
इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै देखापरेको नीलगाई उद्धार गर्न स्थानीय उपमहानगरपालिका, वन कार्यालयमा हारगुहार गर्दा पनि उद्धार नभएको स्थानीयले बताएका छन् । इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै नीलगाई देखिएपछि स्थानीयले इटहरी उपमहानगरपालिका, स्थानीय वन कार्यालय, प्रहरी कार्यालय लगायतमा खबर गर्दा पनि उद्धार नभएको बताएका हुन् ।
आफ्नो फर्म नजिकै नीलगाई देखारेपछि वन्यजन्तु संरक्षण गर्नु पर्छ भन्ने उद्देश्यले वन कार्यालय, प्रहरी कार्यालय र वडा कार्यालयमा खबर गरे पनि आज सम्म उद्धार नभएको स्थानीय मिफुङ लिम्बुले बताए । प्रहरी र वन कार्यालय कर्मचारी आएर नीलगाई हेरेर गए पनि उद्धार नगरेको स्थानीयले बताएका छन् ।
बस्तीमा वन्यजन्तु देखापरेपछि स्थानीयले केही गर्लान् भन्ने डरले पटक पटक उद्धार गर्न सम्बन्धित निकायलाई खबर गर्दा पनि संरक्षणमा चासो नदेखाएको स्थानीयको गुनासो छ । स्थानीयले नीलगाई उद्धार गर्न खबर गरेपछि एक टोली सहित उद्धार गर्न गए पनि गाई ठुलो भएकोले समात्नै नसकिएको तरहरा सब डिभिजन वन कार्यालय इटहरीका सहायक वन अधिकृत अवदेशकुमार गच्छेदारले बताए । आफ्नो कार्यालयमा दक्ष जनशक्ति र प्राविधिक टोली नभएकोले बेलैमा उद्धार गर्न नसकेको उनले सुनाए ।
नीलगाईको उद्धार गर्न कोशीटप्पु वन्यजन्तु आरक्षणमा खबर गरेको र छिट्टै नै आएर उद्धार गर्ने उनले विश्वास गरे । त्यस क्षेत्र नजिकै रहेको सरस्वती सामुदायिक वन हुँदै नीलगाई पहिले पनि आउने रहेछ उनले भने । गाउँलेलाई नीलगाईलाई नजिस्क्याउन, नचलाउन भनेको पनि उनले सुनाए । नीलगाई उद्धार गर्न आज पनि डिभिजन वन कार्यालय र कोशीटप्पु वन्यजन्तु आरक्षणमा कुरा भइरहेको उनले बताए । नीलगाई भारतीय उपमहाद्वीपमा सबैभन्दा ठुलो एन्टिलोप प्रजाति हो ।
यसको शरीरको बनावट घोडासँग बढी मिल्दोजुल्दो हुन्छ । वयस्क भालेको शरीरको रङ्ग नीलो खैरो हुन्छ भने पोथी तथा बाच्छाहरुको शरीरको रङ्ग हल्का खैरो हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को उपदफा ३ बमोजिम नीलगाईलाई हानी नोक्सानी गरे राष्ट्रिय निकुञ्ज भित्र भए २० हजार देखि ५० हजार जरिवाना वा ६ महिना देखि १ वर्ष सम्म कैद वा दुवै हुन सक्ने छ। निकुञ्ज बाहिरको हकमा २० हजार सम्म जरिवाना, ६ महिना सम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ ।




प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…
नेपालमा बाघको संख्या कति छ भन्ने तथ्यांङ्क सकलन गरी संरक्षणमा योजना बनाउन पुस ३ गते देखि सुरु भएको बाघ…