समाचार

हिमालपारिको जिल्ला मुस्ताङमा हिमाल जोगाउने बहस

पोखरा : हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा हिमाल, हिमनदी, हिमताल र नदी किनारका बस्तीको सुरक्षाबारे बहस गर्न मुस्ताङको जोमसोममा जलवायु परिवर्तन सम्मेलन हुँदैछ। भदौ १० गते रसुवाको लाङटाङ लिरुङ क्षेत्रबाट खसेको हिउँ र चट्टानसहितको पहिरोले ल्हेन्दे खोलामा ठूलो बाढी निम्त्यायो। त्यसपछि आएको बाढीले त्रिशूली नदी आसपासका बस्तीमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा बढ्दो जोखिमको यो पछिल्लो उदाहरण हो। देश बाढी र पहिरोको पीडामा रहेका बेला हिमालपारिको जिल्ला मुस्ताङमा भने हिमाल र हिमाली जनजीवन जोगाउने विषयमा बहस हुँदैछ। भदौ… पुरा पढौ

नुवाकोटका बाढी प्रभावित क्षेत्रका कुकुर, बिरालालाई रेबिज विरुद्धको खोप

नुवाकोट : भदौ १० गते भोटेकोशीमा आएको बाढी प्रभावित नुवाकोटको वडा नम्बर ४, ७ र ९ नम्बर वडाका कुकुर, बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको छ । बाढी प्रभावित क्षेत्रमा बिरामी चौपायाको उपचार, कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लगाउने गरी पोखराबाट हिमालयन पशु उद्धार समूह पुगेको हो । नुवाकोटको विदुर नगरपालिकाको ढुंगेबजार, तुप्चे, चाँपको फेदी लगायतका क्षेत्रमा पुगेर बिरामी गाई, भैँसीलाई समेत आवश्यक औषधी उपलब्ध गराइएको हिमालयन पशु उद्धार समूहका अध्यक्ष दिव्यकुमार बरालले बताए । बाढीले नदी किनारमा ल्याएका जनावरको सिनो… पुरा पढौ

भोटेकोसी बाढी : बाढी गएको १५ औं दिनमा स्थानीयमा अझै त्रास 

नुवाकोट,बेत्रावती : भाद्र १० गते भोटेकोसीमा गएको बाढीले नदी किनारका बस्ती नै बगायो । सुनामी जस्तै गरी आएको बाढीले स्थानीयको साथै पशु चौपाया पनि बगायो ।  बाढीले बस्तीमा रहेका स्थानीय, जलविद्युत केन्द्रमा काम गर्ने कर्मचारी, विभिन्न देशबाट घुम्न आएका पर्यटकको ज्यान नै लग्यो । बाढीले बुधबार सम्म १३ सय ५७ जनाको ज्यान गएको र  ५ हजार ३ सय २६ जना हराईरहेको सरकारी तथ्याङ्क छ ।  ढुंगेबजारका स्थानीयले तत्काल झोलुङ्गे पुल र खानेपानीको व्यवस्था गर्नु पर्ने बताएका छन् । बाढीले खानेपानीका… पुरा पढौ

रसुवा बाढी : पशु उपचारमा हिमालयन पशु उद्धार समूहको साथ

नुवाकोट,बेत्रावती : भाद्र १० गते भोटेकोसीमा गएको बाढीले नदी किनारका बस्ती नै बगायो । सुनामी जस्तै गरी आएको बाढीले स्थानीयको साथै पशु चौपाया पनि बगायो ।बाढीले बस्तीमा रहेका स्थानीय, जलविद्युत केन्द्रमा काम गर्ने कर्मचारी, विभिन्न देशबाट घुम्न आएका पर्यटकको ज्यान नै लग्यो । बाढीले बुधबार सम्म १३ सय ५७ जनाको ज्यान गएको र ५ हजार ३ सय २६ जना हराईरहेको सरकारी तथ्याङ्क छ । बाढी प्रावित क्षेत्रका चौपायाको उपचार र आहाराकालागि पोखराबाट हिमालयन पशु उद्धार समूह खटिएको छ । बाढी… पुरा पढौ

जेनजी आन्दोलनको एक वर्ष , पुनर्निर्माण पखिँदै संरचना

पोखरा : जेनजी आन्दोलनको एक वर्ष पुरा हुँदा आन्दोलनमा भएका भौतिक क्षतिको पुनर्निर्माण अझै हुन सकेको छैन । देशभर सरकारी तथा निजी लगानीका भौतिक संरचनामा ठूलो क्षति हुने गरी आन्दोलनकारीले आगजनी गरेका थिए ।  जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रको लगानीमा पनि आगजनी गरेर ठूलो क्षति पुग्यो । जेनजी आन्दोलनमा आगजनी भएका पर्यटकीय पूर्वाधार अझै तयार भएका छैनन् । माओवादी द्धोन्द, ०६२÷०६३ को आन्दोलन, भूकम्प, कोरोनाको समयमा पर्यटकको आगमन कमी आए पनि व्यावसायिक प्रतिष्ठानै उठ्नै नसक्ने गरी आगजनी भएका थिएनन् ।… पुरा पढौ

