पोखरामा रहेका पर्यटकलाई नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैं र नेपाली संस्कृतिबारे जानकारी दिदैं पर्यटक सँगै दशैं मनाइएको छ । कोजाग्रत पूर्णिमाको दिन आइतबार फेवाताल किनार बाराहीघाट सङ्गैको पार्कमा पर्यटकलाई दशैंको पर्वको बारेमा जानकारी दिँदै टीका, जमरा लगाएर दशैं मनाइएको हो । पर्यटकलाई टीका लगाएर दक्षिण पनि दिएको थियो । टीका लगाइसकेपछि पर्यटकलाई नेपाली परिकार सेल रोटी, तरकारी, अचार पस्किएको थियो । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा भएको दशैं पर्यटन तथा सांस्कृतिक महोत्सवमा नेपाली पञ्चेबाजा बजाएर पर्यटकलाई स्वागत गरिएको…
पुरा पढौ