समाचार

सगरमाथा क्षेत्र कब्जा गर्दैछन् हिमाली व्वाँसाे

अप्रिल २०२२ को एक बिहान नाम्चेस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयबाट सगरमाथाको शिखर प्रस्ट देखिएको थियो । चुचुरोबाट हिउँ पग्लिएर उडेको वाफले बादलको एउटा पातलो पत्र बनाएकाे थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई भने त्यो सुन्दर दृश्य हेर्ने फुर्सद थिएन । उनी पार्ककाे पछिल्लो वार्षिक प्रतिवेदनका पाना पल्टाउँदै थिए । एउटा अनुच्छेदमा उल्लिखित तथ्यांक औँल्याउँदै उनले भने, “सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा पार्क र मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट तीनसयभन्दा बढी घरपालुवा जनावर मारिए । त्यसका लागि हामीले समुदायलाई… पुरा पढौ

फेवाताल लगायतका ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले पोखरा महानगरपालिकाको ५५ औं कार्यपालिका बैठकले तोकेको फेवाताल लगायत यहाँका ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेश विपरित महानगरले यहाँका तालहरुको मापदण्ड घटाएर तोकेपछि मापदण्ड खारेजी गर्न माग गर्दै परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले आन्तरिम आदेश दिएको हो। अधिवक्ताहरु खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दिपेन्द्र प्रसाद घिमिरेले ११ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए् । उनीहरुले १६ चैत २०७८ मा बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले गरेको फेवाताल लगायत अन्य… पुरा पढौ

पर्यटक आकर्षण गर्न पोखराको हेमजामा १७ औं असारे रोपाई महोत्सवको तयारी

पोखरा सबै मौसमकालागी भन्ने नाराका साथ पोखरामा १७ औं असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव २०७९ को तयारी गरिएको छ । पोखराका पर्यटन व्यवसायिहरुको छाता संगठन पोखरा पर्यटन परिषदको आयोजनामा असार १५ गते रोपाई महोत्सव हुन लागेको हो । नेपाली परम्परागत खेती प्रणाली, खेती गर्दा गाइने परम्परागत गित र हिलोमा रमाउने शैलीको पर्यटकलाई प्रत्यक्ष अनुभव गराउने उद्देश्यले असारे महोत्सवको आयोजना गरिएको आयोजक संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । नेपाल कृषि प्रधान देश भएर… पुरा पढौ

गण्डकी प्रज्ञा उत्सव : साहित्य कला क्षेत्रका पाँच जना सम्मानित

गण्डकी प्रज्ञा सम्मानबाट साहित्य, संगीत, कला र संस्कृति क्षेत्रका पाँच जना व्यक्ति सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजित गण्डकी प्रज्ञा उत्सवको अन्तिम दिन शनिबार साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समर्पण गरिएको हो । जस अनुसार गण्डकी प्रज्ञा संगीत सम्मानबाट गोरखाका आलोक श्री, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका यादव चन्द्र भुर्तेल, गण्डकी प्रज्ञा नृत्य सम्मानबाट म्याग्दीकी धनकुमारी थापा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट नवलपुरका गोविन्द विनोदी, गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट… पुरा पढौ

वर्षा मौसममा किन पर्छ पोखराका सडकमा भ्वाङ

लगातारको वर्षा संगै पोखरामा यसको प्रभाव देखिन थालेको छ । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाको कारण शुक्रबार राती पोखरा २५ हेमजाको सुइँखेतको बस्ती डुवानमा परेको थियो । यसै गरी पोखरा शनिरबार राति परेको वार्षको कारण पोखराको फिर्के खोला नजिकैको मुख्य सडक नै भासिएको छ । भारी वर्षाको कारण पोखरा ४ को सडकसहित एक घर भासिएको हो । बुढानीलकण्ठ किरियाकर्म अगाडिको करिब १५ मिटर बाटो भासिएको पोखरा ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले बताए । वर्षाको समयमा पानीको उचित व्यवस्थापन नहुँदा… पुरा पढौ

भू–उपयोग नीति कार्यान्वयन नहुँदाको दुःख : खेतमा बनेका हेमजका घर डुबानमा

सरकारले राज्यको प्रमुख स्रोतको रुपमा रहेका सिमित भूमिको उपयोग र व्यवस्थापन गर्ने भन्दै भू–उपयोग नीतिको तर्जुमा ग¥यो । नीतिको अभावमा भूमिको अनियन्त्रित र अव्यवस्थित प्रयोग हुन गई भूमिको उपयोग र नियन्त्रण राज्यको आवश्यकता अनुसार गर्न सकिँदैन भन्दै यो नीति ल्याएको हो ।  भू–उपयोग नीतिको आधारमा नै राज्यले यस सम्बन्धी कानुन, योजना तथा कार्यक्रमहरू तर्जुमा एवं कार्यान्वयन गर्ने र नीति कार्यान्वयनमा देखा पर्न सक्ने समस्याहरूको समाधानका उपायहरूको खोज गर्ने बताइएको छ । यसै गरी भूमिमाथिको पहुँचलाई समतामूलक बनाउन र वातावरणीय सन्तुलन… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको बजेट : जलवायु परिवर्तनको असर र न्युनिकरणकालागि ५ लाख

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी वर्षका लागि ६३ करोड ३३ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले प्रस्तुत गरेको बजेटमा सडक छेउछाउ बजार क्षेत्र सार्वजनिक क्षेत्र लगायतमा हरियाली प्रवर्धन कार्यक्रमका लागी ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसै गरी जलवायु परिवर्तनको असर र न्युनिकरणका उपायबारे जनस्तरमा सचेतनामूलक कार्यक्रमका लागी ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धि योजना तथा कार्यक्रमका लागी जम्मा ६६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ… पुरा पढौ

पोखरा महानगरपालिकाको आउँदो आर्थिक वर्षको बजेट ८ अर्ब ७७ करोड : नदीघाट संरक्षण र नदी नियन्त्रणमा २ करोड

पोखरा महानगरपालिकाले नदीघाट संरक्षण र नदी नियन्त्रणमा २ करोड छुट्याइएको छ । पोखरा महानगरपालिकाले वन्यजन्तु, वातावरण संरक्षण, प्राकृतिक विविधताको संरक्षणमा भने ध्यान दिएको पाइएको छैन् । पोखरा महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको हो । उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६… पुरा पढौ

पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिहीबार ५० वर्षिया महिलाको मिर्गौला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएको छ । काठमाण्डौंबाट डा पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा प्रकाश क्षेत्री डा अनुप चापागाई डा माया लामा डा जुजु श्रेष्ठ डा अमृत केसीको मेडिकल टिमले सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी अस्पतालका निर्देशक डा भरत खत्रीले दिए । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरेका हुन्। यो अस्पतालमा मिर्गौला प्रत्यारोपण… पुरा पढौ

काठमाडौंमा यसरी हुँदै छ फोहोर व्यवस्थापन : कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई ५ सय जरिवाना

फोहोर व्यवस्थापनमा चुनौती बढेपछि काठमाण्डौं महानगरपालिकाले फोहोरको फोहोरको वर्गिकरण घरबाटै गर्न नागरिकलाई सचेत गराएको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई घरबाटै छु्ट्याउ अनुरोध गरेको हो । यसरी फोहोर घरबाटै छुट्याउने बानी बसाल्न महागरपालिकाले अनुरोध गरेको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई साउन १ गतेदेखि कारबाही गर्ने चेतावनी पनि दिएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको हो । फोहोर संकलनका क्रममा फोहोरको पृथकीकरण नगरेको पाइए हरेक पटक… पुरा पढौ