समाचार

जङ्गली च्याउ खाँदा बाबु छोराको मृत्यु

इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए। खम्बाले किचेर बालकको… पुरा पढौ

गण्डकी प्रदेशमा फेरि सङ्क्रमण बढ्यो

लकडाउन खुकुलोसँगै पोखरा लगायत गण्डकी प्रदेशमा जनजीवन सहज बन्दै गएको छ । खुकुलो भए सँगै पछिल्लो समयमा कोरोना सङ्क्रमण पनि बढ्दै गएको छ । परीक्षण गरिएका मध्ये झन्डै आधामा सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेशमा बिहीबार १ हजार ३२ जनाको नमुना परीक्षण भएकोमा करिब ४६ प्रतिशत अर्थात् ४ सय ७१  जनामा कोभिड १९ पुष्टि भएको छ । यो संख्या एक महिनायताकै सबैभन्दा उच्च हो । यस अघि असार ८ मा प्रदेशमा ४ सय ८० जनामा कोरोना सङ्क्रमण देखिएको थियो । प्रदेशका ११… पुरा पढौ

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ । निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । दुई वटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको प्रारम्भिक अनुमान रहेकाे छ । मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७८÷७९ मा तीन वटा भाले गैँडाको मृत्यु भएको छ । रासस पुरा पढौ

हिमालपारिको दुःख : ट्र्याक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको थियो । लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले… पुरा पढौ

सङ्क्रमण घटेसँगै डोटी जिल्लामा आन्तरिक पर्यटक बढे

देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा नेपाली र भारतीय पर्यटक प्रतिदिन बढ्न थालेका छन् । खप्तड पर्यटन विकास क्षेत्रका अनुसार पछिल्ला हप्तामा कोरोनाका सङ्क्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै खप्तड क्षेत्रमा पर्यटक भित्रिन थालेका… पुरा पढौ

चितुवाको छालासहित दुई सार्वजनिक

चितुवाको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला प्रहरीको टोलीले शङ्का लागि खानतलासी गर्दा चितुवाको छाला, नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।रासस पुरा पढौ

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उहाँले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताए । जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै… पुरा पढौ

नेपाल र भारतका बालबालिकाको पर्यावरण संरक्षणमा चासो

नेपाल र भारतका बालबालिकाले संसार बचाउन पर्यावरण बचाउनुपर्ने र वन्यजन्तु र वनस्पति संरक्षण गर्ने दायित्व आफूहरूको रहेको बताएका छन् । हाम्रा भङेरा र पर्यावरण योद्धा, पटना, विहार, भारतले ‘जङ्गल–पशु–पक्षीः बालबालिकाका आँखामा’ विषयमा आयोजना गरेको अनलाइन परिचर्चामा तिनले पर्यावरण संरक्षणका दिशाा जागरूकतामा जोड दिँदै यस कार्यका लागि लिए देशविदेशका धेरै बालबालिका अघि बढिरहेको र वृक्षरोपण अभियान चलाइरहेको बताए । आइतबार भएको परिचर्चामा मोरङ बूढीगङ्गाका बाल पर्यावरण योद्धा डेनिस रिजालले मानव जीवनमा बोटबिरुवा, पक्षी र जनावरका अहम भूमिका रहने भएकाले सबै मिलेर… पुरा पढौ

हर्पन खोलाको कटानले यसरी भत्कियाे चंखपुरकाे पुल र टहरा (फाेटाे फिचर)

फेवातालको मुख्य स्रोत हर्पन खोलाको कटानले पोखरा १८ चंखपुरको पुल र चारवटा व्यवसायिक टहरा भत्किएकाे छ । खाेलाकाे कटानले बस्ती जोखिममा परेको छ । भारी वर्षाकाे कारण खोलाको बहाव बढेपछि चंखपुरको पुल भत्काउनुकाे साथै खाेला बस्तीतर्फ सोझिएको हो।  पुल भत्किएपछि फेवा सिमसार नजिकैका वडा नम्बर १८,२२ र २३ जान स्थानीयकालागी समस्या परेकाे छ । पुल भत्केका कारण ताल किनारकाे पुम्दी तर्फ जान डेढ घण्टा बढी समय लाग्ने गरेकाे पाेखरा २२ की सरस्वती परियारले बताइन् । यसरी मुहानबाट हर्पन खाेलाले कमेराे,… पुरा पढौ

कोरोना सङ्क्रमण बढ्याे, थप २५ को मृत्यु

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरी बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ हजार ८३६ को पिसिआर परीक्षण तथा चार हजार २९९ को एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई… पुरा पढौ