
पानीका स्रोत हिमाल, हिमनदी, हिमताल जोगाउनु छ । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् । तीमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित ८ वटा हिमाल छन् । साना ठूला धेरै विश्वचर्चित हिमाल नेपालमा छन् । विश्वमा तापक्रम प्रत्येक वर्ष बृद्धि हुँदै जाँदा सेता हिमाल पग्लदै कालापत्थरमा परिणत हुँदै गएका छन् । पानीका स्रोतहरु सुक्दै गएका छन् । यसरी भइरहेको पर्यावरण विनाशले पनि महामारी फैलाउने भाइरस भित्र्याउन सघाइरहेको वैज्ञानिक बताउँछन्।
कोरोना भाइरसको यही महामारीमा प्रकृति, वन्यजन्तु, वातावरणका विषयमा केन्द्रित रहेर समाचार पस्कने गरी www.enaturenews.com (इ-नेचरन्युज डट कम) सञ्चालनमा आएको छ । नेपालमा अहिलेसम्म करिब २३ सय बढी अनलाइन समाचार साइट सञ्चालनमा छन् । ती साइटभन्दा हामी भिन्न देखिन चाहान्छौं । हामी नेपाली राजनीतिका दैनिक गतिविधि र अन्यभन्दा प्रकृतिका मुद्दामा केन्द्रित हुनेछौं । प्रकृति, वातावरणसँग जोडिएका राजनीतिक मुद्दामा बुलन्द आवाज उठाउने छौं । हामी भन्छौं, यो अनलाइन सम्पूर्ण प्रकृतिप्रेमीको साझा हो । तपाईंहरुले व्यक्त गर्ने प्रतिक्रिया हाम्रा लागि अमूल्य निधि सावित हुनेछन्।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
स्वर्गीय डा चन्द्र प्रसाद गुरुङको संरक्षण दृष्टिकोण र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएको इतिहास समेटिएको पुस्तक ‘Caring for the Annapurna’…