हाइड्रोकालागि बाटो निर्माणका क्रममा गएको पहिरोमा परी दुई जनाको मृत्यु 

पोखरा : कास्कीको माछापुच्छ्रे गाउँपालिका १ परत स्थित निर्माणाधीन सुपर सेती हाइड्रोपावरको बाँध जाने बाटो निर्माणकालागि ब्लास्ट गर्नेक्रममा खसेको ढुङ्गा र पहिरोमा परी शनिबार दुई जनाको मृत्यु भएको छ ।  ढुङ्गा र पहिरोमा परी धनकुटा पाख्रिबास नगरपालिका ८ घर भई सुपर हाइड्रोमा काम गर्ने २६ वर्षीय आयुश राई र खोटाङ केपिलास गाउँपालिका १ घर भई सोही हाइड्रोमा कार्यरत वर्ष २७ का किसान राईको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।  सोही हाइड्रोमा कार्यरत इलामका ३२ वर्षका भक्तबहादुर मगरको उपचारपछि डिस्चार्ज… पुरा पढौ

भोटेकोशी बाढी : ११ औं दिनमा दुई जनाले पाए नयाँ जीवन

भोटेकोशीमा बाढी गएको ११ औं दिनमा बाढीमा परेका दुई जनाको सकुशल उद्धार गरिएको छ । एक महिला र एक चिनियाँ नागरिकले नयाँ जीवन पाएका हुन् । भोटेकोसीमा भदौ १० गते बिहान आएको बाढीले सयौंको ज्यान लिएको र हजारौं सम्पर्कविहीन छन्। बाढीमा परेका मानिसहरूको खोज तथा उद्धारमा तल्लिन खोजकर्ताले शनिबार दुई जनालाई उद्धार गरेर नयाँ जीवन दिएका हुन् । नुवाकोटको विदुर नगरपालिका(१० स्थित वेत्रावतीबाट शनिबार दिउँसो ६४ वर्षीया चन्द्रिका श्रेष्ठको अचेत अवस्थामा उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको… पुरा पढौ

लोमान्थाङमा मनाइयो १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस

हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ ।  हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाउने क्रममा मुस्ताङको लोमान्थाङमा विभिन्न कार्यक्रम आयोजना गरी सचेतना दिवस मनाइएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङ, हिमाली अनुसन्धान केन्द्र र नेपाल पन्छी संरक्षण संघलगायतका संस्थाहरूको संयुक्त आयोजनामा माथिल्लो मुस्ताङका सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय समुदायको सहभागितामा अन्तरक्रिया तथा गिद्ध गणना गरेर सचेतना दिवस मनाइएको हो । कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, लोमान्थाङका प्रमुख उमेश पौडेलले… पुरा पढौ

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस : गिद्धको पारिस्थितिक महत्वबारे जनचेतना जगाउँदै 

पोखरा :  हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता, प्रकृति प्रेमी बिचमा विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर सचेतना दिवस मनाइन्छ ।  गिद्धको प्राकृतिक तथा पारिस्थितिक महत्वबारे जनचेतना बढाउन गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदै आएको छ । सचेतना दिवसमा गिद्धको महत्वका बारेमा समाजमा पर्दै आएको गलत धारण परिवर्तन गरेर सकारात्मक सन्देश प्रवाह पनि गरिन्छ ।   गिद्धको सङ्ख्या घट्नुको कारण र संरक्षणका उपायका बारेमा आम नागरिकलाई जानकारी गराउनु पनि सचेतना दिवेको… पुरा पढौ

तेस्रो स्मृति दिवस : मानवअधिकारवादी नेता टेकनाथ बरालको योगदानको चर्चा

मानवअधिकारवादी नेता टेकनाथ बरालको सम्झना गरिएको छ । वाम बुद्धिजीवी एवं मानवअधिकारवादी नेता बरालको तेस्रो स्मृति दिवसमा आइतकार उनका समवयी, आफन्त, शुभेच्छुकहरूले उनको सम्झना गरेका हुन् । टेकनाथ बराल अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनका सहयात्री अमिक शेरचनलाई टेकनाथ स्मृति पुरस्कार प्रदान गरियो । माक्र्सवादी चिन्तकसमेत रहेका नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र केन्द्रका अध्यक्षसमेत रहेका बरालका छोरा विद्याविमलले शेरचनलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मान गरे । कार्यक्रममा चिन्तक सिंहले कम्युनिस्ट आन्दोलनमा अहिले गम्भीर संकट पैदा भएको जनाउँदै कुनै… पुरा पढौ